श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति

  • Home
  • Nepal
  • Phidim
  • श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति

श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति याङ्वरक ४ थर्पु पाँचथर

यस श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति मा स्थापना काल देखि नै महत्व पूर्ण योगदान र सहयोग गर्नु हुने याङवरक गा....
31/01/2024

यस श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति मा स्थापना काल देखि नै महत्व पूर्ण योगदान र सहयोग गर्नु हुने याङवरक गा.पा ४ थर्पु निवासी हाम्रो छोरी तथा चेली निशा खड्का आज मिति ०८०-१०-१७ गते वैवाहिक बन्धनमा बाँधिएको हुनाले उहाँको बाकी जीवन उज्वल र सफल रहोस् शुभकामना व्यक्त गर्दैछौं ।

हाम्रो यस श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति मा स्थापना काल देखि नै महतत्वपूर्ण योगदान र सहयोग गर्नु भएको फिद...
13/10/2023

हाम्रो यस श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति मा स्थापना काल देखि नै महतत्वपूर्ण योगदान र सहयोग गर्नु भएको फिदिम नगरपालिका ९ निवासी हाम्रो ज्वाइँ अथवा भेना श्री स्व. रोहित सम्बाहाम्फे ज्यूको अकल्पनीय निधन ले हाम्रो यस समूह लाई अतुल्यिय क्षति भएको छ । यस शोक को घडीमा हाम्रो चेली झल्का योङहाङ लगायत शोक सम्तब्ध परिवार जनमा शोक लाई सहन सक्ने शक्ति माङ ले प्रदान गरून् 😢 भन्दै गहिरो समवेदना प्रकट गर्दछौं 🙏

25/05/2023

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको स्कारपिओ गाडी बिहीबार बिहान दु...

14/05/2023

अत्यन्तै राम्रो काम 👍 जहाँ भए पनि आफ्नो भाषा ,लिपि लाई संरक्षण गरौं

दक्षिण कोरियामा कार्यरत रहेका लिम्बूहरूले सिरिजंगा लिपि सिक्ने ‼️
दक्षिण कोरियामा रहेका लिम्बूहरूले हराउदै गएको आफ्नो भाषालाई संरक्षण गर्नका लागि सिरिजंगा लिपि सिक्ने भएका छन् । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे २१ देखि हरेक आइतबार अनलाइनमार्फत कार्यक्रम गर्न लागेको हो ।

तीन महिनासम्म चल्ने भाषा प्रशिक्षणमा सिरिजिङ्गा लिपिको आधारभूत ज्ञान लिन सक्ने बताइएको छ । ‘हामीले यो प्रशिक्षण संसारभर बसेर लिम्बूहरूको सिरिजंगा लिपि सिक्न चाहने सबैलाई प्रशिक्षणको व्यवस्था गर्न लागेका हौं । यो हाम्रो भाषाको लिपिको संरक्षण गर्ने बलियो तरिका पनि हो,’ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्वा लिम्बूले भने ।
‘लिम्बू भाषा बोल्न सक्ने धेरै छन् । आफ्नो लिपिमा लेख्न सक्ने कम छन् । अहिले टेक्नोलोजीको जमानामा आफ्नो संस्कार संस्कृतिप्रति इच्छुकले जहाा बसेर पनि सिक्न सक्ने अवस्था छ । यो प्रशिक्षण हाम्रो संस्कार, संस्कृति र भाषा सिक्ने अवसर पनि हो,’ उनले थपे । लिपिको प्रशिक्षण अल्पाइन विश्वविद्यालय सिक्किमका सिरिजंगा भाषाविद् प्रोफेसर कर्णहाङ ताम्लिङले गर्ने पनि आयोजक समूहले जानकारी दिएको छ ।

जुममार्फत प्रशिक्षण लिन सकिने उक्त कक्षा कोरियाको समयअनुसार हरेक आइतबार बेलुकी ८ बजेदेखि १० बजेसम्म (नेपाली समय ४ः४५ देखि ६ः४५ सम्म) हुनेछ ।

