IHRC Nepal

IHRC Nepal Right to information, Governance environment, HR, Law & campaigner organization

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्था...
22/04/2026

बढैयातालको पुर्नस्थापना तथा सेवा केन्द्र नियमावली हस्तान्तरण
बर्दिया ९ बैशाख । बर्दियाको बढैयाताल गाउँपालिकामा पुर्नस्थापना केन्द्र तथा सेवा केन्द्रको स्थापना तथा संचालन सम्वन्धमा नियमावली निमार्ण गरि कार्यान्वयनमा ल्याइने भएको छ ।
महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा नियमावली तयार गरि पालिकामा सार्वजनिकीकरण गरिएको छ ।
र्साजनिकीकरण कार्यक्रममा पालिका अध्यक्ष हिमालय त्रिपाठीले हाम्रो समाजमा लैङ्गिक हिंसाका घटनाहरु बढी घटेकाले अब कानून बनेकाले उक्त विषयलाई सम्बोधन गर्न सहज हुने भन्दै यसलाई तत्काल कार्यन्वयनमा ल्याउने प्रतिबद्धता गर्नुभयो । उहाँले महिला तथा बालिकाविरुद्ध हुने विभिन्न किसिमका हिंसालाई न्युनीकरण गर्न पालिकाले एउटा संयन्त्र निमार्ण गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा शुक्रराज सापकोटा, कार्यपालिका सदस्य चन्द्रकला विक, महिला तथा बालबालिका शाखा प्रमुख सुजिता चौधरी, संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले लैङ्गिक हिंसाविरुद्धका घटना व्यवस्थापनको पहलका बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
महिला तथा बालिकाविरुद्धको हिंसा सम्बोधनका लागि स्थानीय तहहरुमा नीतिगत व्यवस्था अन्र्तगत ऐन, कानून, कार्यविधी निमार्ण गर्नमा सहयोग गरेको सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।
त्यस अवसरमा पालिकाको नीति बनाउनमा सहयोग गरेको भन्दै पालिकाले महिला कानून र विकास मंच र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई सम्मान पत्र प्रदान गरेको थियो । उक्त सम्मान पत्र संस्थाका सचिव अल्का मिश्रले ग्रहण गर्नुभएको थियो ।

19/04/2026
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपाल...
17/04/2026

खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण
नेपालगन्ज, ४ बैशाख । बाँकेको खजुरा गाउँपालिकामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता २०८२’ कार्यन्वयनमा आउने भएको छ ।
महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको सहयोगमा तयार गरिएको मस्यौदा कानून सार्वजनिक गरिएको हो ।
विहीबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा तयार गरिएको मस्यौदा कानून पालिका अध्यक्ष डम्बरबहादुर विकलाई हस्तान्तरण गरिएको छ । पालिका अध्यक्ष विकले कार्यपालिका बैठकबाट यो आचारसंहिता पारित गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारका घटना बढी हुने भएकाले नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले पछिल्लो समय लैङ्गिक हिंसाविरुद्धका घटनाहरु बढी रहेका बेला यसको नियन्त्रण तथा कानूनी रुपमा कारवाहीका लागि स्थानीय तहमा निमार्ण गरिएको कानून महत्वपुर्ण भएको भन्दै यसबारे सचेतना अभिबृद्धि गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नुभयो ।
सामाजिक विकास समितिका संयोजक कृष्णकुमारी पोख्ररेलले महिला तथा बालिका हिंसाका घटनाहरु समाजमा अहिले पनि बढीरहेकाले समाजलाई चेतनाशिल बनाउनुपर्नेमा जोड दिदै यसविरुद्धको कानूनले पिडितले न्याय पाउने र लुकेका घटनाहरु समेत बाहिर आउने विश्वास गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले यौनजन्य दुव्र्यवहारका घटना विद्यालयहरुमा बढी हुने भएकाले यो कानूनलाई विद्यालयमा कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिदै यस बारे गाउँटोलका विद्यार्थी तथा अभिभावकलाई सचेत गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विधायन समितिका संयोजक पार्वती विश्वकर्मा, सदस्य मिना सुनार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख शुसिला न्यौपाने, सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका महासचिव अधिबक्ता केवलसिंह थारु, कार्यकारी निर्देशक राकेशकुमार मिश्र लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा पालिकाले कानून निमार्ण गरेको भन्दै महिला कानून र विकास मंच र सूचना र मानव अधिकार अनुसन्धान केन्द्रलाई सम्मान पत्र समेत प्रदान गरेको थियो ।

15/04/2026

नेपालगन्ज २ बैशाख । नयाँ वर्ष २०८३ को अवसरमा नेपालगन्जस्थित त्रिशक्ती मन्दिरमा हनुमान कथा बाचन भएको छ । मन्दिरमा...

Address

Nepalgunj/10 Banke
Nepalganj

Alerts

Be the first to know and let us send you an email when IHRC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to IHRC Nepal:

Shortcuts

Share