Ward No 3 Ekata Balmunch Pokhara

Ward No 3 Ekata Balmunch Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ward No 3 Ekata Balmunch Pokhara, Community Organization, Nadipur 3, Pokhara.

मिति २०८३ वैशाख १८ गते पोखरा महानगरपालिका वडा नं. ३ मा वडा स्तरीय एकता बालमञ्चको आयोजना तथा वडा कार्यालयको सहयोगमा वडा स...
02/05/2026

मिति २०८३ वैशाख १८ गते पोखरा महानगरपालिका वडा नं. ३ मा वडा स्तरीय एकता बालमञ्चको आयोजना तथा वडा कार्यालयको सहयोगमा वडा स्तरीय एकता बालमञ्च पुनर्गठन, वडा बालअधिकार समिति गठन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम एकता बालमञ्चका अध्यक्ष सुबेग पाण्डेको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं. ३ कार्यालय का कार्यवाहक वडा अध्यक्ष शान्ति देवी पराजुलीको प्रमुख आतिथ्यता, साथै वडा सदस्य सबी परियार, शनकमान सी.के. र वडा सचिव दमयन्ती पराजुलीको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममार्फत वडा नं. ३ को नयाँ वडा स्तरीय एकता बालमञ्च कार्यसमिति निम्नानुसार गठन गरिएको छः
१. अध्यक्ष – उज्ज्वल पराजुली
२. उपाध्यक्ष – क्रिस्टिना सुनाम
३. सचिव – रियाज घिमिरे
४. सह–सचिव – श्रृष्टि पौडेल
५. कोषाध्यक्ष – स्वस्तिका विश्वकर्मा
६. सदस्य – आर्यन बास्याल
७. सदस्य – कमल ढकाल
८. सदस्य – संस्कार रेग्मी
९. सदस्य – बिपिन ताम्राकार
१०. सदस्य – सुबिका घिमिरे
११. सदस्य – स्मृति नेपाली
१२. सदस्य – शिवम् परियार
१३. सदस्य – मानवी भट्टराई
१४. सदस्य – ममता पराजुली
१५. एक सदस्य पछि मनोनयन गरिनेछ।
साथै, वडा बालअधिकार समिति समेत गठन गरिएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३ अन्तर्गत रहेका ४ वटा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीलाई शैक्षिक सहयोग सामग्री वितरण गरी शिक्षा सहयोग प्रदान गरिएको छ।

यस वडामा रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरुलाई निम्न ब्यानर अनुसारको कार्यक्रममा आफ्ना 11 देखि 18 वर्ष उमेरभित्रका बाबुनान...
30/04/2026

यस वडामा रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरुलाई निम्न ब्यानर अनुसारको कार्यक्रममा आफ्ना 11 देखि 18 वर्ष उमेरभित्रका बाबुनानीहरुलाई सहभागी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौ साथै यस कार्यक्रमले उनिहरुको ब्यक्त्तित्व र नेतृत्व बिकासका अवश्य पनि केहि भुमिका खेल्नेछ भन्नेमा हामी बिस्वस्त छौँ ।
समय : 2083/12/18 गते
स्थान: कन्या स्कुल ( हल)
समय : बिहान ठिक 10:00 बजे

मिति २०८२/०२/१७ गते पोखरा महानगरपालिका वडा नं ३ स्थित सुर्योदय क्लब नदिपुरको आयोजनामा आयोजित खुला चित्रकला कार्यक्रम सफल...
31/05/2025

मिति २०८२/०२/१७ गते पोखरा महानगरपालिका वडा नं ३ स्थित सुर्योदय क्लब नदिपुरको आयोजनामा आयोजित खुला चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
सुर्योदय क्लब सबैको साझा क्लब हो, जसले बालमञ्चको पनि अभिभावकत्व ग्रहण गर्दै बालबालिकाको मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै तथा उनीहरूलाई चित्र कोर्ने तरिका सिकाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको हो।
बिदाको दिन आफ्ना साथीभाइसँग रमाइलो गर्ने, घरबाट बाहिर मोबाइल फोन बिना समय बिताउने र रङहरूको माध्यमबाट सिर्जनशील क्षमताको विकास गर्ने अवसर प्रदान गर्नु भएकोमा Suryodaya Club Nadipur लाई धेरै धेरै धन्यवाद ।

Address

Nadipur 3
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Ward No 3 Ekata Balmunch Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share