Mundhum

Mundhum प्रिय साथीहरू यो पेज लाई कृपया Like & Share गरेर सपोर्ट गर्नुहोस् ल।🙏

← [पेजको लिंक]

Like र Follow गर्न नबिर्सनु होला !"

20/05/2026

मुक्कुमलुङमा भएको अनियमितता र त्यहाँ किन केवलकार बनाउन मरिहत्ते गरिरहेका छन् त? एक पटक यो भिडियो हेरौं र सुनौँ।

ताप्लेजुङ जिल्लाको नेता हाल काठमाडौं निवासी तत्कालिन पुर्व सस्कृति तथा पर्यटन मन्त्री हुँदा #योगेस #भट्टराईले आफु मन्त्री हुदा के ? के ? सम्म निर्णय गरी लागु गर्न भ्याएछन भन्ने कुरा नेपाली काङ्ग्रेसका जिल्ला सभापति #गजेन्द्र #तुम्याहाङको कुरा सुनौं ।
आगामि दिनमा कुन पार्टी भन्दा पनि कुन नेतालाई जिताएर पठाउदा समग्र जिल्लाको बिकास , परम्परा देखि पिता पुर्खाले ढालफाड गरी बचाएर , सम्रक्षण गरी जोगाएको प्रकृति , सस्कृति , मुन्धुमिस्थल बचाउन सकिन्छ गम्भिर हुन जरुरी छ ।सत्तामा नपुगिन्जेल चिप्ला आश्वासन र प्रलोभन पुगेपछि , सबै ब्रहलुट आफु र आफ्नो परिवारको लागी ।देश र जिल्ला बिकासको कुरा' कुन चरीको नाम हो 'हुने ।

20/05/2026

कोहि ढुङ्गा बोकाउने
कोहि भुँडी बोकाउने
नयाँहरूको राजनीति पनि गज्जबको छ

हामीले चाहेको (Soil or Land)माटो कि भूमि? हामीले चाहेको (Labour or Autonomy)श्रम कि स्वायत्तता?हामीले चाहेको (Cultural a...
19/05/2026

हामीले चाहेको (Soil or Land)माटो कि भूमि?
हामीले चाहेको (Labour or Autonomy)श्रम कि स्वायत्तता?
हामीले चाहेको (Cultural autonomy or territorial autonomy )सांसकृतिक स्वायत्तता कि प्रादेशिक स्वायत्तता?

1. माटो (Soil) कि भूमि (Land)

सामान्य भाषामा माटो र भूमि एउटै जस्तो लागे पनि राजनीति शास्त्रमा यी फरक अवधारणा हुन्।

माटो (Soil)

माटो मुख्यतः कृषि, उत्पादन र प्रकृतिसँग सम्बन्धित हुन्छ। माटोमा खेती गरिन्छ, अन्न फलाइन्छ, जीवन धानिन्छ। Soil शब्द जैविक र प्राकृतिक पक्षसँग सम्बन्धित छ।

कृषकले माटो जोत्छ। मल हालिन्छ। माटो उर्बर बनाइन्छ। त्यसैले माटो आर्थिक उत्पादनसँग जोडिएको अवधारणा हो।

भूमि (Land)

तर “भूमि” केवल माटो होइन। भूमि राजनीतिक अधिकार बोकेको क्षेत्र हो। Land भन्नाले भूभाग, सीमाना, सार्वभौमिकता, स्वामित्व, शासन र शक्ति बुझिन्छ।

यसैले “भूमि सुधार” भनिन्छ, “माटो सुधार” भनिँदैन। किनभने भूमि सुधारको प्रश्न केवल खेती सुधार होइन; त्यो स्वामित्व र अधिकारको प्रश्न हो।

भूमि कसको नियन्त्रणमा छ?
भूमिबाट प्राप्त स्रोत कसले उपयोग गर्छ?
भूमिमाथि शासन कसको छ?
सीमाना कसले निर्धारण गर्छ?

