15/09/2024
अपाङ्ग मानबअधिकार मञ्च, नुवाकाेटकाे नवाैं बार्षिक साधारणसभा सम्पन्न । शनिबार भदाै २९, २०८१ मा अपाङ्ग मानबअधिकार मञ्च, नुवाकाेटकाे नवाैं बार्षिक साधारणसभा मञ्चका अध्यक्ष आेमबहादुर घिमिरेकाे सभाध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नुवाकाेट (नेफिन नुवाकाेट) का अध्यक्ष तथा नेफिन बागमती प्रदेश समितिका सचिवालय सदस्य साथै गैरसरकारी संस्था नेपाल जिल्ला शाखा नुवाकाेटका पूर्ब सहसचिब वा निमित सचिब तथा कार्यक्रम संयाेजक साथै लक्षित बर्ग तथा सराेकार जिल्ला संजालका पूर्ब संयाेजक भगवान राना मगरकाे प्रमुख आतितथ्यमा सम्पन्न भएकाे थियाे । साधारणसभाकाे कार्यक्रममा गाउपालिका र नगरपालिकाकाे बिधान अनुसारकाे प्रतिनिधित्व रहेकाे थियाे । कार्यक्रमकाे संचालन तथा कार्य प्रगति प्रतिबेदन मञ्चका कार्यक्रम संयाेजक रमेश सापकाेटा तथा स्वागत मनतब्य मञ्चका सदस्य शान्ति भट्टराईले गर्नु भएकाे थियाे । स्थानिय क्षेत्रकाे कार्यक्रम गर्दाकाे समस्या, चुनाैती, सल्लाह, सुझाब, सहयाेगकाे अनुभबी जानकारी मञ्चका फिल्ड संयाेजक केशब पुडासैनी, भाबी बार्षिक २०८१/०८२ काे कार्ययाेजनाकाे अनुमानित करिब ६५ लाखकाे लागत खर्चकाे उदेश्य/ लक्ष्य र कार्यक्षेत्र बिषयमा मञ्चका सचिब लाेचन भट्टराईले जानकारी गराउनु भएकाे थियाे । नवाैं साधारणसभामा उठेका गुनाशा, सुझाब र जिज्ञासाकाे बिषयमा मञ्चका अध्यक्ष अाेम बहादुर घिमिरे र काेषाध्यक्ष प्रदिप वस्तीले उपयुक्त जबाफ दिई समन्वय, सहयाेग र सहजताकाे लागि पर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे । जुन नवाैं बार्षिक साधारण सभामा प्रमुख अतिथि भगबान राना मगरले दलित, महिला, बालबालिका, अपाङ्ग, आदिवासी जनजाति, सुकुम्बासी, अल्पसंख्यक अन्य सराेकारवालाकाे संघ-संस्था, महासंघसँग समन्वय साथ संयुक्त एकता गरि लक्षित बर्ग तथा सराेकारकाे जिल्ला/स्थानीय संजाल बनाई संजालिकरण, जनवकालत प्रशिक्षण तथा अन्तरक्रिया गर्नु पर्ने तत्कालीन अबस्था रहेकाे भनाई राख्नु भएकाे थियाे । स्थानिय निकाय र सम्बन्धित निकायमा संजाल, संजालिकरणर जनवकालत मार्फत अधिकारमा पहुँच, पहिचान, कानूनीरुपमा प्रतिनिधित्व आत्मनिर्णयको अधिकार सुनिश्चतता साथै आत्मसम्मानकाे कर्तव्य निर्भारण गर्नु आजकाे आबस्यकता भएकाे बताउनु भएकाे थियाे । प्रमुख अतिथिले जिल्लास्तरीय संजाल मार्फत गाउपालिका र नगरपालिका स्तरिय संजालबाट प्रतिनिधित्व खटाई नेपाल सरकार र सम्बन्धित निकायमा सम्बन्धित लक्षित बर्ग र सराेकारवालाका महासंघ, संस्थाले कार्यक्रम संचालन गरि अधिकार, कर्तव्य निर्भारण जगाई जिबिकाेपार्जन कार्यक्रममा सहयाेग पुग्ने याेजना नै तत्कालीन अबस्थामा अति आबस्यकता भएकाे जनाउनु भएकाे छ ।