Siddha Pokhari Sewa Sadan

Siddha Pokhari Sewa Sadan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Siddha Pokhari Sewa Sadan, Nonprofit Organization, Phidim.

नेपालको समाजमा संयुक्त परिवारमा रहेर जीवनयापन गर्ने परम्परा छ । तर उमेर ढल्कदै गएपछि परिवारका वरिष्ठ सदस्यहरुमा काम गर्ने र आय आर्जनका क्रियाकलापमा सहभागी हुने क्षमता न्यून हुँदै जान्छ । कतिपय परिवारमा छोरा छोरीको अभावले वा परिवार नै नष्ट भए पछि वृद्धावस्थाका व्यक्तिहरु असहाय अवस्थामा पुग्छन्। नेपालको जनसंख्या अनुसार नेपालमा ६० वर्ष भन्दा माथिको संख्या लाखौं रहेको छ । ग्रामीण एवं शहरी क्षेत्रमा रह

ेको यो समूह उमेरका कारण निश्क्रिय रहेको छ । यसै गरी महिला र बालबालिकाको अवस्था सुधार गर्न जरुरी छ । आधुनिक सभ्यताको विकृती भनौं या भावी पुस्ताको गैरजिम्मेवारीपनबाट खास गरी वृद्ध वृद्धाहरु एक्लिदै गएको अवस्था छ । यस्ता वृद्ध वृद्धाहरुको जीवन उत्तरार्धलाई सजिलै विताउन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । सरकारले सामाजिक सुरक्षाको नाममा केही वृद्धभत्ताको रकम दिने गरेता पनि असहाय, रोगग्रस्त एवं अशक्त वृद्धवृद्धा, महिला एवं बालबालिकाहरुलाई सेवा सुविधा दिन सकेको छैन। पाँचथर जिल्ला र यसको सेरोफेरोमा असहाय एवं असहाय महिलाहरुको पुनःस्थापना र संरक्षण गर्न आवश्यक ठानी सो समस्याको निराकरण गर्ने उदेश्यले सिद्धपोखरी सेवा सदनले वृद्धाश्रम एवं संरक्षण केन्द्र संचालन गर्ने गरी यो अवधारणा पत्र तयार गरिएको छ ।


उदेश्य
१) असहाय अशक्त वृद्ध वृद्धाहरुलाई मानवोचित जीवनयापन गर्ने सुविधायुक्त आवास गृहको स्थापना गर्नु यसको अवधारणा पत्रको उदेश्य हो।
२) वृद्धवृद्धा, महिला तथा वालवालिकाहरुलाई सम्मान पूर्वक जीवन यापन गर्ने वातावरण तयार पार्न सहयोग पु¥याउने र त्यसका लागि स्रोत र साधन जुटाउने ।

वृद्धाश्रम स्थापनाको कार्यविधी
१) स्थान छनौट र जग्गा प्राप्ती ।
२) भवन लगायतका पूर्वाधार खडा गर्ने ।
३) दिगो व्यवस्थापनका लागि स्रोत र साधानको व्यवस्था गर्ने ।
४) सम्भावित सरोकारवालको पहिचान गर्ने र समन्वय गर्ने ।
५) स्थानीय निकाय संग सहकार्य गर्ने ।
६) समाजकल्याण परिषद् लगायतका दातृ निकाय एवं अन्य बाहिरी सहयोगी संघसस्थागत सोत र परामर्श जुटाउन सहयोग लिने ।
७) संस्थाले ट्रष्ट खडा गरी अक्षयकोषको व्यवस्था गर्ने ।
८) महिला, बालवालिका एवं वृद्धवृद्धाहरुलाई संरक्षण,स्याहारसुसार गर्ने व्यवस्थित केन्द्रको रुपमा विकास गर्ने ।
९) स्थानिय स्तर र राष्ट्रिय एवं क्षेत्रीयताका सामाजिक संघ संस्थासंग समन्वयन गर्ने ।
१०) सरकारी निकाय जिल्ला बाल कल्याण समिति, जिल्ला विकास समिति, गाँउ विकास समिति र महिला बालबालिका कार्यलय संग समन्वय र सहकार्य गर्ने ।

सम्भावित श्रोतहरु
दान दातव्य ।
स्थानीय निकायको अनुदान ।
दातृनिकायको अनुदान ।
सरकारी अनुदान ।
सदस्यता शुल्क ।

