Nauche Gonda Visitor Centre

Nauche Gonda Visitor Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nauche Gonda Visitor Centre, Community Organization, Namche Bazar.

The visitor centre in the courtyard of Namche's village gompa has cultural objects and displays about the traditions and history of the Sherpas in Namche and Khumbu.

20/10/2025

Prayers for gaga Kancha

11/09/2025

सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई,

यस कठिन समयमा नेपालमा शान्ति, स्थिरता र सु-सम्बन्ध कायम गर्नका लागि हाम्रो पूजनीय देफुक रिन्पोछेले पुजनीय गुरु साक्य खोङ्मो रिनपोछेसँग कुन पूजा गर्नुपर्छ भनेर सोध्नु भएको थियो। उहाँको मार्गदर्शनअनुसार, सबै मिलेर डाेल्मा बुम (१,००,००० पटक ) पाठ तथा डाेल्मा युल्दोक पूजा गर्नु उपयुक्त हुने बताउनु भएको छ।
सो आदेश अनुसार नाम्चे गुम्बामा मिति september 13 तारीख शनिबारबाट यस पुजा सुरु गर्ने भएको हुदा तपाईंहरु जहाँ भए पनि सम्पूर्ण देश बिदेशमा बस्नुहुने सबैलाई यस पुण्य कर्ममा सहभागी भइ श्रद्धा र भक्ति सहित पाठ र पूजा गर्न र यस गुम्बामा हुने पुजाको लागि डेल्वा (Donation) गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।

यस सामूहिक प्रार्थनाबाट सबै बाधा विपत्तिहरू हटून्, शान्ति छाओस् र हाम्रो नेपाल पुनः सामान्य अवस्थामा फर्कियोस् भन्ने शुभकामना गर्दछौं।

गुरु रिनपोछेको आशीर्वादले सबै प्राणीहरू सुख, शान्ति र कल्याणमा रहून्।

पेम्बा छिरी शेर्पा
अध्यक्ष
नाम्चे गुम्बा व्यवस्थापन समिती

सम्पूर्णम्लाई,टाशीदेलेक 🙏आज दावा (७) दिन्बाको छेवा गे(८) शुभ दिनको दिन यस गुम्बाको लागि औ ग्याल्जेन (A .G) र औ फुरा (भु....
01/09/2025

सम्पूर्णम्लाई,
टाशीदेलेक 🙏
आज दावा (७) दिन्बाको छेवा गे(८) शुभ दिनको दिन यस गुम्बाको लागि औ ग्याल्जेन (A .G) र औ फुरा (भु.पु.चौर्पेन नाम्चे गुम्बा )ज्युले चढाउनु भएको २+२=४ दिन्जर चांदीको तिङ ,(जुन छोमिन पनि बाल्नु मिल्ने )यस गुम्बामा पुगि आजको दिनबाट पुजा गरी प्रयोगमा
ल्याईयो,वहांहरूलाई धेरै धेरै धन्यवाद साथै सु-स्वास्थ्य तथा दिर्घायुको कामना 🙏🙏
साथै, गत डुम्जीमा आचु ठावा मिङमा परिवारबाट नाम्चे गुम्बामा चढाउनु भएको २१ थान कुङबु माथि बढाई १०८(ग्यम्ज्यु वा सो भन्दा धेरै) बढाउने लक्ष्य अनुसार सबै गाउलेबाट १,२,३,जति सक्दो चढाउनु भएको अनुसार जम्मा ८७ थान भयो, र ८७+२१=१०८( ग्याम्ज्यु)पुगेको र आजको शुभदिनबाट विधीवाद् रुपमा पुजा गरि प्रयोगमा ल्याईएको जानकारी पनि गराउदछु,अझै कसैलाई चढाउने ईच्छा भएमा नाम्चे गुम्बा व्यवस्थापन समितीसंग सम्पर्क गर्नु हुन अनुरोध गर्दुछु🙏🙏🙏🙏अन्तमा हालसम्मा चढाउनु हुनेको नामावाली छिट्टै प्रकाशन गर्नेछु, सम्पूर्ण सहयोगीहरू धेरै धेरै धन्यवाद साथै सु-स्वास्थ्य दिर्घायुको कामना,🙏🙏🙏🙏🙏🙏🙏
टाशीदेलेक
नाम्चे गुम्बा व्यवस्थापन समिती,

The new monastery building— built to accommodate monks—has been officially inaugurated today by the respected senior cit...
02/07/2025

The new monastery building— built to accommodate monks—has been officially inaugurated today by the respected senior citizen, Mr. Ang Phurba Sherpa of Namche Bazaar. This meaningful project was generously sponsored by Sherpa Nepal Hilfe Germany and supported by the Everest Sherpa Foundation.

Our deepest gratitude to Dr. Matthias Baumann for his incredible contribution and to all the villagers and supporters who made this possible.

