Community Development Center, Nepal

Community Development Center, Nepal Share Information about Different Social Welfare Programme Launched by CDC, Nepal

29/11/2025
https://bbc.in/49JxLQG
27/11/2025

https://bbc.in/49JxLQG

मङ्सिर सुरुबाट दक्षिण कोरिया श्रममा जानका लागि हजारौँ आवेदकहरू सम्मिलित ईपीएस भाषा परीक्षा चलिरहँदा अधिकारी तथ...

https://bbc.in/4penIbd
27/11/2025

https://bbc.in/4penIbd

खाना खाइसकेपछि विशेष गरी बेलुकीपख हिँड्दा कस्तो र कसरी फाइदा हुन्छ? हेर्नुहोस् यो भिडिओ।

16/11/2025

सुन्दा नै बैराग लाग्ने ! एउटा प्रदेशको सभामुखले श्रीमतीदेखि छोराछोरी र सालाजेठानसहित जुवाइँसम्म सबैलाई स्वकीय भन्दै सरकारी तलब खुवाउन मिल्ने रहेछ ! श्रीमतीलाई स्वीपर, छोरीलाई भान्से, जुवाइँलाई सचिब र छोरालाई मालीमा नियुक्त गर्न पनि मिल्ने रहेछ ।

देशमा सङ्घीयता अगाडि जम्मा २०५ निर्वाचन क्षेत्र थिए । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी जम्मा दुईवटा संसद थिए । दुई सभामुख र २ उपसभामुख गरी जम्मा ४ जना थिए । आज १८ जना छन् ! ती सबैलाई यसै गरी पाल्न पर्यो ।

केन्द्रको हाल के होला ? प्रदेशको सभामुखलाई कार्यालय, गाड़ी, उच्च तहका सरकारी कर्मचारी र ड्राइभर त हुन्छन् नै । घर पनि सरकारले नै दिनुपर्ने रहेछ । घर नदिए घरभाडा दिन पर्यो । घर बढार्ने स्विपर, खाना पकाउने भान्छे, यसो बगैँचातिर डुल्ने माली र केही थान स्वकीय ड्राइभरहरू पनि दिन पर्ने रहेछ । त्यसमाथि सचिब र अधिकृत स्तरको कर्मचारी पनि आफै भर्ना गर्न पाइने ।

यस्तो महँगो र सामन्तवादी संरचनामा रमाउने चाहिँ कम्तिमा कम्युनिस्ट त नहुनुपर्ने ! पूँजीवादी देशमा समेत स्विपर र भान्छे राख्ने चलन छैन, हामीकहाँ नोकर-चाकर राख्न पर्ने । बेलायतमा मन्त्री र सांसदले आफै गाड़ी चलाउन हुने, हामीलाई दुई तीन वटा ड्राइभर राख्न पर्ने । फिनल्याण्डमा प्रधानमन्त्रीले आफ्नो चिया आफै पकाउन हुने, हामीलाई सुसारे चाहिने, कार्यालय सहयोगी चाहिने । अझ त्यसमाथि सुरक्षा भन्दै दर्जनौं पुलिस पनि चाहियो । अलिकति निजी काम तिनैबाट गराउन पाइयो ।

तलब खाने काम गर्नका लागि हो, तर हामीलाई काम गरेको त छुट्टै भत्ता चाहिने । यसो बैठक बस्यो कि भत्ता । हिँड्यो कि भत्ता !

दुईतीन घण्टाको ड्राइभमा अर्को सभामुख भेटिन्छ । देशमा सभामुखै सभामुख छन् । देशैभरि प्रदेश सांसद बनाएपछि केन्द्रमा घटाए पनि हुने, २०५ बाट २७५ पुऱ्याइएको छ । तिनका स्वकीयहरू ! संसदीय समिति भन्यो, त्यसका सभापतिलाई पनि मन्त्रीजस्तै सुविधा चाहियो । भत्ता चाहियो । प्रदेशपिच्छे छुट्टाछुट्टै संरचना चाहियो । अझ सातवटा प्रदेश प्रमुख त सातवटा राष्ट्रपति जस्तै सेवा र मेवा गरेर राख्नपर्ने पद भए ।

सङ्घीयता ठीक होला, तर यतिविधि राज्यकोषको दोहन हुने गरी सांसद र मन्त्री किन चाहिन्छ र ? बेघर नागरिकलाई राज्यले एउटा घर दिन सक्दैन, तलब खाने हरेक सांसदलाई घरभाडा किन दिन पर्छ र ? हामी सबैका श्रीमान् या श्रीमतीले घर सफा गर्ने काम गर्छन् नै, त्यसैका लागि मन्त्री या सभामुखका श्रीमतीलाई किन सरकारी तलब दिन पर्छ र ? स्वकीय माली र कार्यालय सहयोगी भन्ने पद त दासता र सामन्तवादको अवशेष नै हो ।

