सेवा र विकासका लागि युवा

Directions

सेवा र विकासका लागि युवा युवाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था ...
समाज कल्याण परिषद आबद्धता नम्बर : ५००७५

26/08/2026

राष्ट्रिय विपतको घडीमा सम्पूर्ण स्वयंसेवकहरूलाई आफ्नो पनि सुरक्षाको ख्याल गर्दै तत्काल आवश्यक र अपरिहार्य सामग्री सहित सेवाकार्यमा लाग्नका लागि हार्दिक आह्वान गर्दछौं। पछि त सबैजना पुग्नुहोला तर सेवाको खाँचो यतिखेर पर्याप्त मात्रामा चाहिएको छ।

जनजागृति मा वि छत्रकोट हुगा गुल्मीमा शैक्षिक सामाग्री वितरण सम्पन्न
18/08/2026

जनजागृति मा वि छत्रकोट हुगा गुल्मीमा शैक्षिक सामाग्री वितरण सम्पन्न

मनाङ जिल्लाको चामेस्थित श्री लोकप्रिय माध्यमिक विद्यालयको कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी हरुलाई...
03/08/2026

मनाङ जिल्लाको चामेस्थित श्री लोकप्रिय माध्यमिक विद्यालयको कक्षा ४ देखि कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी हरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न I
कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मुक्ति प्रसाद खनालज्यू, प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सह संगठन सचिव श्री छितराज न्यौपानेज्यू, शिक्षक अभिभावक संघ अध्यक्ष श्रीमती चिजा तामाङज्यू , विद्यालयका प्राचार्य श्री छोटेलाल तामाङज्यू, पूर्व प्राचार्य श्री सुरेश थापाज्यू पढिषद्का गण्डकी प्रदेश सचिव श्री सन्तोष शर्माज्यू, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतको विशेष उपस्थिति ।

शैक्षिक सामग्री वितरण - २०८३बुढानीलकण्ठ गुरूकुलमा शैक्षिक सामाग्री वितरण सम्पन्न
17/07/2026

शैक्षिक सामग्री वितरण - २०८३
बुढानीलकण्ठ गुरूकुलमा शैक्षिक सामाग्री वितरण सम्पन्न

गुम्बामा शैक्षिक सामग्री वितरण ठ्रङ्ज्ञ तारा आनी गुम्बाका  लामा–आनीलाई शैक्षिक सामग्री वितरणकाठमाडौं। सेवा र विकासका लाग...
11/07/2026

गुम्बामा शैक्षिक सामग्री वितरण

ठ्रङ्ज्ञ तारा आनी गुम्बाका लामा–आनीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं। सेवा र विकासका लागि युवा को आयोजना तथा भारत सरकार को आर्थिक सहयोगमा काठमाडौंको सितापाइलास्थित ठ्रङ्गु तारा अब्बेय गुम्बा मा अध्ययनरत १३० जना लामा तथा आनीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कार्यक्रमको समन्वय प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल ले गरेको हो।
शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रथम राष्ट्रिय अभियान का राष्ट्रिय संयोजक श्री नारायण प्रसाद ढकाल सहभागी हुनुहुन्थ्यो। उहाँले शिक्षा क्षेत्रमा गरिने लगानीले सक्षम, नैतिक र जिम्मेवार नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, कुमारी बैंक का डिपार्टमेन्ट प्रमुख श्री अर्पण पौडेल ले शिक्षा सामाजिक रूपान्तरणको आधार भएकाले सरकारी, निजी तथा सामाजिक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
गुम्बाका प्राचार्य श्री खेम्बु छ्योइग्यल ले गुम्बामा अध्ययनरत लामा तथा आनीहरूका लागि उपलब्ध गराइएको शैक्षिक सामग्रीले अध्ययन–अध्यापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै सहयोगी संस्था, समन्वयकर्ता तथा सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका प्रतिनिधिहरू, गुम्बाका शिक्षक, लामा–आनी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा गुम्बामा अध्ययनरत लामा तथा आनीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउनुभयो।

सोलुखुम्बु सल्लेरीमा १०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण सोलुखुम्बु सल्लेरीमा रहेको श्री जन जागृती नमुना माध्यमिक...
10/07/2026

