03/09/2026
बाढीपहिरोको यस कठिन समयमा LOCUS ले अघि बढाएको Flood Relief Campaign मा SOKES – Society of Kaski Engineering Students को तर्फबाट पनि सानो भए पनि सहयोगको हात बढाउन पाउँदा हामी ज्यादै खुसी र आभारी छौँ। ❤️
विपत्तिका बेला हाम्रा यी साना-साना प्रयासहरूले कसैको जीवनमा ठूलो सहारा र आशाको किरण ल्याउन सक्छ। यस अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी हातहरू, साथीहरू र अग्रजहरूमा SOKES परिवार हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछ।
देशलाई अहिले हामी सबैको साथ र एकताको खाँचो छ। आउनुहोस्, सबै मिलेर सहयोग गरौँ र यो विपत्तिसँग सँगै जुधौँ। 🇳🇵