02/05/2023

त्यो बेला को अर्घानिक जीवन शैली 👍❤️❤️

01/04/2023

राष्ट्रिय जनगणना २०७८ केन्द्रीय तथयाङ्क विभाग का अनुसार पॉचथर जिल्लाको जनसंख्या :-
जिल्ला : पाँचथर (जातिगत विवरण) (याे पटक)
१) लिम्बू ८०,३३९
२) राई २६,४२४
३) ब्राह्मण २०,५९४
४) क्षेत्री १८,९२७
५) तामाङ १३,६४७
६) मगर ६,३६८
७) दमाई ४,१३४
८) गुरुङ ३,७१७
९) नेवार २,७४३
१०) सुनुवार १,९१५
११) शेर्पा ६८४
१२) याक्खा ६४१
१३) माझी ५२३
१४) भुजेल ४११
१५) साम्पाङ २४०
१६) तेली १०५
१७) थुलुङ ८१
१८) बादी ७६
१९) राजव‌शी ७२
२०) ठकुरी ५९
२१) चाम्लिङ ५४
२२) सुनार ५१

५० भन्दा कम सङ्ख्या भएका ११ जाति
अन्य ५६६
अन्य दलित १६५
तराई अन्य २८
नखुलेकाे ४११

आआफ्नो घर चिनेर कमेन्ट् गर्नुस् है 🤞green and clean our hometown 💚
01/03/2023

आआफ्नो घर चिनेर कमेन्ट् गर्नुस् है 🤞
green and clean our hometown 💚

27/02/2023

Our culture ❤️

03/01/2023

सम्झना को लागि है
कुनै दिन निकै खास लाग्ने छ यो दृश्य हरु

०४ पौष २०७९सुमारो सुपर कप साथै सुमारो सुपर डान्स प्रतियोगिता सम्पन्न भएको छ । उक्त सुपर डान्स प्रतियोगिता अन्तर्गत यश श्...
20/12/2022

०४ पौष २०७९
सुमारो सुपर कप साथै सुमारो सुपर डान्स प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त सुपर डान्स प्रतियोगिता अन्तर्गत यश श्री नालिफुङ्वा युवा समूह बाट भाग लिइ प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

सम्झना को लागि तस्बिर हरु सुरक्षीत गरिएको छ ।

तपाई , हाम्रै पुर्बेली छोरी-चेली आज सम्म तपाई हाम्रै साथ,सहयोग र आशिर्वादले यहाँ सम्म पुग्न सफल भएको कुरा अवगत नै छ ।   ...
12/12/2022

तपाई , हाम्रै पुर्बेली छोरी-चेली आज सम्म तपाई हाम्रै साथ,सहयोग र आशिर्वादले यहाँ सम्म पुग्न सफल भएको कुरा अवगत नै छ ।
अझ "The Voice of Nepal Season-4" को टप फोरमा देख्न र पु-याउन तपाईं हाम्रै साथ,सहयोग र आशीर्वाद विना सम्भव छैन
तसर्थ अहिले तुरुन्तै आफ्नो मोबाइलको प्ले स्टोर मा गएर खल्ती एप्लिकेसन डाउनलोड गरि कम्तिमा त्यहा रहेको फ्री भोट अथवा आफुले सकेको जति भोट गरेर सहयोग गरौं ।
र अन्त्यमा तपाई बिदेश मा हुनुहुन्छ र मन भएर पनि भोट गर्न प्राबिधिक कारण ले असहज भएको छ भने हामि संग समन्वयन गरेर पनि भोट गर्न सक्नु हुने छ ।
#सबिना_योङ्हाङ_जिताऔ_अभियान

किरात चाड ‘चासोक तङनाम’ : संक्षिप्त परिचयकिरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। कृषिम...
08/12/2022