सोलुखुम्बु सल्लेरीमा १०० विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

सोलुखुम्बु सल्लेरीमा रहेको श्री जन जागृती नमुना माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीमा अध्ययनरत विद्यार्थीहरुलाई सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम संयोजक विद्यार्थी परिषद्का कोशी प्रदेश उपाध्यक्ष श्री फुरि शेर्पा ,प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ का वडा अध्यक्ष मिङमार तामाङ, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचीव एवं कोशी प्रदेश संगठन सचीव श्री मनिष बन्जाडे,सामाजिक ब्याक्तित्व कुङ्गा लामा,विद्यालयका निमित्त प्रधानाध्यापक श्री नारायण प्रसाद पाण्डे ,विद्यालय व्यवस्थापन समिती महिला सदस्य श्री गिता गुरुङ ,विद्यालयमा अध्यापनरत गुरु गुरुआमा एवं अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ओखलढुङ्गामा रहेको सुनकोशी गाउँपालिकामा शैक्षिक सामग्री वितरणओखलढुङ्गामा रहेका श्री कालिका माध्यमिक विद्यालय सुनकोशी गाउँ...
09/07/2026

ओखलढुङ्गामा रहेको सुनकोशी गाउँपालिकामा शैक्षिक सामग्री वितरण
ओखलढुङ्गामा रहेका श्री कालिका माध्यमिक विद्यालय सुनकोशी गाउँपालिका ९ कोषभन्ज्याङ र श्री त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालय सुनकोशी गाउँपालिका १० कटुञ्जे मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कार्यक्रम संयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हितराज कार्की, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल , विशिष्ट अतिथि वैदेशिक रोजगार बोर्डका अधिकृत एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालका निवर्तमान मिडिया कार्यप्रमुख श्री कृष्ण हुमागाई, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव एवं कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडे, सेवा र विकासका लागि युवाका सदस्य श्री एकराज धमला, सुनकोशी गाउँपालिका वार्ड नं १० का वडाध्यक्ष श्री छवि धमला, श्री कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङ श्री त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका प्रधानाध्यापक कमल भट्टराई लगायत अभिभावक एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो

शैक्षिक सामग्री वितरणबर्दिबास (महोत्तरी), असार २०, २०८३।सेवा र विकासका लागि युवा को आयोजना, प्राज्ञिक विद्यार्थी परिषद्,...
09/07/2026

शैक्षिक सामग्री वितरण
बर्दिबास (महोत्तरी), असार २०, २०८३।
सेवा र विकासका लागि युवा को आयोजना, प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल को समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा महोत्तरीको बर्दिबासस्थित श्री देउराली माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
आयोजित कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १२५ जना विद्यार्थी लाई विद्यालय झोला, कापी, कलम, प्रज्ञा बृहत् नेपाली शब्दकोश तथा अङ्ग्रेजी बोलचाल पुस्तकलगायत अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै विद्यालयका शिक्षकहरूलाई सम्मानस्वरूप टोपी पनि प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बर्दिबास नगरपालिकाका नगर प्रमुख श्री प्रह्लाद कुमार क्षेत्री ले यस्ता सहयोगमूलक कार्यक्रमले विद्यार्थीको अध्ययनमा उत्साह थप्नुका साथै गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा सरकारी निकाय, सामाजिक संस्था तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल का राष्ट्रिय सह–संगठन सचिव श्री छितराज न्यौपाने, हिन्दू स्वयंसेवक संघ नेपालका संभाग प्रचारक श्री लक्ष्मण यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भोला खड्का, निमित्त प्रधानाध्यापक श्री सरोजकुमार मिश्र,, राष्ट्रिय सचिव एवं जानकी विभाग संगठन सचिव श्री अरुणप्रसाद कुशवाह, परिषद्का पूर्व जानकी प्रदेश उपाध्यक्ष श्रीमती यशोधा श्रेष्ठ, मधेश प्रदेशकी पूर्व प्रदेश सचिव सुश्री सबिना लामगादे, पूर्व प्रदेश सहसचिव सुश्री गंगा गजमेर लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई लक्षित यस्ता सहयोगमूलक कार्यक्रमले उनीहरूको अध्ययनलाई सहज बनाउनुका साथै आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
आयोजक संस्था सेवा र विकासका लागि युवा ले शिक्षा, सेवा र संस्कारलाई आफ्नो मूल उद्देश्य बनाएर देशका विभिन्न जिल्लामा शैक्षिक सहयोग अभियान सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि विपन्न तथा जेहेन्दार विद्यार्थी र शैक्षिक संस्थालाई लक्षित गरी यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