Thank you all for being a part of this beautiful journey

Sherpa Nepalhilfe Mingma Sherpa Everest Sherpa Foundation ESF

Prayer Ceremony at Nauje GondarA special prayer ceremony will be held today at 7:30 AM onwards at Nauje Gondain memory o...
11/05/2025

Prayer Ceremony at Nauje Gondar

A special prayer ceremony will be held today at 7:30 AM onwards at Nauje Gonda
in memory of our beloved senior member and advisor, Nima Tashi Sherpa,
who passed away at the age of 61.

We invite all community members to join us in honoring his life, contributions, and spirit.

नाम्चे गुम्बा परिवार हामी सबैको प्रिय र आदरणीय व्यकतित्तव , नाम्चे निवासी ङिमा टासी शेर्पाको उपचारको क्रममा मिति २०८२-०१...
11/05/2025

नाम्चे गुम्बा परिवार हामी सबैको प्रिय र आदरणीय व्यकतित्तव , नाम्चे निवासी ङिमा टासी शेर्पाको उपचारको क्रममा मिति २०८२-०१-२८ गतेको दिन ६१ बर्षको उमेरमा भएको असामयिक निधनले गहिरो शोकमा डुबेको छ।

स्वर्गिय ङिमा टासी शेर्पा एक उज्ज्वल आत्मा, नाम्चे गुम्बाका सम्मानित छोठुम्बा, शेर्पा संस्कृतिको संरक्षक र गुम्बाको हरेक काममा सधैं उपस्थित हुने समाजसेवी हुनुहुन्थ्यो। उहाँले गुम्बालाई आध्यात्मिक र सामाजिक केन्द्र बनाउन अथक मेहनत गर्नुभयो। उहाँको करुणा, समर्पण र निःस्वार्थ सेवाले हामी सबैलाई माया र एकताको बाटोमा हिँड्न प्रेरणा दिएको छ। उहाँको हँसिलो अनुहार र उदार व्यक्तित्वलाई हामी सधैं सम्झिरहनेछौं।

बौद्ध धर्ममा मृत्यु नयाँ यात्राको सुरुवात हो। स्वर्गिय ङिमा टासी शेर्पाको आत्मा अहिले Bardo भनिने मध्यवर्ती अवस्थामा छ, जुन ४९ दिनसम्म रहन्छ। यो पवित्र समयमा हामी सबैले प्रार्थना र छुमिल बालेर उहाँको आत्मालाई शान्ति र राम्रो गन्तव्यको बाटो देखाउन सक्छौं। आउनुहोस्, हामी मिलेर उहाँको यो ४९ दिनको यात्रालाई उज्यालो बनाऔं।

हाम्रो महान गुरु रिन्पोछे ले लेख्नुभएको किताव Bardo Thodal ले हामीलाई सम्झाउँछ कि मृत्यु एक पवित्र यात्रा हो, जीवनको अनित्यता र बुद्धत्वको सम्भावनालाई सम्मान गर्ने क्षण हो।

त्यसैले दैनिक रुपमा अवलोकितेश्वरको प्रार्थना र अवलोकितेश्वर मन्त्र (ॐ मणि पद्मे हूँ) १०८ चोटि जप गर्नुहुन हामी सबैलाई आग्रह गर्ने चाहन्छौ। यी जपहरूले मृतकलाई आफ्नो स्वभावको स्पष्ट प्रकाश पहिचान गर्न र Bardo मा भ्रमबाट बच्न सहयोग गर्छ।

ॐ अमी दे वा ह्रीः यो अमिताभ बुद्धको मन्त्र हो, जसले आत्मालाई सुकवती (शान्तिको भूमि) तर्फ डोर्‍याउँछ। हरेक दिन यो मन्त्र २१ वा १०८ पटक जप्नुहोस । तपाईंका प्रार्थना, र मनवाट बालेको दिप (छुमिल) हरूले Bardo मा उहाँको मार्गलाई उज्यालो बनाउनेछ, उहाँको आत्माले शान्ति र शुभ पुनर्जन्म प्राप्त गर्नेछ। यो ४९ दिनमा तपाईंको हरेक प्रार्थना र मन्त्रले उहाँलाई शान्ति र राम्रो बाटो दिनेछ।

नाम्चे गुम्बामा आज हामी स्वर्गिय ङिमा टासी शेर्पा को लागि विशेष प्रार्थना र ॐ मणि पद्मे हूँ मन्त्र जप गर्नेछौं। तपाईं पनि गुम्बामा वा घरमा यो मन्त्र जप्नुहोस् र उहाँको आत्मालाई सम्झनुहोस्। आउनुहोस्, हामी सबै मिलेर उहाँको यो यात्रालाई उज्यालो बनाऔं। ॐ मणि पद्मे हूँ १०८ / ॐ अमी दे वा ह्री १०८

Address

Namche Bazar

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Saturday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Nauche Gonda Visitor Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nauche Gonda Visitor Centre:

Share