Bangsing Pokhara Ekta Samaj

Bangsing Pokhara Ekta Samaj Non profit organization

15/04/2026

सूचना
बाङ्सिङ पोखरा एकता समाजको १३औँ वार्षिक साधारणसभा निम्न मिति, समय तथा स्थानमा आयोजना हुन गइरहेकोले यस समाजका सम्पूर्ण सल्लाहकारज्यूहरू, सदस्यज्यूहरू, आजीवन सदस्यज्यूहरू तथा शुभेच्छुक महानुभावहरूमा गरिमामय उपस्थितिका लागि हार्दिक एवं विनम्र अनुरोध गरिन्छ।
साथै, सोही अवसरमा यस वर्ष निजामती (सरकारी) सेवामा प्रवेश गर्नुभएका तथा विभिन्न क्षेत्रमा विद्यावारिधि एवं अन्य विशिष्ट उपाधि हासिल गर्नुभएका बाङ्सिङ जन्मथलो भई विभिन्न स्थानमा कार्यरत महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको हुँदा त्यस्ता व्यक्तिहरूको नाम टिपाउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
📌 कार्यक्रम सम्बन्धी विवरण:
📅 मिति: २०८३ साल बैशाख ५ गते, शनिबार
📍 स्थान: होटल दिपसागर, न्युरोड
🕰️ फेलोसिप: दिउँसो १२:१५ बजेदेखि
🎉 कार्यक्रम शुभारम्भ: ठीक दिउँसो १:०० बजे
📖 विशेष सूचना:
उक्त अवसरमा २०८३ सालको क्यालेन्डर विमोचन कार्यक्रम समेत सम्पन्न गरिनेछ।
यहाँहरूको सम्माननीय उपस्थितिले कार्यक्रमलाई थप भव्य, सभ्य तथा सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ।

05/03/2026

अत्यन्तै दुखद खबर
स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका वडा न. ४(साबिक बाङ्सिङ गाविस वडा नम्बर ६ पहरामुनि कुवापारि)निवासी प्रेम पौडेल र शिवप्रसाद पौडेलका पुजनिय पिता नन्दलाल पौडेलको आज मिती २०८२/११//२१गते ८४ वर्षको उमेरमामा भएको असामहिक निधन भएको खबरले अत्यन्तै पीडाबोध तुल्याएको छ ।उहाँको बैकुण्ठबासको कामना गर्दै अन्तिम श्रद्धाञ्जली सहित अन्त्येष्टि भोलि मिति २०८२/११/२२ गते शुक्रबार पर्वत जिल्लाको मोदिबेनिमा बिहान करिब ११:०० हुनेभएकोले उपस्थित सम्भव हुनेहरुको लागि हार्दिक अनुरोध गरिन्छ।

नमस्कार स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वार्ड नम्बर ४ उपल्लो लौसीबोट निवासी स्वर्गीय बलभद्र तिवारी र आमा सुकुमाया ति...
18/11/2025

नमस्कार
स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वार्ड नम्बर ४ उपल्लो लौसीबोट निवासी स्वर्गीय बलभद्र तिवारी र आमा सुकुमाया तिवारीका कान्छा छोरा १७ वर्षका निराज तिवारीको पाँच महिनादेखि नाकको क्यान्सरको उपचारका क्रममा भरतपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराउने काम भएको छ। घरको आर्थिक स्थिति निकै कमजोर छ। यो अवस्थामा हाम्रो बाङसिङ पोखरा एकता समाज पोखरा कास्कीबाट सस्थागत सहयोग स्वरुप रु ११,१११।- रकम प्रदान गर्ने सल्लाह भएको छ साथै व्यक्तिगत रुपमा समेत सहयोग गरिदिनुहुन देशविदेशमा रहनुभएका सम्पुर्ण वाङ्सिङ बासी आमाबुबा , दाजुभाइ ,दिदिबहिनी आफन्तजन,सस्थाका आजिवन सदस्यहरु , सल्लाहकार ज्युहरु एवम् कार्यसमितिका महानुभावहरुमा हार्दिक अपिल गरिन्छ।

26/09/2025

सम्पूर्णमा नमस्कार,

सर्वप्रथम, नेपालीहरूका महान् पर्वहरू बडा दशैं, तिहार र छठको पावन अवसरमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