किरात चाड ‘चासोक तङनाम’ : संक्षिप्त परिचय
किरात वंशका एक शाखा लिम्बूजाति मौलिक सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। कृषिमा आधारित जीवनशैली अपनाई आएका लिम्बूजातिले ऋतु परिवर्तन सँगसँगै खेतीपातीलाई ध्यान दिई चाडपर्वहरू मनाउँदछन् । यसरी मनाई आएको चाडपर्वहरूमा यक्वा र चासोक मुख्य चाडहरूमा पर्दछन् । यक्वा पुजा उभौली याममा बीउ बिजन छरपोख गर्ने याममा सम्पन्न गरिन्छ भने चासोक -न्वागी_ पुजा उधौली याममा बालीनाली भित्र्याउने याममा सम्पन्न गरिन्छ । माछा, चराचुरूङ्गीहरू उत्तरतिर लागेको र विशेष गरी आरूको फूल फूलेको ऋतुलाई उधौली याम -उत्तरायन_ सुरू भएको तथा माछा, चराचरूङु्गी दक्षिणतिर लागेको र पैंयूको फूल फूलेको ऋतुलाई उधौली याम -दक्षिणायन_ सुरू भएको संकेतका रूपमा लिम्बूहरूले लिने गर्दछन् । उभौली र उधौली याममा सम्पन्न गरिने यी दुवै कृषिकर्मसँग सम्बन्धित चाडहरूलाई लिम्बूहरूले समान महत्त्व दिई मनाउँदछन्, तथापि उधौली याममा आफ्नो परिश्रमको फल—विविध अन्नपातको उपलब्धता र उपयुक्त हावापानी हुने भएकोले लिम्बूजातिले चासोकलाई ‘चासोक तङनाम’ -न्वागीपूजा_को रूपमा भव्यताका साथ मनाउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी हो र ‘तङनाम’ को अर्थ चाडपर्व भन्ने हुन्छ । किरात लिम्बूहरूको मुन्धुममा चासोक पूजाको उत्पत्तिका सम्वन्धमा सविस्तार वर्णन गरिएको पाइन्छ । मुन्धुमअनुसार कृषियुग सुरू हुनुुअघि लिम्बूहरूका आदिम पुर्खा सावा येत्हाङहरूले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यस स्थितिबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान, निराकार, सर्वज्ञाता तागेरा निङवाफु माङको प्रार्थना गरे । प्रार्थनाको फलस्वरूप तागेरा निङवाफु माङ -भगवान_को कृपाबाट उनीहरूलाई पेना÷माङदःक् -कोदो_, परामा -कोदोसँग नै उम्रने फल्ने_, ताक्मारू -घैया_, तुम्री -जुनेलो_, साङ्घामा, लिङ्घामा र लङवामा आदि अन्नका बीउबिजन प्राप्त भयो । लिम्बूजातिको आदिम पुर्खा सावा येत्हाङहरूले यसरी अन्नको बीउबिजन पाएपछि तिनका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्माले काठको खन्ती र अङ्कुसेको सहयोगले खोरिया फाँडेर भस्मेमा ती अन्नको बीउ छरी फलाइन् । त्यसपछि नै सावा येत्हाङहरूले खेतीपाती गर्न सिके तथा खेती गरेर फलाएको अन्न आगोमा पकाई खान थाले । पकाएको अन्नबाली खान थालेपछि सावा येत्हाङका सन्तानहरूले रोगव्याधीबाट छुटकारा पाई उनीहरूको जनसङ्ख्या बढ्न थाल्यो र डाँडाकाँडा ढाके । खेती गरेर अन्न फलाइकन खान सिकाउने आफ्ना चेलीको यो पूण्य कामदेखि खुशी भई सावा येत्हाङहरूले उनलाई आशिष र वरदानका रूपमा आफूले फलाएको अन्नपात चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मालाई नाली कुजेन भनी ज्ञछ