हरेक प्रदेशमा युरोपका धेरै देशभन्दा ठूलो प्रशासनिक संरचना छ । प्रदेशप्रमुख, मुख्यमन्त्री, मन्त्री, सांसद, सभामुख, उपसभामुख, मुख्य(प्रमुख)सचिब, सचिब, सल्लाहकार, योजनादेखि लोकसेवासम्म अनेक आयोग लगायत केन्द्रका सबै संरचनाको छुट्टै उपसंरचना छ । हरेकलाई यस्तै अनेक नोकरचाकर र भत्ता छ । गाड़ी र ड्राइभर छन् ! तर खास शासन गर्ने सिडियोचाहिँ केन्द्रबाटै आउँछन् र अलग्गै सुविधा पाउँछन् । तल सरकारजस्तै पालिका छँदै छन् । युरोपले एउटा सरकार पाल्न मुश्किल मान्दै गर्दा हामीले पाइलैपिच्छे थुप्रै सरकार पालेका छौं । यो एआईको युगमा हामीसँग अझै घाम तापेर तलब बुझ्ने कर्मचारी छन् । रातो मसीले साइन गर्न मात्रै भनेर बसेको कर्मचारी पनि हुँदो रहेछ । जनताको बीचमा रहनुपर्ने एउटा नेतालाई पचासवटासम्म त सुरक्षाकर्मी दिइएको हुँदो रहेछ ।

हाम्रो रिसोर्सेज यसैमा सकिन्छ । फ्रस्ट्रेशनचाहिँ सरकारी बिल्डिंग र थोरै भए पनि रोजगारी दिइरहेका व्यवसायीमाथि मात्रै पोखिन्छ ।

संविधान नफेरीकनै र यो व्यवस्था नफेरीकनै पनि चाह्यो भने यसैलाई एकपल्ट जरैदेखि मर्मत गर्न त सकिन्छ । अहिलेको सरकारले सानो भए पनि सुरुवात गरेको छ ।

केही वर्षकै लागि सही, तलब दिउँ । बरु अलिकति बढ़ाएर दिउँ । पर्यो भने गाड़ी पनि दिउँ । तर गाड़ीमा हाल्ने तेल र आफै चलाउन नजाने ड्राइभर राख्ने काम उसकै जिम्मा दिउँ ! सधैँ तीस लिटर हालेर चालीस लिटरको पूर्जी काट्ने काम किन गर्नुपर्छ र । उसको सोफा पुछ्न या ट्वाइलेट सफा गर्न छुट्टै कर्मचारी नदिउँ । राजनीति लग्जरी होइन, सेवा हो । स्वकीय भन्ने एकै झट्कामा हटाउन मिल्छ । जसलाई चाहिन्छ, आफ्नै तलबले व्यवस्थापन गर्छ । उच्च पदस्थका लागि कार्यालय र त्यहाँका कर्मचारी छँदै छन् !

जसलाई जे कामका लागि तलब दिइन्छ, त्यसलाई त्यही कामका लागि भत्ता दिन बन्द गरौँ । सांसद या मन्त्रीलाई हरेक बैठकमा छुट्टाछुट्टै यातायात खर्च र बैठक भत्ता किन चाहिन्छ र ? तिनको काम नै त्यही हो । चिया दिउँ । एक महिनाको तलबभन्दा भत्ता दोब्बर बढ़ी हुने देश अन्त धेरै छैनन् । एकपटकका लागि सबै कर्मचारीले पाउने महँगीभत्ता जस्ता केही सुविधाबाहेक अरू सबै हटाउन सकिन्न ?

र, संविधान संशोधनको माग नै हो भने प्रदेश संसद बढ़ीमा १५ जनाको र केन्द्रको १०१ जनाको बनाम् । यसो गर्दा पनि पहिलेको २०५ भन्दा बढ़ी नै हुन्छ । विकेन्द्रीकरण भनेको त बाँड्ने भनेको पो हो, भार थप्ने भनेको त होइन ।

हामीले राजनैतिक र प्रशासनिक अनुशासन र मितव्ययिता मात्रै अपनाउने हो भने डेढ़ दुई खर्ब त यसै बच्छ । त्यो पूँजीगत खर्च बनेर थुप्रै राष्ट्रिय योजनामा जान सक्छ !

देश धनी भएको दिन हरेक नेतालाई एक एक करोड़ उपहार दिए पनि हुन्छ ! तर मागेर चल्नुपर्ने अवस्था हुँदासम्म अनुशासन कायम गरौँ !

ख़ालि सिंहदरबारमा बस्ने मान्छे फेरेर त के परिवर्तन होला र ?

Address

Bidur Municipality
Nuwakot
44900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

010 561030

Alerts

Be the first to know and let us send you an email when Community Development Center, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Community Development Center, Nepal:

Share