सञ्चालन विधी
१) संस्थाले विभिन्न क्षेत्रका लब्धप्रतित, अनुभवी एवं विज्ञ महानुभावहरु मध्येबाट आश्रम व्यवस्थापन समिति गठन गर्न सक्नेछ ।
२) स्रोत र साधन जुटाउन एवं व्यवस्थापनका लागि एक परामर्श समिति गठन गर्न सक्नेछ ।
३) आवश्यक समिति उपसमितिहरु संस्थाको विधानको अधिनमा रही गठन र परिचालन गर्न सकिनेछ ।
ताप्लेजुङ्ग,तेह्रथुम,पाँचथर र इलाम जिल्लाका विभिन्न क्षेत्रमा रहेका असहाय,असक्त, महिला,बालवालिका एवं वृद्धवृद्धाहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन र संरक्षणको उचित वातावरण तयार गर्न यो अवधारणलाई कार्यान्वयन गर्नु पर्दछ । जस्का लागि आयोजक संस्था सिद्धपोखरी सेवा सदनले अल्पकालीन र दीर्घकालीन रणनीतिक योजना तर्जुमा गरी जातजाति भाषा भाषी धर्म लिङ्ग सम्प्रदायहरुलाई कुनै किसिमको भेदभाव गरिने छैन ।

शुभबिहानि  सिध्द पोखरि सेवा सदन को  पाँचौ  अधिबेसन र  एघारौं  बार्षिक  साधार्ण सभा  माग  मैना  मा हुनेभएको ले  साधारण  स...
24/12/2024

शुभबिहानि सिध्द पोखरि सेवा सदन को पाँचौ अधिबेसन र एघारौं बार्षिक साधार्ण सभा माग मैना मा हुनेभएको ले साधारण सदस्य हरुलाई सदस्ता नबिकर्ण सम्बन्धि सुचना सदस्ता नबिकर्ण
पौसमसान्त भित्र मा सदस्यता नबिकर्ण दिनुहुन अनुरोध गरिछ

25/09/2024
24/09/2024

नेपालको समाजमा संयुक्त परिवारमा रहेर जीवनयापन गर्ने परम्परा छ । तर उमेर ढल्कदै गएपछि परिवारका वरिष्ठ सदस्यहरुमा काम गर्ने र आय आर्जनका क्रियाकलापमा सहभागी हुने क्षमता न्यून हुँदै जान्छ । कतिपय परिवारमा छोरा छोरीको अभावले वा परिवार नै नष्ट भए पछि वृद्धावस्थाका व्यक्तिहरु असहाय अवस्थामा पुग्छन्। नेपालको जनसंख्या अनुसार नेपालमा ६० वर्ष भन्दा माथिको संख्या लाखौं रहेको छ । ग्रामीण एवं शहरी क्षेत्रमा रहेको यो समूह उमेरका कारण निश्क्रिय रहेको छ । यसै गरी महिला र बालबालिकाको अवस्था सुधार गर्न जरुरी छ । आधुनिक सभ्यताको विकृती भनौं या भावी पुस्ताको गैरजिम्मेवारीपनबाट खास गरी वृद्ध वृद्धाहरु एक्लिदै गएको अवस्था छ । यस्ता वृद्ध वृद्धाहरुको जीवन उत्तरार्धलाई सजिलै विताउन सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । सरकारले सामाजिक सुरक्षाको नाममा केही वृद्धभत्ताको रकम दिने गरेता पनि असहाय, रोगग्रस्त एवं अशक्त वृद्धवृद्धा, महिला एवं बालबालिकाहरुलाई सेवा सुविधा दिन सकेको छैन। पाँचथर जिल्ला र यसको सेरोफेरोमा असहाय एवं असहाय महिलाहरुको पुनःस्थापना र संरक्षण गर्न आवश्यक ठानी सो समस्याको निराकरण गर्ने उदेश्यले सिद्धपोखरी सेवा सदनले वृद्धाश्रम एवं संरक्षण केन्द्र संचालन गर्ने गरी यो अवधारणा पत्र तयार गरिएको छ ।

Address

Phidim

Telephone

+97724520693

Website

Alerts

Be the first to know and let us send you an email when Siddha Pokhari Sewa Sadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share