Youth Drugs Awareness

Youth Drugs Awareness Awareness about drugs addiction and it’s impact

30/06/2026
अदालतले सरकारको भन्सार महसुल उठाउने क्षेत्राधिकारमा कुनै हस्तक्षेप गरेको छैन । ‘भन्सार महसुल लगाउने राज्यको सार्वभौम अधि...
17/05/2026

अदालतले सरकारको भन्सार महसुल उठाउने क्षेत्राधिकारमा कुनै हस्तक्षेप गरेको छैन । ‘भन्सार महसुल लगाउने राज्यको सार्वभौम अधिकार हो’ भनी अदालतकै आदेशमा स्पष्ट लेखिएको छ । बरु भन्सारमा खटिने कर्मचारीलाई सेवाग्राहीसँग व्यवहार गर्दा संविधानप्रदत्त ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ (धारा १६) को पालना गर्न निर्देशन दिएको हो । त्यसैले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने सरकारको निर्णयमा सर्वोच्चले रोक लगाएको भन्ने दाबी भ्रामक हो ।

नयाँ वर्ष, नयाँ सुरुवात।आजबाट २१ वर्षअघि मैले मदिरा त्याग गरेको थिएँ। त्यो यात्रामा मलाई साथ र सहयोग गर्ने AA - Alcoholi...
17/05/2026

नयाँ वर्ष, नयाँ सुरुवात।
आजबाट २१ वर्षअघि मैले मदिरा त्याग गरेको थिएँ। त्यो यात्रामा मलाई साथ र सहयोग गर्ने AA - Alcoholics Anonymous (आफ्नो परिचय गोप्य राख्ने, मदिरा लतबाट पीडितहरूको आपसी सहयोग संस्था) प्रति म गहिरो कृतज्ञ छु।

AA मा रहँदा मैले एउटा वचन दिएको थिएँ—
“यदि म यो लतबाट मुक्त भएँ भने, कुनै न कुनै रूपमा अरू अल्कोहोलिकहरूका लागि सहयोगी काम गर्नेछु।”

आज नेपालमा मदिरा, ड्रग्स, तथा मानसिक–भावनात्मक समस्याबाट ठूलो जमात पीडित छ। यही यथार्थलाई मध्यनजर गर्दै, नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा हामीले एउटा नयाँ सिरिज सुरु गरेका छौँ—
“How’s Your Mind Today?”

अल्कोहोल रिकभरी र इमोसनल वेलबिइङमा केन्द्रित यो सिरिज भोलि, १ जनवरी २०२६ देखि सुरु हुँदैछ।

यो एपिसोडमा मैले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत Psychiatric डा. ऋचा अमात्यलाई AA मा पहिलो पटक जाँदाको अनुभव सुनाएको छु। आफ्नो कमजोरी स्वीकार्न सजिलो हुन्न, भएन। तर त्यो स्वीकार नै मुक्तिको पहिलो पाइला बन्यो। मलाई लतबाट मुक्त गराउन कसैले मलाई सघाएको थियो। प्रोत्साहित गरेको थियो - सकिन्छ भनेर देखाएको थियो। आज मलाई सुनेर कोही प्रेरित भए, मलाई सन्तोष हुनेछ। AA त्यत्रो रिण, थोरै भए पनि तिरेको महसुस हुनेछ..

यदि तपाईं स्वयं पीडित हुनुहुन्छ, वा आफ्ना भावना, अनुभव, वा प्रश्न साझा गर्न चाहनुहुन्छ भने,
WhatsApp: 976-500-2077
मार्फत हामीलाई सन्देश पठाउन सक्नुहुन्छ।

Happy 2026 to all beings!

922 likes, 145 comments. "How is your Mind Today ? मदिरा वा कुनै पनि लत / भावनात्मक स्वास्थ / डा. ऋचा संग विजय कुमार ep #1"

Address

Kohalpur
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Youth Drugs Awareness posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share