समृद्ध किस्पाङ

Call Directions Website

समृद्ध किस्पाङ समृद्ध किस्पाङ हाम्रो चाहाना !

नुवाकोट किस्पाङ गाउँपालिकाको परिचय
नुवाकोट जिल्लाको साबिक गाबिसहरु साल्मे ,भाल्छे ,काहुले ,फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।
यस गाउँपालिकाको पुर्ब मा रसुवा को उतरगया गाउँपालिका ,पश्चिम मा नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका ,उत्तरमा धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका र दक्षिण मा नुवाकोट जिल्लाको सदरमुकाम बिदुर नगरपालिका रहेको छ ।
यस गाउँपालिकामा एउटा किस्पाङ नामक पोखरी ,गुम्बा का साथै निकै रमणीय ठाउँहरु रहेको ले यस गाउँपालिका को नाम किस्पाङ गाउँपालिका हुन गएको हो ।
यस गाउँपालिकामा प्राकृतिक सौर्न्दर्य का साथ साथै भाषा ,धर्म ,लिङ्ग ,जात जाति को पनि उतिकै बस्ती रहेको छ । तामाङ जातिको बहुमुल्यता रहेको यस क्षेत्र मा बाम्हण ,क्षेत्री ,दलित, घले लगाएको समुदाय रहेको पाइनछ ।यस गाउँपालिका प्राकृतिक ,भौतिक ,सास्कृती,र ऎतिहासिस मुल्य मान्यता बोकेको गाउपालिका रहेको छ ।

२०८३ भदौ १० गते भोटेकोशी नदि हुँदै त्रिशुली नदिमा आएको बाढीका कारण किस्पाङ गाउँपालिकामा स्थायी वसोवास गर्ने व्यक्तिहरुको...
16/09/2026

२०८३ भदौ १० गते भोटेकोशी नदि हुँदै त्रिशुली नदिमा आएको बाढीका कारण किस्पाङ गाउँपालिकामा स्थायी वसोवास गर्ने व्यक्तिहरुको भौतिक क्षतिको वडागत विवरण ।

Cr. किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय

📢 महत्त्वपूर्ण सूचना | हैजा विरुद्ध खोप अभियान 💉भोटेकोशी बाढीका कारण किस्पाङ गाउँपालिका वडा नं. ५ विपद् प्रभावित अवस्थाम...
13/09/2026

📢 महत्त्वपूर्ण सूचना | हैजा विरुद्ध खोप अभियान 💉

भोटेकोशी बाढीका कारण किस्पाङ गाउँपालिका वडा नं. ५ विपद् प्रभावित अवस्थामा रहेको तथा महामारीजन्य रोगहरू फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हैजा रोगको रोकथाम तथा नियन्त्रणका लागि १२ वटा खोप केन्द्रबाट हैजा विरुद्धको खोप (Cholera Vaccine) सञ्चालन भइरहेको छ।

- १ वर्षभन्दा माथिका सम्पूर्ण वडावासीहरूले आफूलाई पायक पर्ने नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा हैजा विरुद्धको खोप लगाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।

- बाढी तथा विपद्को समयमा दूषित पानी तथा खाद्य पदार्थका कारण हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले आफू, आफ्नो परिवार तथा समुदायको सुरक्षाका लागि खोप अभियानमा सहभागी बनौँ।

🛡️ हैजाबाट बचौँ, सुरक्षित रहौँ — खोप लगाऔँ। 💉❤️

Cr. किस्पाङ गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखा

किस्पाङ गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखा को राम्रो काम ! 🏥 बाढी प्रभावित क्षेत्रमा Rapid Response Team परिचालनमिति: ...
12/09/2026

किस्पाङ गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखा को राम्रो काम !