चढाएपछि मात्र खान पाउने वाचाबन्धन पनि गरे । यसपछि नै लिम्बूजातिमा न्वागी पूजाको परम्पराको थालनी भएको लिम्बूजातिको मुन्धुममा वर्णन गरिन्छ । मनुष्यजातिलाई सर्वप्रथम खेतीपाती सिकाउने देवीका रूपमा सावा येत्हाङका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मा हुन् भनेर लिम्बूजातिले मान्दछन् । मानवको हित गर्ने उनको यस कार्यप्रति आभार व्यक्त गर्न चासोक पूजाको अवसरमा उनको पूजाअर्चना गर्ने र तागेरा निङ्वाफु माङसंगै सर्वप्रथम उनलाई पनि पाकेको अन्नको प्रसाद चढाउने गरिन्छ। यसरी प्राचीनकालदेखि नै लिम्बूजातिले आफूले खाने बस्तु आफूले खानुअघि मानी आएका देवीदेवतालाई चढाईकन मात्र ग्रहण गर्ने परम्परा रहिआएको हो । यसरी खेतीपातीको युगमा सावा येत्हाङ -मानववाति_ले प्रवेश गरेपछि नै विशेष महत्त्वका साथ अन्नपानी आºना इष्टदेवताहरूलाई चढाएर मात्र आफूले खाने परम्पराको थालनी भएको मुन्धुमबाट थाहा हुन्छ । अन्नबाली राम्रो हुनुमा, हावापानीले साथ दिनुमा, फलिफाप हुनुमा मानी आएको देवीदेवताको दयामाया र आशिर्वाद रहेको धार्मिक विश्वास लिम्बूजातिको रहेकाले नै आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा निम्नानुसारका रोगव्याधिले दुःख दिने विश्वास लिम्बू जातिमा छ, जस्तैः
१. धताउने÷बौलाउने,
२. रगत छदाउने÷हगाउने,
३. कुजे वा साँपे बनाउने
४. सोला हान्ने, जिउ सुकेर जाने,
५. गाँड निस्कने,
६. आँखा दुखाउने -अन्धा बनाउने_,
७. कान दुखाउने -बहिरा बनाउने_ ।
चासोकM पूजिने देवी देवताहरू र विधिविधान
देवीदेवताहरू प्रसन्न हउन् र अन्नवाली सप्प्रोस्, रोगव्याधी नलागोस्, दीर्घायु, सुखसमृद्धि आवोस् भन्ने कामनाकासाथ न्वाँगी पूजा आज पनि लिम्बू जातिले सम्पन्न गर्दै आएका छन् । यसरी पूजा सम्पन्न गरिंदा सर्वप्रथम कुदाप साम्माङ अर्थात कुइकुदाप वा ताम्भुङ्नाको पूजा घरबाहिर सम्पन्न गरेपछि घरभित्रका देवीदेवताको अर्थात् युमा, थेबा र हिम साम्माङहरूको पूजा गरिन्छ । पूजा गर्ने क्रम भने मिसेक, थुङ्दाङ्बा, युमा, थेबा र हिम साम्माङ गरेर क्रमशः गरिन्छ । चासोकमा पुजिने देवीदेवताहरू र पूजाको विधिविधानलाई यहाँ विस्तारपूर्वक प्रस्तुत गर्नु सान्दर्भिक हुनाले दुई खण्डमा -क_ चासोक पूजामा पूजिने देवी देवताहरू तथा -ख_ किरात चाडः चासोक तङनाम चासोक पूजाको विधिविधान प्रस्तुत गरिन्छ ।
-चासोक गर्दै फेदाङ्मा_
-क_ चासोक पूजामा पूजिने देवी देवताहरू
-१_ कुइकुदाप वा ताप्फेङ्
चासोक पूजामा मुख्यतः यूमा, थेबा तथा थुङदाङबा देवी र देवताका पूजा गरिने भए तापनि पूजाप्रर्थनामा विध्नबाधा नहोस्, प्रार्थना गरेअनुरूप फल प्राप्त होस् भनेर अन्य अनिष्टकारी जङ्गली देवीदेवताको पनि पूजाआजा गरिन्छ । तिनमा मुख्यतः कुदाप÷कुइकुदाप वा ताप्फेङ् वा ताम्भुङ्नाजस्ता शिकारी वनदेवता र वनदेवीहरूले पूजामा र गृहस्थी जीवनमा समेत विध्नवाधा नदिउन् भनी मनाइने -मन्साउने_ काम गरिन्छ । मुख्य शिकारी वनदेवता र वनदेवीहरू निम्नानुसार छन्, जस्तैः
-क_ तक्सङ्बा– विध्नवाधानाशक रिसाउंदा अनिष्ट गर्नसक्ने लेकमा निवास गर्ने शिकारी देवता ।