यी सबै राजनीतिक प्रश्न हुन्।

राज्यको निर्माण पनि भूमिमाथि आधारित हुन्छ। कुनै समुदायको ऐतिहासिक भूमि खोसिनु भनेको केवल खेती गर्ने ठाउँ गुम्नु मात्र होइन; त्यो राजनीतिक अस्तित्व कमजोर हुनु पनि हो।

त्यसैले आदिवासी तथा स्वदेशी समुदायहरूले “भूमि अधिकार” को कुरा गर्छन्। उनीहरूको प्रश्न केवल कृषि होइन; त्यो आत्मनिर्णय र ऐतिहासिक अधिकारसँग सम्बन्धित हुन्छ।

“खोजेको माटो कि भूमि?” भन्ने प्रश्न वास्तवमा “जीविका कि राजनीतिक अस्तित्व?” भन्ने प्रश्न हो।

यदि कसैले केवल माटो खोज्छ भने उसले बाँच्नका लागि उत्पादनको आधार खोजिरहेको हुन सक्छ। तर यदि कसैले भूमि खोज्छ भने उसले आफ्नो ऐतिहासिक अधिकार, पहिचान र शासनको आधार खोजिरहेको हुन्छ।

राजनीति शास्त्रमा Land भनेको शक्ति हो।

2. श्रम (Labour) कि स्वायत्तता (Autonomy)

श्रम र स्वायत्तता बीचको भिन्नता पनि वर्गीय र राजनीतिक चेतनासँग जोडिएको विषय हो।

श्रम (Labour)

श्रम भनेको शारीरिक वा मानसिक काम हो। मजदुरले श्रम गर्छ। श्रम उत्पादनसँग सम्बन्धित हुन्छ। पाखुरा बजाएर काम गर्ने, उत्पादन गर्ने, सेवा दिने — यी सबै श्रमका रूप हुन्।

तर राजनीति शास्त्रमा एउटा महत्वपूर्ण प्रश्न उठ्छः

“श्रम गर्नेले शासन पनि गर्छ कि गर्दैन?”

इतिहासमा धेरै समुदायलाई श्रममा सीमित गरियो, तर शासनबाट टाढा राखियो। उनीहरूले देश बनाउने काम गरे, तर निर्णय गर्ने अधिकार पाएनन्।

स्वायत्तता (Autonomy)

स्वायत्तता भनेको आफ्ना विषयमा आफैं निर्णय गर्ने अधिकार हो। यो शासन, नीति, कानुन र शक्ति प्रयोगसँग सम्बन्धित अवधारणा हो।

यदि श्रम केवल शरीरसँग सम्बन्धित छ भने स्वायत्तता दिमाग र राजनीतिक चेतनासँग सम्बन्धित हुन्छ।

दासले श्रम गर्न सक्छ, तर ऊ स्वायत्त हुँदैन।
उपनिवेशित जनताले उत्पादन गर्न सक्छन्, तर उनीहरू शासन गर्न पाउँदैनन्।

यसैले स्वायत्तताको प्रश्न “को शासन गर्छ?” भन्ने मूल प्रश्नसँग जोडिएको छ।

राजनीति शास्त्रले भन्छ

श्रम बिना समाज चल्दैन,
तर स्वायत्तता बिना स्वतन्त्रता सम्भव हुँदैन।

कुनै समुदायलाई केवल श्रमिक बनाइयो भने त्यो आर्थिक प्रयोग मात्र हो। तर यदि उसलाई स्वायत्तता दिइयो भने ऊ राजनीतिक अस्तित्वमा रूपान्तरण हुन्छ।

समानुपातिकता भनेको जनसंख्याको अनुपात अनुसार शक्ति, प्रतिनिधित्व, स्रोत र अवसरको बाँडफाँड हुनु हो। यो केवल सहभागिता होइन, न्यायपूर्ण हिस्सेदारीको सिद्धान्त हो।

उदाहरणका लागि, यदि कुनै समुदायको जनसंख्या २० प्रतिशत छ भने राज्यको प्रतिनिधित्व, प्रशासन, सेना, संसद, बजेट र निर्णय प्रक्रियामा पनि लगभग त्यति नै हिस्सा हुनुपर्छ भन्ने धारणा समानुपातिकता हो।

यसैले समानुपातिकता समावेशिताभन्दा गहिरो राजनीतिक अवधारणा हो। समावेशिताले “तिमी पनि छौ” भन्छ भने समानुपातिकताले “तिमीको अधिकार अनुसार हिस्सा पनि छ” भन्छ।

नेपालको सन्दर्भमा हेर्दा धेरै आदिवासी तथा ऐतिहासिक रूपमा उत्पीडित समुदायले केवल समावेशिता होइन, समानुपातिक अधिकारको माग गरेका छन्। किनभने उनीहरूको प्रश्न “देखिने” मात्र होइन, “शक्ति बाँडफाँड” सँग सम्बन्धित छ।

त्यसैले राजनीति शास्त्रीय दृष्टिकोणबाट हेर्दा समानुपातिकता समावेशिताभन्दा बढी संरचनात्मक र न्यायमुखी अवधारणा हो।