धनकुटामा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणधनकुटा, महालक्ष्मी नगरपालिका–५।सेवा र विकासका ला...
06/07/2026

धनकुटामा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धनकुटा, महालक्ष्मी नगरपालिका–५।
सेवा र विकासका लागि युवा को आयोजनामा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल को समन्वयमा महालक्ष्मी नगरपालिका–५ स्थित श्री अरुणोदय माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मन्दिप गिरी ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा महालक्ष्मी नगरपालिका–५ का वडा अध्यक्ष शान्त बहादुर कुँवर क्षेत्री को गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल का राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने लगायत विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थीहरूलाई वितरण गरिएको शैक्षिक सामग्री भारतीय जनता तथा भारत सरकारको सहयोगमा उपलब्ध भएको हो। यस सहयोगले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै आयोजकले शिक्षा, सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा नै सक्षम, सभ्य र समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सरकार, सामाजिक संस्था, स्थानीय समुदाय तथा अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरूको सहयोग र सहकार्य आवश्यक रहने धारणा व्यक्त गर्नुभयो। साथै, भारतीय जनता तथा भारत सरकारबाट प्राप्त यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई यस्ता सहयोगले अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

त्रिवेणीका विभिन्न गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरणत्रिवेणी, पूर्वी नवलपरासी), असार २०, २०८३।सेवा र व...
04/07/2026

त्रिवेणीका विभिन्न गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

त्रिवेणी, पूर्वी नवलपरासी), असार २०, २०८३।

सेवा र विकासका लागि युवा को आयोजनामा पूर्वी नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष वेद–वेदाङ्ग संस्कृत गुरुकुलममा अध्ययनरत बटुकलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

सेवा र विकासका लागि युवा को आयोजना, प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वय र भारतीय जनता र भारत सरकारको सहयोगमा पूर्वी नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र मोक्ष दिव्य धाममा आयोजित कार्यक्रममा गजेन्द्रमोक्ष धामका प्रमुख स्वामी श्री कृष्णप्रपन्न गौतमज्यू, नेपाल प्रथम राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक तथा सेवा र विकासका लागि युवाका संरक्षक श्री नारायण प्रसाद ढकाल, त्रिवेणी गाउँपालिकाका अध्यक्ष श्री घनश्याम गिरी, सेवा र विकासका लागि युवाका सदस्य श्री सुभेन्द्र प्रसाद यादव, समाजसेवी तथा धार्मिक व्यक्तित्व श्रीमती विमला न्यौपाने तथा संस्थाका अन्तर्राष्ट्रिय सदस्य श्री रङ्गनाथ ढकाल, त्रिवेणी गजेन्न्द्र मोक्ष दिव्य धाम क्षेत्र विकासका कार्यकारी निर्देशक झपेन्द्र भुसाल लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत त्रिवेणीका विभिन्न गुरुकुलमा अध्ययनरत जना बटुकलाई झोला, कापी, कलम, अङ्ग्रेजी बोलचाल पुस्तक, प्रज्ञा बृहत् शब्दकोष, क्यापलगायत अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। आयोजकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउनुका साथै उनीहरूमा आत्मविश्वास र अध्ययनप्रतिको उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले वैदिक शिक्षा नेपालको प्राचीन ज्ञान–परम्परा, संस्कृति र सभ्यताको आधार भएकाले यसको संरक्षण र संवर्द्धन आजको आवश्यकता भएको धारणा व्यक्त गरे। उनीहरूले गुरुकुल शिक्षालाई सुदृढ बनाउन सरकारी निकाय, सामाजिक संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले शिक्षामा समान अवसर सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

आयोजक संस्था सेवा र विकासका लागि युवाले शिक्षा, सेवा र संस्कारलाई आफ्नो मूल उद्देश्य बनाएर देशका विभिन्न जिल्लामा सञ्चालन गरिरहेको शैक्षिक सहयोग अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जनाएको छ। संस्थाले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा गुरुकुल शिक्षाको प्रवर्द्धनका लागि यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Address

Narayangarh

Website

Alerts

Be the first to know and let us send you an email when सेवा र विकासका लागि युवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share