-ख_ सिरिङ्मा वा मुदेनहाङमा -साया मुदेन_– किरात लिम्बूहरूको रक्षा गर्ने उत्तरबाट याक्थुङलाजे प्रवेश गरेकी वा उच्च पहाडी र पर्वतीय क्षेत्रमा निवास गर्ने वनदेवी ।
-ग_ तेन्छामा– दक्षिणबाट याक्थुङलाजे प्रवेश गरेकी देवी वा निम्न औल र खोंच क्षेत्रमा निवास गर्ने वनदेवी ।
-घ_ खञ्जमा वा खजमा– कहिले उत्तर कहिले दक्षिणतिर घुमी हिँड्ने वनदेवी ।
-ङ_ वागङ्मा÷वाजमा– विजुवा, येवा, येमा आदि तान्त्रिकहरूले गुरू मानी उनीहरूमा शक्ति प्राप्त गर्ने तथा जलमा निवास गर्ने वनदेवी ।
-२_ मिसेक रिसाउँदा पूजाआजामा विध्नबाधा दिने, मानिसलाई अघोर पिर्नसक्ने शिकारी देवता हुनाले सम्पन्न गरिन लागेको पूजा विध्नबाधारहित सम्पन्न होस् भनेर सर्वप्रथम मिसेकको पूजा गरिन्छ ।
-३_ थुङ्दाङबा अन्नबाली उत्पादनमा उचित समयमा घाम र पानी दिएर बालीनाली राम्रो बनाइदिने, असल उब्जनी गराइदिने, राखनधारन, खानपिन, कलाकौशल समेत सिकाउने चासोक थिसोक तङनाममा अनिवार्य रूपमा पूजिने इष्टदेवता । खस भाषामा यस देवतालाई सूर्यदेवता भनेर पनि सम्बोधन गरिन्छ ।
-४_ युमा साम्माङ तागेरा निङवाफु माङले मातृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको सर्वोपरी इष्टदेवीलाई यूमा साम्माङ भनिन्छ । महत्त्वको होस् वा सानो अर्थात संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा युमाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ ।
-५_ काशीहाङ्मा यूमा साम्माङसँग साथ लागी आएकी उनको सहयोगी देवी अर्थात उनकै अर्को चरित्र अवतार हो काशीहाङ्मा । यिनको थान युमाको थानसँगै एकै ठाउँमा बनाइन्छ ।
-६_ थेबा साम्माङ
तागेरा निङवाफु माङ्ले पितृशक्तिको रूपमा प्रकट भएको लिम्बूहरूको आदि पुरूष देवता अर्थात बाजे देवता । बल र शौर्य प्राप्तिका लागि, शत्रूदमन र विजय प्राप्तिका लागि अथवा अन्नपात, धनदौलत र समृद्धिका साथ सुस्वास्थ्य, दीर्घायु र सन्तान प्राप्तिका लागि गरिने कुनै महत्त्व वा संक्षिप्तमा सम्पन्न गरिने पूजाआजा होस्, सबैमा थेबाको आराधना र पूजा नगरी फल प्राप्ति हुँदैन भन्ने लिम्बूहरूको जनविश्वास छ ।
-७_ काप्पोबा
हिम्साम्माङ घरको रक्षा गर्ने बूढा देवता ।
-८_ फाक्मुरा
यो देवतालाई हिम साम्माङको सहयोगी अथवा अवतार चरित्र मानिन्छ । हिम साम्माङ र फाक्मुराको थान एकै ठाउँमा बनाइन्छ ।
-९_ चखोबा
कहीँ कसैकसैले चखोबा नामक देवताको पनि पूजा गरेको पाइन्छ । यो नयाँ देवता हो, र यसको थान लहरको अन्तमा बनाइन्छ ।
-ख_ चासोक पूजाको विधिविधान
अन्नवाली मकै, कोदो वा धान पाके पछि चासोक पूजा गरिन्छ । खेतीबारी धेरै टाढा भए अन्नका बाला घरमै ल्याई पूजा गरिन्छ भने नजिकै खेतबारी भएमा त्यतै गई भुइँ सम्याई सफासुग्घर बनाई थानको निर्माण गरी पूजा गरिन्छ । अन्नका बाला घरमै ल्याई वा खेतबारीमा गई चासोक पूजा गर्दा पनि घरभित्रका देवीदेवताको घरभित्र र घरबाहिरका देवी देवताको घरबाहिर नै पूजा अर्चना गरिन्छ । तर दिउँसो नै चासोकको पूजा सम्पन्न गरिने हुँदा प्रायसः युमा, थेबा, हिम साम्मङको पूजा पनि घरबाहिर खेतबारीमा गर्ने गरेको पनि पाइन्छ ।