3. सांस्कृतिक स्वायत्तता कि प्रादेशिक स्वायत्तता (Cultural Autonomy or Territorial autonomy)

नेपालमा संघीयता र पहिचानको बहससँगै “सांस्कृतिक स्वायत्तता” र “प्रादेशिक स्वायत्तता” को प्रश्न अत्यन्त महत्वपूर्ण बनेको छ।

सांस्कृतिक स्वायत्तता

सांस्कृतिक स्वायत्तता भनेको कुनै समुदायलाई आफ्नो भाषा, संस्कृति, धर्म, परम्परा, चाडपर्व, इतिहास र पहिचान जोगाउने अधिकार दिनु हो। यसमा विद्यालयमा मातृभाषा प्रयोग गर्ने, सांस्कृतिक संस्था सञ्चालन गर्ने, परम्परागत ज्ञान संरक्षण गर्ने जस्ता अधिकार पर्छन्।

तर सांस्कृतिक स्वायत्ततामा प्रायः राजनीतिक शक्ति हुँदैन। यसले संस्कृति जोगाउने अधिकार त दिन्छ, तर शासन सञ्चालन गर्ने अधिकार दिँदैन।

उदाहरणका लागि, यदि कुनै समुदायलाई आफ्नो भाषा प्रयोग गर्न दिइयो तर भूमि, प्रशासन, सुरक्षा, प्राकृतिक स्रोत र नीति निर्माणमाथि अधिकार दिइएन भने त्यो केवल सांस्कृतिक स्वायत्तता मात्र हुन्छ।

प्रादेशिक स्वायत्तता

प्रादेशिक स्वायत्तता भनेको निश्चित भूभागमाथि राजनीतिक, प्रशासनिक र कानुनी अधिकार प्राप्त गर्नु हो। यसमा स्थानीय शासन, भूमि व्यवस्थापन, स्रोतको उपयोग, शिक्षा नीति, भाषा नीति र विकासको निर्णय गर्ने अधिकार समावेश हुन्छ।

यो केवल संस्कृतिको संरक्षण होइन; यो “शासन गर्ने अधिकार” हो।

राजनीति शास्त्रमा स्वायत्तता सधैं “power-sharing” अर्थात् शक्ति बाँडफाँडसँग सम्बन्धित हुन्छ। त्यसैले प्रादेशिक स्वायत्तता सांस्कृतिक अधिकारभन्दा धेरै गहिरो राजनीतिक प्रश्न हो।

यदि कुनै समुदायलाई “तिमी आफ्नो गीत गाउँ, नाच गर, भाषा बोल” भनिन्छ तर “तिमी आफ्नो भूमि, प्रशासन र स्रोतबारे निर्णय गर्न पाउँदैनौ” भनिन्छ भने त्यो पूर्ण स्वायत्तता हुँदैन।

यसैले धेरै आदिवासी तथा ऐतिहासिक राष्ट्रहरूले केवल सांस्कृतिक संरक्षण होइन, प्रादेशिक स्वायत्तताको माग गर्छन्। किनभने पहिचान केवल संस्कृति होइन; त्यो भूमि, शासन र आत्मनिर्णयसँग पनि जोडिएको हुन्छ।
समावेशिता उपस्थितिको प्रश्न हो भने समानुपातिकता हिस्सेदारीको प्रश्न हो।
सांस्कृतिक स्वायत्तता पहिचानको संरक्षण हो भने प्रादेशिक स्वायत्तता शासनको अधिकार हो।
माटो उत्पादनको आधार हो भने भूमि राजनीतिक अस्तित्वको आधार हो।

श्रम शरीरको शक्ति हो भने स्वायत्तता चेतना र शासनको शक्ति हो।

यसैले कुनै पनि उत्पीडित समुदायले केवल “सहभागिता” खोज्दैन; उसले सम्मान, अधिकार, भूमि, प्रतिनिधित्व र आत्मनिर्णय खोज्छ।

18/05/2026

handsome हुनु पनि गाह्रो हाउ
हामी लिम्बु थाङबेन हरुलाई!!
🤪🤪🤪🤪🤪🤪🤪🤪🤪

नुमाफुङ २५ औं वार्षिकोत्सवपच्चीस वर्षअघि निर्माण भएको लिम्बू नेपाली कथानक चलचित्र नुमाफुङ पर्दामा आयो र नेपाल र विश्वभरक...
18/05/2026

