भित्ते खानेपानी तथा सरसफाई-VitteyDrinking Water&Sanitation

  • Home
  • Nepal
  • Okhaldhunga
  • भित्ते खानेपानी तथा सरसफाई-VitteyDrinking Water&Sanitation

भित्ते खानेपानी  तथा सरसफाई-VitteyDrinking Water&Sanitation Vittey drinking water project established to provide and to fulfil drinking water to the villagers.

यस भित्ते गाउँमा खानेपानीको आपुर्तिको लागि सहजकर्ताको भुमिका निभाउनुहुने खिजिदेम्बा ६ भित्ते (नयाँबन) हाल पोर्चुगल निवास...
07/09/2024

यस भित्ते गाउँमा खानेपानीको आपुर्तिको लागि सहजकर्ताको भुमिका निभाउनुहुने खिजिदेम्बा ६ भित्ते (नयाँबन) हाल पोर्चुगल निवासी ङावा शेर्पा(जिवन) र श्रीमति पेमा शेर्पाज्यु लाई यस भित्ते खानेपानी उपभोक्ता को तर्फबाट सम्मानका साथ बिधाई कार्यक्रम।

आज मिति २०८१/ आषाढ ९ गते आइतबारको दिन यस भित्ते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सम्पुर्ण उपभोक्ताहरुको उपस्थितिमा श...
23/06/2024

आज मिति २०८१/ आषाढ ९ गते आइतबारको दिन यस भित्ते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सम्पुर्ण उपभोक्ताहरुको उपस्थितिमा श्रमदान गरि खानेपानी ट्यङ्कि सरसफाई तथा पुन रङरोगन गरियो।

हार्दिक धन्यवाद!!!   फ्रान्सेलि संस्था ice Himalayas को सहयोग तथा खिजिदेम्बा गाउँपालिकाको सहकार्यामा सोलार लिफ्टिङ् प्रव...
01/02/2024

हार्दिक धन्यवाद!!!
फ्रान्सेलि संस्था ice Himalayas को सहयोग तथा खिजिदेम्बा गाउँपालिकाको सहकार्यामा सोलार लिफ्टिङ् प्रविधि मार्फत निर्माण भएको खानेपानीको लागि खिजिदेम्बा गाउँपालिका वडा नं ६ भित्ते हाल इजरायल निवासि हाम्रा चेलि याङजि शेर्पा (Yangjee Sherpa) ज्यु ले रु१००००५/-(अक्षरेपि:रु एक लाख पाँच रुपैयाँ) आर्थिक सहयोग गर्नुभएकोमा हामि समितिको तर्फबाट र सम्पुर्ण उपभोक्ताको तर्फबाट उहाँहरुको सहयोगको उच्च कदर गर्दै सम्पुर्ण परिवार प्रति दीर्घायु जीवनकालमा सु:ख शान्ती र समृद्धिको कामना गर्दै हार्दीक धन्यवाद दिन चाहन्छौं।

-6

#खिजीदेम्बा_गाउँपालिका
Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा

31/01/2024
खिजिदेम्बा गाउँपालिका वडा नं. ६ स्थित भित्ते। खानेपानिको समस्य भएको ठाउँ। यसै गाउँको युवा समाजसेवि कुङ्गा शेर्पा तथा ङाव...
12/01/2024

खिजिदेम्बा गाउँपालिका वडा नं. ६ स्थित भित्ते। खानेपानिको समस्य भएको ठाउँ। यसै गाउँको युवा समाजसेवि कुङ्गा शेर्पा तथा ङावा शेर्पाको पहलमा फ्रान्स स्थित (Ice-Himalayas)विदेशि संस्थाको सहयोग तथा Khijidemba rural municipality (खिजिदेम्बा गाउँपालिका)को सम्मन्वयमा संचालन भैरहेको यस सोलार लिफ्टिङ् खानेपानी योजनाको सम्पुर्ण काम सम्पन्न भएको छ।
यस योजनमा ठुलो आर्थिक सहयोग गर्नुहुने विदेशी संस्था ICE Himalayas का अध्यक्ष श्री मोरिस दुचेन ज्यू लगयत सम्पुर्ण पदाधिकारी हरुलाई हार्दिक धन्यवाद र खिजिदेम्बा गाउँपालिका लाई पनि हार्दिक धन्यवाद ।
देश तथा विदेशमा रहनु भई आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हरुलाई धेरै धेरै धन्यवाद।
दिनरात घामपानी नभनि श्रमदान गर्नुहुने सम्पुर्ण गाउँलेहरुलाई पनि धेरै धेरै धन्यवाद ।
र यस योजन सम्पन्न गर्न हौसल दिनुहुने सम्पुर्णलाई हृदय देखि धन्यवाद ।
प्राविधिक रुपमा शुरुदेखि अन्यसम्म निरन्तर रुपमा खट्नु भई सहयोग गर्नुभएकोमा लाई पनि धेरै धेरै धन्यवाद ।

#खिजीदेम्बा_गाउँपालिका




खुशीका दिन।२०७२ सालको भुकम्प पछि यस गाउँमा पानीको समस्य सँगै यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित I...
17/12/2023