🏥 बाढी प्रभावित क्षेत्रमा Rapid Response Team परिचालन

मिति: २०८३/०५/२६
स्थान: थापमनकामना, अर्चले

बाढी प्रभावित क्षेत्रमा ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि मेडिकल अधिकृत, जनस्वास्थ्य अधिकृत, २ जना Health Assistant, १ जना Laboratory कर्मचारी तथा स्वास्थ्य शाखा प्रमुख सहितको Rapid Response Team (RRT) परिचालन गरी स्थलगत अनुगमन, स्वास्थ्य परीक्षण तथा रोगको अवस्था सम्बन्धी Verification गरिएको छ।

सुझाव तथा सावधानी

💧 सफा तथा सुरक्षित पानी मात्र पिउने।
🍲 खाना राम्रोसँग पकाएर मात्र खाने तथा सकेसम्म तातो खाना सेवन गर्ने।
🥗 बासी तथा लामो समय खुला राखिएको खाना नखाने।
🧼 साबुनपानीले नियमित रूपमा हात धुने।
🚰 दूषित वा शंकास्पद पानी नपिउने।
🌡️ ज्वरो, झाडापखाला, बान्ता वा अन्य स्वास्थ्य समस्या देखिएमा समयमै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
🏥 स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक उपचार तथा औषधि सेवन गर्ने।

📌 निष्कर्ष

बाढीपछिको वातावरणमा पानी तथा खाद्यजन्य रोगको जोखिम रहन सक्ने भएकाले सुरक्षित पानी, स्वच्छ खानपान तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ। कुनै असामान्य स्वास्थ्य समस्या वा लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिन्छ। स्वास्थ्य तथा सरसफाइ शाखाले प्रभावित क्षेत्रमा स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गर्दै आवश्यक स्वास्थ्य सेवा तथा परामर्श प्रदान गरिरहेको छ।

cr. किस्पाङ गाउँपालिका स्वास्थ्य तथा सरसफाइ शाखा

11/09/2026

निशुल्क पढाईको अवसर !

हालै गएको बाढीका कारण प्रभावित परिवार गुमाए वा पुरै प्रभावित भएको रसुवा - नुवाकोट का bachelor ( BBA / BHM ) पढ्न इच्छुक बिद्यार्थी भाइ बाहिनी हरु ( ५ जना ) लाई निशुल्क पढ्न अवसर रहेको छ । कलेज काठमाडौं को तिनकुनेमा रहेको छ । इच्छुक ले तल रहेको नम्बेरमा सम्पर्क गर्नुहोला । धन्यवाद

सम्पर्क : 9763387509

किस्पाङ गाउँपालिकास्तरिय विपद ब्यबस्थापन समिती र गाउँ कार्यपालिकाको मिति 2083/05/21 गतेको निर्णय ।1 पालिकाले प्रारम्भिक ...
08/09/2026

किस्पाङ गाउँपालिकास्तरिय विपद ब्यबस्थापन समिती र गाउँ कार्यपालिकाको मिति 2083/05/21 गतेको निर्णय ।

1 पालिकाले प्रारम्भिक रुपमा संकलन गरेको तथ्यांक वडा मार्फत रुजु भइ प्रमाणित भैसके पछि बेपत्ता र मृतकको हकमा प्रती मृतक र बेपत्ता तत्काल राहत स्वरुप परिवारलाई रु 30 हजार प्रदान गर्ने ।

2 किस्पाङ गाउँपालिका स्थायी ठेगना भएका र घरबार बिहिन भइ बस्ने घर नभएकाको हकमा तत्कालको लागि मासिक रु 4 हजार 3 महिनाको लागि प्रदान गर्ने ।

3 आमा बुवा गुमाउनु भएका बालबालिका हरुको लागि त्रिभुवन मा वि अर्चलेमा बाल स्याहार केन्द्र सन्चालन गरि बालबालिकाको गास बास मनोरञ्जन सहितको अविभावकत्व प्रदान गर्ने ।

4 किस्पाङ गाउँपालिकामा कार्यरत रास्ट्रसेवक कर्मचारी / शिक्षक, बेपत्ता र मृतक को हकमा प्रती मृतक र बेपत्ता तत्काल राहत स्वरुप रु 30 हजार परिवारलाइ प्रदान गर्ने ।

5 बाढि ले क्षती पुर्याएको तुप्चे सोले सातदोबाटो सडक तत्काल सुचारु गर्न आवाश्यक समन्वय सहित गाउँपालिकाले तत्काल पहलकदमी लिइ काम अगाडि बढाउने ।

6 वैकल्पिक बाटोको रुपमा रहेको तुप्चे चेम्पेश्वारा चिलाउने सडकको चेम्पेश्वारामा ह्युम पाइप ब्यबस्थापन र सडक मर्मत कार्य अगाडि बढाउने