नुमाफुङ २५ औं वार्षिकोत्सव

पच्चीस वर्षअघि निर्माण भएको लिम्बू नेपाली कथानक चलचित्र नुमाफुङ पर्दामा आयो र नेपाल र विश्वभरका दर्शकहरूको मन छोयो। युवा पुस्तादेखि पाका पुस्तासम्मका ले अन्त्यन्तै मन पराए र हाल सम्म पनि नुमाफुङ चर्चा हुने गर्दछ।

यो केवल चलचित्र मात्र नभई नेपाली सिनेमाको लागि एउटा महत्वपूर्ण मोड थियो, जसले मौलिक नेपाली कथाहरू शक्तिशाली र सुन्दर ढंगले रचना गर्न सकिन्छ भन्ने प्रमाणित गर्‍यो।

यसले दर्शकहरूलाई प्रामाणिकता, सम्मान र सांस्कृतिक गहिराइका कथाहरूले भरिएका कथाहरू ल्यायो जुन नेपाली सिनेमामा पहिले विरलै देखिएका वा भनिएका थिए। फिल्मले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रवेश गर्न पनि ढोका खोल्न मद्दत गर्‍यो।

यात्राको यो २५ औं वर्षमा, हामी नुमाफुङलाई नेपाली चलचित्र इतिहासको अविस्मरणीय हिस्सा बनाउने फिल्म निर्माता, कलाकार, टोली र दर्शकहरूलाई सम्मान गर्छौं।

नुमाफुङ फिल्म तपाईले हेर्नू भयो? तपाईलाई यो मोभी कस्तो लाग्यो?
यो मोभी भनेको समयमा तपाईको जन्म भएको थियो?🤗
कमेन्टमा बताउनुहोस ल्❤️🤗🙏

Numafung 25th Anniversary

Twenty-five years ago, Numafung came to the screen and touched the hearts of audiences across Nepal and around the world. It lives on generation after generation.

It became more than a film. It was a turning point for Nepali cinema, proving that original Nepalese stories could be both powerful and beautifully crafted.

It brought audiences narratives full of authenticity, respect, and cultural depth stories that had rarely been seen or told before in Nepali cinema. The film also helped open doors for Nepali cinema to international film festivals.

On this 25th year of the journey, we celebrate the filmmakers, cast, crew, and audiences who made Numafung an unforgettable part of Nepali film history.


❤️

पुनः नेपाली महिला फूटबल टिमको क्याप्टेनमा "अन्जिला तुम्बापो सुब्बा" सम्हाल्ने भएकी छिन् । आगामी भारतको गोवा हुने साफ च्य...
17/05/2026

पुनः नेपाली महिला फूटबल टिमको क्याप्टेनमा "अन्जिला तुम्बापो सुब्बा" सम्हाल्ने भएकी छिन् । आगामी भारतको गोवा हुने साफ च्याम्पियनसिपको खेलमा नेपालको तर्फबाट अन्जिला तुम्बापो सुब्बाको नेतृत्वमा टिम सहभागी हुने भएको छ।

अन्जिला तुम्बापो सुब्बा नेपालको अत्यन्तै भरपर्दो गोलकिप्पर हुन भने यो भन्दा अगाडि पनि क्याप्टेनसीप सम्हालिसकेकी छिन् । हाल उनी भारतको सेथु एफ सि मा आवद्ध छिन भने त्यो टिमको क्याप्टेन नै रहेकी छिन् ।

पुनः यो क्याप्टेनसीप सम्हालेकोमा चेलिलाई हार्दिक बधाई तथा शुभकामना र यहाँको नेतृत्वले पक्कै साफ च्याम्पियनसिप जित्नु हुनेछ भन्नेमा पूर्ण आशा सहित थप सफलताको शुभकामना।

मुक्कुमलुङमा एउटा डब्बा झुड्याएर ताप्लेजुङ लाई समृद्ध बनाउने यी लबस्ताराहरुलाई चिनी राखौं ।यिनिहरुको मुक्कुमलुङ परिसरमा ...
17/05/2026

मुक्कुमलुङमा एउटा डब्बा झुड्याएर ताप्लेजुङ लाई समृद्ध बनाउने यी लबस्ताराहरुलाई चिनी राखौं ।

यिनिहरुको मुक्कुमलुङ परिसरमा आ-आफ्नै स्वार्थ छ!
ठेकेदार इन्द्र केदेमको भने लगभक दुई करोडको हाराहारीमा लगानी भइसकेकोले केवलकार खारेज भएमा आफ्नो लगानी डुब्ने र लगानीलाई कसरी बचाउ गर्ने भन्ने दाउ र स्वार्थ बाहेक केही छैन।