खुशीका दिन।
२०७२ सालको भुकम्प पछि यस गाउँमा पानीको समस्य सँगै यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको आर्थिक सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा र विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा संचालन भइरहेको सोलार लिफ्टिङ्ग प्रविधि द्वारा गाउँ भन्दा १९० मिटर तल मुहानदेखि गाउँभन्दा १०० मिटर माथि पुर्र्याई यस भित्ते गाउँको विगत लामो समयदिखिको खानेपानीको समस्य समधान भएकोछ। र आज विधिवत् रुपमा लामा गुरु द्वारा पुजा गरि यस खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष श्री गम्बु शेर्पा ज्यू को प्रमुख आथित्यतमा, र यस खानेपानी योजनमा अगुवाई गर्नुभई महत्वपुर्ण भुमिका खेल्नुहुने युवा समाजसेवि तथा सगरमाथा आरोहि कुङ्गा शेर्पा ज्यू को उपस्थितिमा र विभिन्न व्यक्तित्व ज्यू हरुको आथित्यतमा र सम्पूर्ण उपभोक्ता हरुको उपस्थितिमा आज मिति २०८० साल पौष १ गतेको दिन उद्घाटन तथा वितरण कार्यक्रम सम्पन्न भएको छ।

साथै यस योजना सफल पार्न आर्थिक सहयोग गर्नुभएकोमा Ice-Himalayas का सम्पूर्ण टिमलाई र विभिन्न सहयोगी व्यक्तित्व हरुलाई हामी सम्पूर्ण गाउँले को तर्फबाट र संचालक समितिको तर्फबाट हृदयदेखि धन्यवाद।
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति को Solar Water Lifting project
-6

#खिजीदेम्बा_गाउँपालिका
Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा.

15/12/2023

यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा र विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा संचालन भइरहेको यस खानेपानी आज लामा गुरु द्वारा सोलार पम्पको पुजा गरियो। र पानीको मुहान देखि १ किलोमिटरको दुरि र २९० मिटर उचाईम रहेको रिजर्ब टैङ्किमा सफल परिक्षण गरियो। यहि आउने आईताबार वितरण तथा उद्घाटन कार्यक्रम गरि दैनिक पानी वितरण गरिने जानकारि गराऊँदछु।
पुजा गर्दै गरेको छोटो झलक
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति को Solar Water Lifting project
-6

#खिजीदेम्बा_गाउँपालिका
Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा.

यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा...
11/12/2023

यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा र विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा संचालन भइरहेको यस खानेपानीको काम अन्तिम चरणमा भएको जानकारि गराउद छौ र उक्त योजना चाँडो भन्दा चाँडो सम्पन्न हुने लक्षका साथ तिब्र गतिमा कार्य संचालन भैरहेको छ।
काम गर्दै गरेको केहि तस्विरहरु
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति को Solar Water Lifting project को अन्तिम चरणको काम तिब्र रुपमा अगाडी बड्दै गरेको जानकारी ।
-6

#खिजीदेम्बा_गाउँपालिका
Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा.

यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा...
09/12/2023

यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वरा संचालित ICE Himalayas संस्थाको सहयोगमा खिजीदेम्बा गा. पा. को सहकार्यमा र विभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा संचालन भइरहेको यस खानेपानीको काम अन्तिम चरणमा ७.५ किलोवाटको सोलार राख्ने र सोलार पम्प राख्ने कार्य सम्पन्न भएको जानकारि गराउद छौ र उक्त योजना चाँडो भन्दा चाँडो सम्पन्न हुने लक्षका साथ तिब्र गतिमा कार्य संचालन भैरहेको छ।
काम गर्दै गरेको सानो झलक
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति को Solar Water Lifting project को काम तिब्र रुपमा अगाडी बड्दै गरेको जानकारी ।
-6

#खिजीदेम्बा_गाउँपालिका
Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा.

हार्दिक धन्यवाद!!!   यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति द्वारा सोलार लिफ्टिङ् प्रविधि मार्फत निर्माण भैरहेको ख...
22/10/2023

हार्दिक धन्यवाद!!!
यस भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति द्वारा सोलार लिफ्टिङ् प्रविधि मार्फत निर्माण भैरहेको खानेपानी तिब्र रुपमा अगाडी बड्दै गरेको अवस्थामा उक्त खानेपानी आयोजना निर्माण कार्यको लागि सिड्नि अष्ट्रेलिया बाट श्री तेन्जीङ शेर्पा ज्यु ले रु ३०० अस्ट्रेलियान डलर आर्थिक सहयोग गर्नुभएकोमा हामि निर्माण समितिको तर्फबाट र सम्पुर्ण गाऊँ बासिको तर्फबाट उहाँहरुको सहयोगको उच्च कदर गर्दै सम्पुर्ण परिवार प्रति दीर्घायु जीवनकालमा सु:ख शान्ती र समृद्धिको कामना गर्दै हार्दीक धन्यवाद दिन चाहन्छौं।

-6

#खिजीदेम्बा_गाउँपालिका


Bhitte Drinking Water and Sanitation Consumer Committee.
Khijidemba-6 bhitte, Okhaldhunga
भित्ते खानेपानी तथा सरसफाई उपभोक्ता समिति।
खिजीदेम्बा - ६ भित्ते, ओखलढुङ्गा

Address

Vittey
Okhaldhunga
44600

Website

Alerts

Be the first to know and let us send you an email when भित्ते खानेपानी तथा सरसफाई-VitteyDrinking Water&Sanitation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share