7 पालिकाभित्र यातायात संचालन लाई सहजीकरण गर्न अर्चले चाम्पानी सडक लगायत अन्य सडक मर्मत र सुधार कार्य अगाडि बढाउने ।

8 किस्पाङ गाउँपालिका भित्र घर भएका र अन्यत्र बाट बिस्थापित भएका परिवारको हकमा न्युनतम जिविकोपार्जनका लागी आवाश्यक ब्यबस्था गर्न कोठाको सामान सहित आवाश्यक ब्यबस्थापन गर्ने ।

9 किस्पाङ गाउँपालिका भन्दा बाहिर ठेगना भएका तत्काल आफ्नो पालिका जान नसक्ने विस्थापित हरुको लागि अस्थायी हाेल्डिङ सेन्टरलाई निरन्तरता दिई न्युनतम गास बासको आवाश्यक ब्यबस्था गर्ने ।

Source : किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय

किस्पाङ - काठमाडौं आउने जाने बस संचालनमा आएको छ। यति तपाइँहरु आउन वा जाना खोज्नु भएको छ भने तल रहेको सम्पर्क नम्बर मा सम...
08/09/2026

किस्पाङ - काठमाडौं आउने जाने बस संचालनमा आएको छ। यति तपाइँहरु आउन वा जाना खोज्नु भएको छ भने तल रहेको सम्पर्क नम्बर मा सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।

सम्पर्क : (9767821956) 9762608564
cr. Suman Tamang

रसुवा- नुवाकोट भीषण बाढीले प्रभावित किस्पाङ गाउँपालिकामा रहेका पीडितहरु लाई केही राहत पुग्ने हेतुले किस्पाङका समाजसेबी य...
06/09/2026

रसुवा- नुवाकोट भीषण बाढीले प्रभावित किस्पाङ गाउँपालिकामा रहेका पीडितहरु लाई केही राहत पुग्ने हेतुले किस्पाङका समाजसेबी युवा फार्मेसी सहाय जीवन लामा द्वारा किस्पाङ गाउँपालिका संगको समन्वयमा केही
अत्यावश्यक औषधि सहयोग गर्नुभएको छ । सहयोगी मन प्रती हार्दिक धन्यवाद !

📢 प्रारम्भिक विवरण प्रकाशन गरिएको सम्बन्धमा मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीबाट किस्पाङ गाउँपालिकामा प्रभावि...
06/09/2026

📢 प्रारम्भिक विवरण प्रकाशन गरिएको सम्बन्धमा
मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको बाढीबाट किस्पाङ गाउँपालिकामा प्रभावित भएका मृतक, बेपत्ता तथा विस्थापित व्यक्ति/परिवारको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

📌 नोट: यो विवरण प्रारम्भिक रूपमा संकलन गरिएको तथ्याङ्कमा आधारित रहेको हुँदा वडा कार्यालयबाट प्राप्त हुने थप तथा यकिन तथ्याङ्कका आधारमा विवरणमा आवश्यक संशोधन वा परिवर्तन हुन सक्नेछ।

📞 थप जानकारीका लागि:
सूचना अधिकारी: सत्य राज जोशी
विपद् तथ्याङ्क फोकल पर्सन: इ. मोति माया तामाङ (985-1313504)

Source : किस्पाङ गाउँ कार्यपालिकाको कार्यालय

06/09/2026

राहत वितरणका क्रममा छुट्नुभएका वा अझै राहत प्राप्त गर्न नसक्नुभएका किस्पाङ गाउँपालिकाका बाढीपीडित परिवारहरूले सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नुहोला।

एनोक वाइबा ( Ganesh )- 9849191918
वडा 3 अध्यक्ष सुरेन्द्र तामाङ - 9861581184
निवर्तमान वडाध्यक्ष आइत घले - 9810191487

05/09/2026

यस भिडियोमा नाम वाचन गरिएका व्यक्तिहरूमध्ये हजुर वा हजुरका कुनै आफन्त पर्नुहुन्छ भने, वडा नं. २ कार्यालयमा कार्यालय समयभित्र उपस्थित भई आफूले नियमित रूपमा सेवन गर्दै आएको औषधि लिनुभएको छैन भने लिएर जानुहुन अनुरोध छ।

Source: Balkrishna Hamal

Address

Kispang 2 Fikuri Nuwakot
Nuwakot

Alerts

Be the first to know and let us send you an email when समृद्ध किस्पाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share