-१_ नयाँ अन्न मकै, कोदो वा धान आदि पाकेपछि घरको मूली आइमाईले चोखोनितो गरी हतियारले नकाटी हातैले चुँडाएर मकै, कोदो वा धानको बाला ल्याउँछन् । धानको बालाबाट नङ्ले छोडाएर अक्षताको लागि चामल बनाइन्छ । हातैले धान माडेर झारेपछि हाँडीमा भुटेर देवतालाई चढाउंने चिउरा बनाइन्छ । पकाएको भात चढाउँदा भने चोखो चामल भाँडामा हालेर कुनै पात्रले नछोपी तथा कुनै वस्तु (पन्यू) आदिले नचलाइकन पकाएको मात्र चढाउनु पर्दछ ।
-२_ कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडामा मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ ।
-३_ बांसको वा बाँस नपाएमा केराको पातको बीचको डाँठलाई तल्लोपट्टी भूईमा गाड्न हुने पारी चुच्चो वा छड्के काटेर माथिल्लो भागलाई मुठारेकोे ५ – ६ इञ्च लामो बनाई त्यसभित्र साप्तोक हाली थिः तोङबा बनाइन्छ । तोङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पित्छिङ -पिपा_ तोङ्बामा हाल्ने र तोङबालाई केराको पातले छोपी पित्छिङले छेंडेपछि पूजाको लागि तोङबा तयार हुन्छ । तर प्रायसः ठूलो पूजा नगरेर संक्षिप्तमा गरिने पूजामा त मुख छड्के काटेको तोङ्बा अर्थात पेहेङ नै चलाइन्छ ।
-४_ डबकामा वा बटुकोमा वा त्यस्तै पात्रमा वादुम्पकवा -चोखो पानी_ हाली वासाङना वा लाइकइक्सो (केराको पातलाई बेह्रेर बनाएको पानी छर्कने वस्तु_ तयार गरिन्छ ।
-५_ विभिन्न प्रकारका पाकेका फलफूल, सुकेको तीतेपाती र धुपीको धुप, भेटी, च्यूरा, अक्षता तयार गरिन्छ ।
-६_ पूजा गरिने घरपरिवारको घरमूली स्त्रीको -हिजोआजभने सकेसम्म सबै सदस्यहरूको_ कमरभन्दा माथि प्रयोग गरिने चोखो कपडाहरू तिनको प्रतीकको रूपमा राखिन्छ । यसलाई लिम्बूभाषामा मैनाम वा येबो भनिन्छ । ती वस्त्रहरू पूजा गर्दा लास्सो पिच्छे क्रमसः अगाडीपट्टी राखी पूजा सेवा गर्ने र आशिर्वाद माग्ने काम गरिन्छ ।
-७_ घरवाहिर चासोक पूजा गर्नुपर्ने अवस्था भएमा जमिन सम्याउने र त्यसरी सम्याइएको जमीनमाथि पूजा गरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टो पारी केराको पात दुईसरो तोकेको किसिमले ओछ्याई पूजाको थान÷लास्सो बनाइन्छ । पूजाको थान बनाउने तरिका भने कहींकहीं फरक पनि हुन्छ ।
-८_ युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लेखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी -कलश_ र दियो जलाई पूजा गर्ने पनि गरेको पाइन्छ । घरभित्र लास्सो वा थान थापना गर्दा भूईंलाई चोखोनितो गरी रातो माटोले लिपेर थान बनाइन्छ ।
