समृद्ध किस्पाङ

समृद्ध किस्पाङ समृद्ध किस्पाङ हाम्रो चाहाना !

नुवाकोट किस्पाङ गाउँपालिकाको परिचय
नुवाकोट जिल्लाको साबिक गाबिसहरु साल्मे ,भाल्छे ,काहुले ,फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।
यस गाउँपालिकाको पुर्ब मा रसुवा को उतरगया गाउँपालिका ,पश्चिम मा नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका ,उत्तरमा धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका र दक्षिण मा नुवाकोट जिल्लाको सदरमुकाम बिदुर नगरपालिका रहेको छ ।
यस गाउँपालिकामा एउटा किस्पाङ नामक पो

खरी ,गुम्बा का साथै निकै रमणीय ठाउँहरु रहेको ले यस गाउँपालिका को नाम किस्पाङ गाउँपालिका हुन गएको हो ।
यस गाउँपालिकामा प्राकृतिक सौर्न्दर्य का साथ साथै भाषा ,धर्म ,लिङ्ग ,जात जाति को पनि उतिकै बस्ती रहेको छ । तामाङ जातिको बहुमुल्यता रहेको यस क्षेत्र मा बाम्हण ,क्षेत्री ,दलित, घले लगाएको समुदाय रहेको पाइनछ ।यस गाउँपालिका प्राकृतिक ,भौतिक ,सास्कृती,र ऎतिहासिस मुल्य मान्यता बोकेको गाउपालिका रहेको छ ।

08/06/2026

आर्थिक वर्ष २०८३/८४ का लागि नुवाकोटका पालिकाहरूले प्राप्त गर्ने संघीय अनुदान रकम :
🔹 विदुर नगरपालिका – ६३ करोड २८ लाख
🔹 बेलकोटगढी नगरपालिका – ४८ करोड ४४ लाख
🔹 ककनी गाउँपालिका – ३७ करोड ११ लाख
🔹 दुप्चेश्वर गाउँपालिका – ३५ करोड ४२ लाख
🔹 शिवपुरी गाउँपालिका – ३५ करोड ३६ लाख
🔹 तादी गाउँपालिका – ३१ करोड ९४ लाख
🔹 पञ्चकन्या गाउँपालिका – २९ करोड १ लाख
🔹 म्यागङ गाउँपालिका – २८ करोड ५२ लाख
🔹 सूर्यगढी गाउँपालिका – २८ करोड ५१ लाख
🔹 लिखु गाउँपालिका – २६ करोड ४६ लाख
🔹 तारकेश्वर गाउँपालिका – २६ करोड १६ लाख
🔹 किस्पाङ गाउँपालिका – २२ करोड ८१ लाख
-सबैभन्दा बढी अनुदान: विदुर नगरपालिका (६३ करोड २८ लाख)
-सबैभन्दा कम अनुदान: किस्पाङ गाउँपालिका (२२ करोड ८१ लाख) ।

किस्पाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ले आज मिति २०८३।०२|१२ गतेका दिन आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम...
26/05/2026

किस्पाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ले आज मिति २०८३।०२|१२ गतेका दिन आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट छलफल कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ । यस कार्यक्रममा सहभागी हुन सम्पुर्ण किस्पाङबासीलाई अनुरोध गर्दछौं ।

थप जानकारीको लागी
नामः सत्यराज जोशी
पदः योजना शाखा प्रमुख (सूचना अधिकारी)
सम्पर्कः ९८५१२१९८१०
किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय

स्थानीय समुदायसँग समन्वय गर्दै ताजी खोप केन्द्रले खोप केन्द्रको प्राङ्गणमा फूल रोप्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...
18/05/2026

स्थानीय समुदायसँग समन्वय गर्दै ताजी खोप केन्द्रले खोप केन्द्रको प्राङ्गणमा फूल रोप्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । 🌸🤝
सफा, हरियाली र सुन्दर वातावरण निर्माणतर्फको यो सानो प्रयासले सकारात्मक सन्देश फैलाउने विश्वास लिएका छौं। 🌿✨

ताजी खोप केन्द्र

शैक्षिक सत्र २०८२ को SEE परीक्षामा  किस्पाङ गाउँपालिक बाट ग्रेडेड हुन सफल सम्पुर्ण विद्यार्थीहरु लाई हार्दिक बधाई सहित उ...
12/05/2026

शैक्षिक सत्र २०८२ को SEE परीक्षामा किस्पाङ गाउँपालिक बाट ग्रेडेड हुन सफल सम्पुर्ण विद्यार्थीहरु लाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ।

विद्यालयहरु :-
१. ज्ञानज्योति मा.वि. किस्पाङ-२
४१ मा २१ ग्रेडेड (५१.२१%)

२. ऐसेलु भूमे मा.वि. किस्पाङ-३
७२ मा १७ ग्रेडेड ( २३.६१ %)

३. त्रिभुवन मा.वि. किस्पाङ-५
९ मा ८ ग्रेडेड ( ८८.८८ % )

४. पञ्चलिङ्गे मा.वि. किस्पाङ-३
१८ मा ८ ग्रेडेड ( ४४.४४ %)

५. जल्जुखोला मा.वि. किस्पाङ-१
१२ मा २ ग्रेडेड ( १६.६६ %)

६. साल्मे मा.वि. किस्पाङ-४
२० मा १ ग्रेडेड ( ५%)

11/05/2026
किस्पाङ गाउँपालिका अन्तर्गत ताजी खोप केन्द्रमा भएको ६ महिनादेखि ५ वर्ष मुनिका बाल बालिकाहरूको पोषण लेखाजोखा कार्यक्रमका ...
07/05/2026

किस्पाङ गाउँपालिका अन्तर्गत ताजी खोप केन्द्रमा भएको ६ महिनादेखि ५ वर्ष मुनिका बाल बालिकाहरूको पोषण लेखाजोखा कार्यक्रमका केही झलक हरु :-

Pic : Balkrishna Hamal

07/05/2026

मिति २०८३ साल वैशाख २२ गते किस्पाङ गाउँपालिका अन्तर्गत ताजी खोप केन्द्रमा ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरूको पोषण लेखाजोखा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

श्रोत : ताजी खोप केन्द्र

01/05/2026

आज पवित्र २५७० औं बुद्ध जयन्ती को अवसरमा
नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका मा भव्य तथा श्रद्धापूर्वक कार्यक्रम सम्पन्न गरिएको छ। 🙏

यस अवसरमा बुद्धका शान्ति, करुणा र अहिंसाका सन्देशलाई आत्मसात गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। कार्यक्रममा स्थानीय बासिन्दा, धर्मगुरु तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सम्पूर्ण सहयोगी, आयोजक, तथा सहभागी महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। video: Anurag SipTamang

नयाँ वर्ष २०८३ सालको स्वदेश तथा विदेश मा रहानु भएका सम्पुर्णमा नयाँ आशा, नयाँ सपना र नयाँ सफलता सँगै नयाँ वर्षको हार्दिक...
14/04/2026

नयाँ वर्ष २०८३ सालको स्वदेश तथा विदेश मा रहानु भएका सम्पुर्णमा नयाँ आशा, नयाँ सपना र नयाँ सफलता सँगै नयाँ वर्षको हार्दिक शुभकामना ❤️” #नयाँवर्ष२०८३ #हार्दिक #शुभकामना

Address

Kispang 2 Fikuri Nuwakot
Nuwakot

Alerts

Be the first to know and let us send you an email when समृद्ध किस्पाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share