राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी - NFDN Gandaki

  • Home
  • Nepal
  • Pokhara
  • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी - NFDN Gandaki

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी - NFDN Gandaki NFDN Gandaki is the provincial structure of NFDN, leading the disability rights movement in Gandaki province.

Committed to empowerment and inclusion through awareness, advocacy, capacity building, advisory work, and partnerships.

🌍 विश्व सहायक प्रविधि दिवस | World Assistive Technology Day — June 4 📱♿🧑‍🦯"प्रविधि केवल जीवन सहज बनाउने साधन मात्र होइन,...
04/06/2026

🌍 विश्व सहायक प्रविधि दिवस | World Assistive Technology Day — June 4 📱♿🧑‍🦯
"प्रविधि केवल जीवन सहज बनाउने साधन मात्र होइन, कतिपयका लागि यो संसार नियाल्ने आँखा, हिँड्ने पाइला र भावना व्यक्त गर्ने आवाज हो।"

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN), गण्डकी प्रदेशको तर्फबाट सम्पूर्णमा विश्व सहायक प्रविधि दिवसको हार्दिक शुभकामना!

सहायक प्रविधि (Assistive Technology) ले अपाङ्गता भएका व्यक्तिहरूको आन्तरिक क्षमतालाई प्रस्फुटन गराउँदै समाजमा सम्मानजनक र स्वतन्त्र जीवन जिउन मद्दत गरिरहेको छ। ह्विलचेयर, स्मार्ट सेतो छडी, ब्रेल सामग्रीदेखि लिएर आधुनिक सञ्चार प्रविधिहरूले आज धेरैका सपनाहरूलाई नयाँ उडान दिएका छन्।

आउनुहोस्, प्रविधिलाई अझै पहुँचयोग्य बनाउन र एउटा समावेशी समाज निर्माण गर्न हामी सबै आफ्नो तर्फबाट सारथी बनौं। ❤️✨

English Version:

Technology doesn't just make life easier; for many, it makes things possible. It serves as the eyes that see, the feet that walk, and the voice that speaks.

On World Assistive Technology Day, NFDN Gandaki Province reaffirms its commitment to breaking barriers and fostering independence. Assistive technology is not a luxury—it is a bridge to an inclusive society where everyone can thrive.

Let's work together to ensure that innovation reaches every corner of our community.


सूचना! सूचना! सूचना!(अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम सम्बन्धी)अपाङ्गता भएका विद्यार्थीहरूको प्रति...
02/06/2026

सूचना! सूचना! सूचना!
(अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम सम्बन्धी)
अपाङ्गता भएका विद्यार्थीहरूको प्रतिभा पहिचान कार्यक्रम मिति २०८३।०२।२५ गते सोमबार बिहान १०:३० बजेदेखि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विकास महाशाखा (शिक्षा परिसर, पोखरा-१, बगर, साबिक शिक्षा विकास निर्देशनालय) मा सञ्चालन हुने भएकाले सम्पूर्ण प्रतियोगी विद्यार्थी तथा सम्बन्धित विद्यालयहरूलाई समयमै सहभागिताका लागि अनुरोध गरिन्छ ।
विद्यार्थी लिई आउन तथा अन्य सहयोगका लागि प्रत्येक विद्यालयबाट एक जना सहयोगी शिक्षकलाई आउने–जाने यातायात खर्च तथा नियमानुसार दैनिक भ्रमण भत्ताको व्यवस्था गरिएको छ । फरक लिङ्गका विद्यार्थी सहभागी हुने भएमा सोही अनुसार २ जनासम्म शिक्षक आउन सकिने छ । सहभागी विद्यार्थीलाई पनि आउने–जाने यातायात खर्च तथा नियमानुसार दैनिक भ्रमण खर्चको व्यवस्था रहेको छ । साथै, प्रतियोगितामा हासिल गरेको स्थानका आधारमा पुरस्कार तथा प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताका विधा तथा सहभागी हुन सक्ने विद्यार्थी :
१. गायन: विद्यालय तहका सबै कक्षाका अपाङ्गता भएका विद्यार्थी ।
२. चित्रकला: आधारभूत तहका अपाङ्गता भएका विद्यार्थी ।
३. सहभागी सङ्ख्या: एउटा विद्यालयबाट प्रति विधा बढीमा १।१ जना ।
शर्तहरू:
१. खाने तथा बस्ने व्यवस्था सहभागी आफैँले गर्नुपर्नेछ ।
२. विस्तृत नियमहरू प्रतियोगिता अगावै मूल्याङ्कन समितिबाट जारी भए बमोजिम हुनेछन् ।
थप जानकारीका लागीः
१. फोन/WhatsApp: ९८४६८५२८००
२. ईमेलः [email protected]

📢 नेपालमा सहायक प्रविधिमा पहुँचको अवस्था सम्बन्धी सार्वजनिक सुनुवाइमा सहभागी बनौं!सहायक प्रविधि (Assistive Technology) व...
01/06/2026

📢 नेपालमा सहायक प्रविधिमा पहुँचको अवस्था सम्बन्धी सार्वजनिक सुनुवाइमा सहभागी बनौं!