चासोक पूजाका लागि आवश्यक सामग्रीहरूमध्ये बाहिर पुजिने देवीदेवताहरूको लागि खनी सम्याइएको जमीनमाथि प्रत्येक देवीदेवताको लागि लास्सो अगाडी १÷१ जोर पेहेङ -तोङबा_ ठड्याइन्छ । लास्सोमा नयाँ धानको च्युरा र अक्षता, फलफूल, धूप, नैवेध राखी वादुम पक्वाले फिम्मा -चोखो पानीले छर्केर_ गरेर मुन्धुम वाचन गर्दै पूजा सम्पन्न गरिन्छ। पूजा सुरू गर्नुअघि तीतेपातीको धूप ढुङ्गामाथि राखेको बलेको कोइलामा जलाइन्छ । पूजा सकिएपछि लास्सोअघि राखिएको पेहेङ -तोङ्बा_को जाँड पित्छिङ -पिपा_ले लास्सोमा छर्केर वा चढाएर तोङ्बाहरू लडाइ लास्सोलाई सेलाइन्छ । सामान्यतः चासोक पूजा फेदाङमाले मुन्धुम वाचन गर्दै आवश्यक विधिविधानअनुसार सम्पन्न गर्दछन् । न्वागीको पूजा प्रायसः साँझपख सुरू गरिन्छ । बाहिर या घरबाहिरका देवीदेवताको पूजा गरेर वा तिनलाई मन्साउने काम सकेर गर्नुपर्ने भएकाले समय निकै लाग्ने हुँदा यसो भएको पनि हुन सक्छ । तर कतिपय अवस्थामा फेदाङ्माले यिनको पूजा दिनमा नै पनि गरेको कुरा माथि नै पनि उल्लेख भइसकेको छ । घरभित्रका इष्टदेवताहरूको पूजा अर्चना सकेपछि फेदाङमाले नयाँ पाकेको अन्नको च्यूरा र अक्षताका साथ अन्य चढाइने चीजबीजहरू बलिरहेको चुल्होमा चढाउँछन् । त्यसपछि खेतीपातीमा
सहयोगी हातहतियार, जस्तैः हलोजुवा, कुट्टे कोदालो, खुकुरी र खुर्पा, बन्चरो, घरका ढिकी र जाँतोलाई पनि सो प्रसाद चढाउँछन् । अन्त्यमा, फेदाङमाले घरपरिवारका प्रत्येक सदस्यहरूलाई आ–आफ्नो येबो -मैनाम_ आशिर्वादका साथ फिर्ता दिने काम हुन्छ । सम्पूर्ण लिम्बूहरूले चासोकमा पुजी आएको देवीदेवताहरूमा कुनैप्रकारको फरक पाइंदैन । दश लिम्बुवान सत्र थुममा बसोबास गर्ने लिम्बूहरूमा भाषिकागत तथा भौगोलिक क्षेत्रगत कारणले गर्दा कतिपय देवीदेवताहरूको नामाकरण, संख्या र पूजा गरिने तौरतरिकामा भने केही भिन्नता रहेको पाइन्छ । तर चासोकको मौलिक तत्वहरूमा भने फरक छैन ।
-चासोक तङ्नामको अवसरमा रमाइलो गर्दै_
चासोक चाडको सामाजिक महत्व
फेदाङमाको अभाव र सम्बधित घरपरिवारको अनुकूलतालाई ध्यानमा राखेर चासोक पूजा गाउँघरमा फरक फरक समयमा गर्ने गरेको पाइन्छ । तर चासोक–पूजाको विधि, तरिका र मुन्धुममा दखल राख्ने तुम्याङहाङहरूले पनि यो पूजा सम्पन्न गर्न सक्दछन् । हिजोआज भने सामूहिक रूपमा सार्वजनिक स्थान वा माङहिमहरूमा सबै भेला भई मंसिरे शुक्लपक्षको त्रयोदशीका दिनदेखि चासोक तङनाम सुरू गरी मंसिरे पूर्णेसम्म ३ दिनसम्म भव्यताका साथ सम्पन्न गर्ने प्रचलन बढेर गएको छ । लिम्बूहरूको जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहल र सक्रीयतामा सामुहिक रूपमा भेला हुन नसक्ने सबै लिम्बू घरपरिवारले पनि सकेसम्म चासोक तङनाम -मंसिरे शुक्लपक्षको त्रयोदशीदेखि पूर्णेसम्म_ को अवधिभित्र नै पारेर फेदाङमा वा तृुम्याङहाङहरूका सहयोगले चासोक पूजा सम्पन्न गर्न थालेका छन् । यसरी चासोक चाड सामुहिक चाडको रूपमा स्थापित हुन थालेकोले यसको सामाजिक महत्त्व बढेको छ । चासोक तङनामको अवसरमा भेटघाट मनोरन्जन आदि सामुहिक क्रियाकलापहरू हुन्छन् । यस चाडले लिम्बूजातिभित्र सामाजिक सद्भावको अभिवृद्धि गर्न र सामाजिक सम्बन्ध सुमधुर बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थालेको छ ।