मेयर अमिर मादेन
मादेन जि को लगभक राजनीति समाप्त जस्तै निश्चित छ त्यसैले बुढेसकालमा मुक्कुमलुङ परिसरमा एउटा सामान्य होटल संचालन गरेर जिबिका चलाउने भन्ने ध्यान मात्र छ, यो उहाँकै मुखार बिन्दुबाट सुनिएको कुरा हो।

रक्की थेबे
यी रक्की थेबे चार चौरास घुमेर अन्तिममा एमालेमा समाहित भए पश्चात् तत्कालिन संस्कृति मन्त्री प्रेम आले हुँदा पाथिभरा बिकास क्षेत्रको अध्यक्ष भए पश्चात् सामान्य खान लाउन पुग्ने ब्यक्तिको हाइफाइ ज्यादै उचाइमा पुगेको छ। मुक्कुमलुङ पाथिभरामा भेटि चढाएको पैसाको सायदै हिसाब किताब ५० रुपैया भन्दा कमको मात्र गरिन्छ, सुनचाँदी र ठूलो नोट सेटिङमा मिलाएर यी रक्की थेबे लगायतले कुम्ल्याउने गरेको र हाल झापा,मोरङ, धरान र काठमाडौ सम्म भिट्टाहरु जोडी सकेको खबरहरु प्राप्त भएको छ।

पदम चेन्जी
यी एउटा अराजक छ, कति सम्म भने यी ब्यक्ती काठमाडौ पढ्दा पढ्दै किरात याक्थुङ चुम्लुङ केन्द्र द्वारा प्रकाशन हुने तान्छोपा पत्रीकामा गरि खाओस भनेर खान बस्न सहित चुम्लुङमै काम गर्न दिएका थिए तर पछि चुम्लुङकै बिरुद्धमा विभिन्न आरोप प्रत्यारोपमा उत्रिए कारबाही भोगे, जापान गए जापानबाट सरकारले फटै भएकै कारण डिपोट गरे, आफुले लगाएको कपडा बाहेक कुनै सामान नै ल्याउन पाएनन् , चप्पलमा नेपालको एयरपोर्टमा झरे दु:ख गरेको केटो भनेर विभिन्न बाहानामा लिम्बू समुदायमा बखेडा झिक्दै युमा साम्यो दर्ता गराए र गरे पछि त्यै युमा साम्यो पनि दुई टुक्रा बनाए र त्यहाँबाट पनि कारबाही भोगे यस्तै यस्तैमा आर्काको श्रीमती संग लागेपछि फटैं गर्दै गएपछि आफ्नो श्रीमतीले पनि डिभोर्स मागे र यी हाल डिप्रेसनमा छन् ।

अब यिनिहरुको कुरा पत्याएर पछि लाग्ने कुरा पत्याउने हो भने तपाईहरुको मर्जी।।


तेह्रथुम्मे चुम्से आखे वाबे?केनुरी र केवयी इ? 🤗🤗        ❤️
16/05/2026

तेह्रथुम्मे चुम्से आखे वाबे?
केनुरी र केवयी इ? 🤗🤗
❤️

मुक्कुमलुङमा केबलकार निर्माण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा मुक्कुमलुङ संरक्षणकर्मी तथा लिम्बुवानी नागरिकहरुले विर...
13/05/2026

मुक्कुमलुङमा केबलकार निर्माण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा मुक्कुमलुङ संरक्षणकर्मी तथा लिम्बुवानी नागरिकहरुले विरोध प्रदर्शन गरेका छन् ।

केवलकार निर्माण कम्पनिले जबर्जस्ति बिरोधका बाब्जुत भए पनि निर्माण कार्य थालनी गरेको थियो। लिम्बुवान भूमिका नागरिकहरुले मुक्कुमलुङ लाई आफ्नो शक्तिपिठ ठान्दछ र पुज्ने गर्दछ।

निर्माण कार्य रोक्नको लागि विभिन्न चरणमा आन्दोलन हुनुका साथै झडप पनि भएको छ। बिरोध प्रदर्शनको बेला प्रशासनले बल प्रयोग गरि गोलि प्रहार समेत गरेका थिए र ४ जना संरक्षणकर्मी घाइते भएका थिए।।

जय मुक्कुमलुङ

13/05/2026

लिम्बुनी नामै काफी!!🤪

Address

Limbuwan

Website

Alerts

Be the first to know and let us send you an email when Mundhum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mundhum:

Share