सहायक प्रविधि (Assistive Technology) व्यक्तिको स्वतन्त्र जीवनयापन, शिक्षा, रोजगारी, सामाजिक सहभागिता तथा सम्मानजनक जीवनका लागि अत्यन्त महत्वपूर्ण माध्यम हो। तर नेपालमा अझै पनि धेरै व्यक्तिहरू आवश्यक सहायक सामग्री तथा सेवाबाट वञ्चित छन्।

यस सार्वजनिक सुनुवाइमार्फत सहायक प्रविधिमा पहुँचका वर्तमान अवस्था, चुनौती, अनुभव तथा सुधारका सम्भावित उपायहरूबारे खुला छलफल गरिनेछ। सम्बन्धित सरोकारवाला, अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, सेवा प्रदायक तथा अधिकारकर्मीहरूको सक्रिय सहभागिता अपेक्षित छ।

🗓 मिति: २०८३ जेठ २० गते (३ जुन २०२६)
🕐 समय: दिउँसो १:०० बजे – २:३० बजे
💻 माध्यम: Zoom (Link: https://us06web.zoom.us/j/87639671285?pwd=yHw5obKo2aJADbmRc48gmEWvvvfywv.1&jst=2)

🤝 सह-आयोजकहरू:
• राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN), गण्डकी प्रदेश
• स्वाबलम्बन जीवन पद्धति केन्द्र, काठमाण्डौँ

आउनुहोस्, सहायक प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्दै थप समावेशी र पहुँचयुक्त नेपाल निर्माणका लागि आफ्नो आवाज उठाऔं।


सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचनाप्रथम पटक प्रकाशित मिति २०८३/०...
27/05/2026

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०२/१३
गण्डकी प्रदेश सरकार, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकद्वारा सञ्चालित उद्योग/व्यवसाय प्रबर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३ बमोजिम रीतपूर्वक यस मन्त्रालयमा तपसिल बमोजिमका कागजातहरु सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि मन्त्रालयको वेवसाइट- mosd.gandaki.gov.np हेर्नुहुन अनुरोध गरिन्छ ।
तपसिल
१. कार्यक्रमको नामः अपाङ्गता भएका व्यक्ति तथा उनीहरुका अभिभावकद्वारा सञ्चालित उद्योग/व्यवसाय प्रबर्द्धनका लागि प्रविधि तथा उपकरण सहयोग अनुदान कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३
२. प्रस्ताव पेश गर्ने निकायः सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशको सामाजिक विकास महाशाखा ।
३. पेश गर्नुपर्ने कागजातहरुः
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख. अपाङ्गता परिचय पत्रको प्रतिलिपी तथा अभिभावकको हकमा नाता खुल्ने प्रमाणित कागजातको प्रतिलिपि
ग. अनुसूची १ बमोजिमको ढाँचाको व्यवसायिक योजना,
घ. उद्योग व्यवसाय दर्ता र नविकरणको प्रमाणपत्रको प्रतिलिपि,
ङ. स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
च. कर दाखिला गरेको प्रमाण वा कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि,
छ. आवश्यकता अनुसार व्यावसायिक इजाजत पत्रको प्रतिलिपि,
ज. उद्योग/व्यवसायको लागि आवश्यक प्रविधि / औजार / उपकरण र सोको लागत रकम खुल्ने कोटेशन सहितका कागजातहरु
झ. सम्बन्धित स्थानीय तहबाट सम्बन्धित व्यक्ति / समूहले यस अगाडि अनुदान सहयोग नपाएको ब्यहोरा सहितको सिफारिस पत्र
ञ. यस अगाडि सरकारी निकाय वा अन्य कुनै संस्थाहरुबाट कुनै पनि प्रकारको अनुदान सहयोग प्राप्त नगरेको भनि सम्बन्धित व्यक्ति / समूहको तर्फबाट गरिएको स्वघोषणा पत्र
ट. सम्बन्धित व्यक्ति/समूहले मन्त्रालयबाट प्राप्त हुने अनुदान रकममा कम्तीमा १० प्रतिशत साझेदारी गर्न सक्ने प्रतिवद्धता पत्र
ठ. उपलब्ध गराइने प्रविधि सहयोग अनुदान रकमः उल्लेखित मापदण्डको दफा ७ मा उल्लेख भए बमोजिम हुने ।
ड. प्रस्ताव पेश गर्ने अन्तिम मितिः- मिति २०८३ / ०२ / २७ गते कार्यालय समयभित्र । सो दिन सार्वजनिक विदा पर्न गएका सोको भोलीपल्ट कार्यालय समयभित्र ।