आदिवासी लिम्बूहरूले किरात चाडका रूपमा चासोक तङनामलाई मंसीरे शुक्लपक्षको त्रयोदशिदेखि मंसीरे पूर्णेसम्म ३ दिन विभिन्न सामाजिक महत्त्वका क्रियाकलापहरूसहित सम्पन्न गर्न थालेकाले यस चाडको महत्त्व झनै बढेको छ । यस चाडका अवसरमा लिम्बूजातिभित्र निम्न सामाजिक र सांस्कृतिक गतिविधिहरू हुने गर्दछ, जस्तै—
-१_ रिसराग, ईष्र्या आदिलाई बिर्सेर चासोक तङनाममा आत्मीयताका साथ लिम्बू दाजुभाई दिदीबहिनीहरूले भेटघाट र शुभकामना आदान प्रदान गर्छन् ,
-२_ घरघरमा मीठो मसिनो विभिन्न प्रकारका खानपिन बनाई खाने गर्छन्,
-३_ पाहुनाहरूको आदानप्रदान र सेवा सत्कार हुन्छ,
-४_ नवविवाहित जोडी र चेलीबेटीहरू हुक्वा -आफ्नै हातले बनाएको सोबित_ र अन्य प्रकारको चेसुङ (कोसेली)का साथ चासोक तङनामको अवशरमा ससुराली वा माईती घर आउने र जाने गर्द्छन्,
-५_ युवाहरू सार्वजनिक स्थानमा भेला भई लिम्बूहरूको परम्परागत जातीय खेल पक्लुङ लेप्मा -कजयत उगत_ खेल खेल्दछन् भने युवा, प्रौढ, वृद्धवृद्धाहरू केलाङ, यालाङ नाची साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्दछन् । केटाकेटीहरू पनि विभिन्न खेलहरू खेली रमाइलो मनाउँछन ।
-६_ साम्बा, येवा÷येमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ पनि यस अवसरमा सम्पन्न गर्ने चलन बढ्न थालेको छ । तङसिङमा लिम्बू जातिको सृष्टि तथा अन्य मानव सभ्यताको विकास र सभ्यताको वर्णन मुन्धुमअनुसार साम्बा, येवा÷येमाहरूले मुन्धुम गाएर सम्पन्न गर्ने भएकोले यस अनुष्ठान आफूहरूले मानी आएको प्रमुख चाडमा समावेश गर्दा चासोक तङनामको महत्त्व बढ्न गई बढी प्रभावकारी हुन थालेको देखिएको छ ।
-७_ वर्षदिन काम गर्दा, बोल्दा कसैलाई चोट पुगी गाली गर्ने, सराप्ने आदि भएगरेका गालीसराप नलागोस् भनी गालीसराप बगाउने लिम्बू जातिका प्राचीनकालदेखिको परम्परा हो । लिम्बू भाषामा यसलाई माङहुप् वादेम्मा भनिन्छ । यो अनुष्ठान गर्दा गाली सराप बग्छ भन्ने लिम्बू जातिको विश्वास छ । साम्बा, येवा÷येमाहरूको उपलब्धताअनुसार एकराते तङसिङ गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा अन्य समयमा गरिने भए तापनि चासोक तङनामको अवसर पारेर सामुहिक रूपमा माङहुप् वादेम्माको अनुष्ठान गर्ने प्रचलनले अझै गति लिंदैछ । चासोक तङनामले सांस्कृतिक र सामाजिक महत्त्वका साथसाथै धार्मिक महत्त्व पनि बोकेकोले गर्दा लिम्बू जनजीवनमा यसको महत्त्वपूर्ण र अविच्छिन्न सम्बन्ध रहिआएको छ । यस चाडले लिम्बूजातिको पहिचान र सांस्कृतिक गौरव बढाउने काम एकातिर गरेको छ भने अर्कोतिर यसले लिम्बू जातिबीच सामाजिक सद्भाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।
स्रोत : सामाजिक संजाल

Address

Phidim
654321

Telephone

+9779816038503

Website

Alerts

Be the first to know and let us send you an email when श्री नालिफुङ्वा युवा समूह तथा टोल बिकास समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share