गत वर्षहरूमा जस्तै यसपटक पनि बडादशैंअघि भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिनको लागि यस वर्ष देशमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कार्यसमितिको निर्णयानुसार उक्त कार्यक्रम तिहारको अवसरमा आयोजना गर्ने जानकारी गराइन्छ।

13/09/2025

सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धी सूचना।

- [ ] आँधीखोला गाउँपालिका वडा नं ४ बाट सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण बायोमेट्रिक पद्धतिबाट मिति २०८२।०५।२४ गते पोखरा आउने कार्यक्रम तय भएको भए पनि देश भरको असहज परिस्थितिका कारण स्थगित गरिएको थियो ।हाल अवस्था केही सहज र अनुकुल भएकोले तपसिलमा उल्लेखित कागजात लिइ सामाजिक सुरक्षा भत्ता नविकरणका निम्न मिति ,समय र स्थानमा लाभग्राही स्वयम(बच्चाको हकमा संरक्षक) उपस्थित हुनुहुन अनुरोध गरिन्छ।
- [ ]
- [ ] मिति : २०८२ भाद्र २९ गते आइतबार समय : बिहान ११:०० बजे देखि स्थान : सुर्योदय पार्टिप्यालेस पोखरा -१७ बिरौटा (राममन्दिर अगाडि)

तपसिल

१ सामाजिक सुरक्षा परिचयपत्र सक्कलै(वडाबाट जारी भएको)

२ नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि(बच्चाको हकमा संरक्षकको)

३ राष्ट्रिय परिचयपत्र नम्बर(अनिवार्य)।

४ हालसालै खिचेको २ प्रति फोटो।

५ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि।(१६ वर्ष भन्दा कमको लाभग्राहीको हकमा)

६ बैकको चेकबुक(रुजु प्रयोजन)



थप जानकारीका लागि ९८५६००५६०४ ९८५६००५६१४

04/09/2025

सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्बन्धी सूचना।

- [ ] आँधीखोला गाउँपालिका वडा नं ४ बाट सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण बायोमेट्रिक पद्धतिबाट मिति २०८२।०५।२४ गते पोखारा आउने कार्यक्रम तय भएको हुदाँ पोखरामा रहि बाङ्सिङ जान अनुकुल नभएका महानुभावहरुले तपसिलमा उल्लेखित कागजात लिइ सामाजिक सुरक्षा भत्ता नविकरणका निम्न मिति ,समय र स्थानमा लाभग्राही स्वयम(बच्चाको हकमा संरक्षक) उपस्थित हुनुहुन अनुरोध गरिन्छ।
- [ ]
- [ ] मिति : २०८२ भाद्र २४ गते मङगलबार समय : बिहान ११:०० बजे देखि स्थान : सुर्योदय पार्टिप्यालेस पोखरा -१७ बिरौटा (राममन्दिर अगाडि)

तपसिल

१ सामाजिक सुरक्षा परिचयपत्र सक्कलै(वडाबाट जारी भएको)

२ नेपाली नागरिकता प्रमाणपत्र प्रतिलिपि(बच्चाको हकमा संरक्षकको)

३ राष्ट्रिय परिचयपत्र नम्बर(अनिवार्य)।

४ हालसालै खिचेको २ प्रति फोटो।

५ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपि।(१६ वर्ष भन्दा कमको लाभग्राहीको हकमा)

६ बैकको चेकबुक(रुजु प्रयोजन)



थप जानकारीका लागि ९८५६००५६०४ ९८५६००५६१४

बाङ्सिङ पोखरा एकता समाजको रक्तदान कार्यक्रम सम्बन्धि सुचनाबाङ्सिङ पोखरा एकता समाजले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारी...
26/08/2025

बाङ्सिङ पोखरा एकता समाजको रक्तदान कार्यक्रम सम्बन्धि सुचना
बाङ्सिङ पोखरा एकता समाजले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारी निम्न मिति,स्थान र समयमा रक्तदान कार्यक्रम गरेको हुदा यस पवित्र सामाजिक कार्यमा स्वतस्फूर्त सहभागी भएर रक्तदान गरि कार्यक्रमलाई सफल पारिदिनुहुन सम्पुर्णमा अनुरोध गरिन्छ।
कार्यक्रम
मिति:२०८२ भाद्र १५ गते आइतबार
स्थान: विरौटा चोक ,पोखरा
समय: बिहान ७:०० बजे
धन्यवाद