गण्डकी प्रदेश सरकारसामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयकास्की, पोखरा, नेपालप्रस्ताव पेश गर्ने सम्बन्धी सूचनाप्रथम पट...
26/05/2026

गण्डकी प्रदेश सरकार
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय
कास्की, पोखरा, नेपाल

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :- २०८३/०२/१२
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखराको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत संघ ससर्त अनुदान तर्फको सहायक सामाग्री उत्पादन तथा वितरण कार्यक्रम कार्यान्वयन गर्नका लागि तपसिल बमोजिमका अपाङ्गता सहायक सामग्री उत्पादन तथा वितरण गर्ने संस्थाहरुबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको Priority Assistive Product List Of Nepal, २०१८ बमोजिमको सहायक सामग्री उत्पादन तथा आपूर्तिको लागि सूचना प्रकाशन भएको मितिले सात (७) दिनभित्र यस मन्त्रालयमा प्रस्ताव पेश गर्नका लागि सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ ।

सहायक सामग्रीको नाम: कृत्रिम खुट्टा
आवश्यक संख्या: २४
कृत्रिम खुट्टा नाप जाँच, उत्पादन तथा वितरण गर्नुपर्ने अवधि: मिति २०८३ असार १५ गते भित्र

प्रस्तावसाथ पेश गर्नुपर्ने कागजातहरु
१. संस्था दर्ताको प्रमाणपत्र
२. संस्था दर्ता नविकरणको प्रमाणपत्रको
३. भ्याट/ पान दर्ता प्रमाणपत्र
४. आर्थिक वर्ष २०८११०८२ को अन्तिम लेखा परीक्षण प्रतिवेदन (राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाको लागि )
५. विगत ३ वर्ष देखि सम्बन्धित सामग्री उत्पादनमा संलग्न भएको प्रमाणित कागजात

प्रस्ताव पेश गर्ने समय: मिति २०८३ जेठ १८ गते कार्यालय समय भित्र र उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो को भोलिपल्ट ।

🌍✨ विश्व सहायक प्रविधि दिवस २०२६ ✨🌍सहायक प्रविधि — हरेक व्यक्तिको अधिकार 💙♿सहायक प्रविधिले जीवनलाई सजिलो मात्र बनाउँदैन,...
17/05/2026

🌍✨ विश्व सहायक प्रविधि दिवस २०२६ ✨🌍

सहायक प्रविधि — हरेक व्यक्तिको अधिकार 💙♿

सहायक प्रविधिले जीवनलाई सजिलो मात्र बनाउँदैन,
यसले स्वतन्त्रता, आत्मविश्वास र अवसरका ढोकाहरू खोल्छ 🚪🌈
सानो उपकरणले ठूलो परिवर्तन ल्याउन सक्छ —
हिँड्न, पढ्न, सुन्न, बोल्न वा दैनिक काम गर्न सहज बनाउँदै 💡

📢 आउनुहोस्, आफ्नो अनुभव साझा गरौँ र अरूलाई प्रेरित बनाऔँ!

📸 प्रतियोगितामा सहभागी हुने तरिका:
1️⃣ तपाईंले प्रयोग गर्ने सहायक प्रविधिसँग फोटो खिच्नुहोस् 🤳
2️⃣ यो लिंकमा गएर फोटो फ्रेममा राख्नुहोस् 🎨
🔗 https://unlocktheeveryday.org/frame-your-photo-meandmyat/
3️⃣ सहायक प्रविधिले तपाईंको जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे छोटो क्याप्सन लेख्नुहोस् 📝
4️⃣ तलका ह्यासट्यागहरू क्याप्सनमा राख्नुहोस् 🔖


5️⃣ फ्रेम गरिएको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस् 📲

👥 अपाङ्गता भएका र नभएका — सबैका लागि खुला!
✨ तपाईंको कथा कसैको प्रेरणा बन्न सक्छ 💫

📞 थप जानकारी: 9846852800 (WhatsApp)

15/05/2026

विश्व सहायक प्रविधि दिवस (जुन ४) को अवसरमा आयोजित सामाजिक सञ्जालमा सहभागी हुने सम्बन्धी विस्तृत जानकारी सहितको भिडियो ।
थप जानकारीको लागी:
सम्पर्क नम्बर: 984-6852800 (Whatsapp)

15/05/2026

विश्व सहायक प्रविधि दिवस (जुन ४) को अवसरमा आयोजित सामाजिक सञ्जालमा सहभागी हुने सम्बन्धी विस्तृत जानकारी सहितको भिडियो ।
थप जानकारीको लागी:
सम्पर्क नम्बर: 984-6852800 (Whatsapp)


Address

Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779846852800

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी - NFDN Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी - NFDN Gandaki:

Share