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आधिखोला गाउपालिका अध्यक्ष विश्वनाथ पौडेलक...
21/04/2025

नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम आधिखोला गाउपालिका अध्यक्ष विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा तपलसिल बमोजिम हुने भएकोले उपस्थितिको लागि सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनीहरु, आजिवन सदस्यहरु,सल्लाहकार ज्युहरु एवम सम्पुर्ण शुभेच्छुकहरुमा विनम्र अनुरोध गरिन्छ।
मिति :२०८२/०१ / ९ गते मङलबार
स्थान: होटल दिपसागर न्युरोड
समय: बिहान ७:०० बजे

गरिमामय उपस्थितिको लागि सम्पुर्णमा अनुरोध
04/02/2025

गरिमामय उपस्थितिको लागि सम्पुर्णमा अनुरोध

01/02/2025

हार्दिक निमन्त्रणा

यस बाङ्सिङ् पोखरा एकता समाजको मिति २०८१ पौष २५ गते बसेको कार्यसमितिको बैठकले संस्थाको १२ औ वार्षिक साधारणसभा निम्न मिति, स्थान र समयमा हुने हुँदा संस्थाका आजीवन सदस्यज्युहरु, सल्लाहकारज्यूहरू एवं जन्म स्थान वाङ्सिङ् भई हाल पोखरामा स्थाई वा अस्थायी रूपमा पोखरालाई कार्यक्षेत्र बनाई विभिन्न पेशा व्यवसाय, अध्ययन अध्यापन गर्नु हुने सम्पूर्ण वाङ्सिङ्बासी पोखरेली बुबा आमा , दाजु भाइ , दिदी बहिनीहरू सम्पूर्णलाई उक्त कार्यक्रममा गरिमामय उपस्तिथीका लागि हार्दिक अनुरोध गर्दछु ।

मिति : २०८१ माघ २६ गते शनिबार
स्थान :होटल दिपसागर न्युरोड
समय : दिनको १२:३० बजे

(नोट: उक्त कार्यक्रममा बिगतको कार्यक्रमलाई निरन्तरता दिदै ७० वर्ष पुरा गर्नु भएका ज्येष्ठ नागरिक सम्मान,अधिकृत वा सो सरहको सरकारी सेवा प्रवेश वा बढुवा हुनुभएका र विद्यावारिधी उपाधी हासिल गर्नुभएका व्यक्ति सम्मान कार्यक्रम पनि रहेको हुँदा आफु र आफ्नो परिवारको माथी उल्लेखित बमोजिमको यसभन्दा अगाडि संस्थाबाट सम्मानित नहुनु भएका व्यक्ति भए तल उल्लिखित फोन नम्बरमा २०८१ माघ २३ गते बुधबारसम्म नाम टिपाई सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछौं )

अर्जुन कुमार पौडेल ९८५६०२२३२४
भविश्वर लामिछाने ९८५६०२६२०९
रामचन्द्र पौडेल ९८५६०३५१२९
विश्वराज पौडेल ९८५६०३१३०३


सचिव
वाङ्सिङ् पोखरा एकता समाज
पोखरा ,कास्की

23/12/2024

अत्यन्तै दुखद खबर
स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका वडा न. ४(साबिक बाङ्सिङ -३ कमेरे हाल पोखर -१७ छोरेपाटन निवासी केशव पौडेल(डाडाघर लाहुरे दाइ)को धर्मपत्नी एवम् बालकृष्ण पौडेल (कृष्ण )र तिलक पौडेल (रामु) कि ममतामयी माता पुण्यवति पौडेल को मिति २०८१/०९/०७ गते बेलुका ८.४० मा भएको असामहिक निधन भएको खबरले अत्यन्तै पीडाबोध तुल्याएको छ ।उहाँको बैकुण्ठबासको कामना गर्दै उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि आज बिहान करिब ९.००बजे पोखरा- १७ छोरेपाटन (ठकुरी समाज छेउ ) बाट शबयात्रा शुरु गरि पोखरा महानगरपालिका वडा न.९ स्थित शान्तिघाटमा अन्तिम श्रद्धाञ्जलीको लागि करिब १०.०० बजे उपस्थितको लागि हार्दिक अनुरोध गरिन्छ ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Bangsing Pokhara Ekta Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share