khiljee.com

khiljee.com खिल्जी डटकम - Join with us today to build our community better together.

We are group of people working together to build our community based of Khiljee-Asurkot, Nepal. let's build our community together.
खिल्जी भुमिकस्थान नगरपालिका मा पर्दछ ।

भुमिकास्थान नगरपालिकाको संक्षिप्त परिचय
भुमिकास्थान नगरपालिका नेपाल राज्यको प्रदेश न. ५ अन्तर्गत मध्य पहाडी क्षेत्रमा अबस्थित अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कदेखि पश्चिम भागमा रहेको सुन्दर नगर हो । नेपालमा ७५३ स्थानीय तह

कायम हुँदा अर्घाखाँची जिल्लामा साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरुलाई समेटेर भुमिकास्थान नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ बर्ग किलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या जम्मा ३२,६४० (पुरुष-१३९३५ र महिला-१८७०५) रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको नुवाकोट गाविसको कार्यालयमा रहेको छ । यस नगरपालिकामा १० वटा वडा रहेका छन् ।

नामाकरण:-
यस नगरपालिकाको नामाकरणको सन्दर्भमा स्थानीय बासिका अनुसार हालको भुमिकास्थान मन्दिर भएको स्थानमा पहिला पुजा गर्ने थानलाई भुमेकाथान भनिन्थ्यो। पछि आएर त्यही पुजा गर्ने थानलाई भुमिकास्थान भनिएको र सोही थानको नामबाट यस क्षेत्रको नाम भुमिकास्थान रहेको छ !

सीमाना:-
यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क नगरपालिका, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका र दक्षिणमा शितगंगा नगरपालिकासम्म फैलिएको छ । ५ न. प्रदेशमा अबस्थित यो नगरपालिका पर्यटकीय हिसाबले प्रसस्त सम्भावना बोकेको स्थानीय तह मानिन्छ ।

हावापानी तथा जलवायु:-
जैविक विविधताले भरिपूर्ण यो नगरपालिका समुन्द्र सतहबाट न्यूनतम १०१२ मिटर उचाईदेखि २५१५ मिटरसम्म फैलिएकोले यसको हावापानीमा पनि विविधता छ ! पहाडी भागमा अबस्थित भएको हुनाले हिउंदमा सामान्य जाडो र गर्मीमा सामान्य गर्मी हुनु यहाँको विशेषता हो ।

नदीनाला तथा ताल तलैया:-
यस नगरपालिकाको मुख्य नदीका रुपमा झिमरुक खोला रहेको छ भने खाकाबेशी, छापे, लम्ची, छिर्लिंङ खोलाहरु यहाँका साना खोलाहरु हुन् ! यस नगरमा साना-साना पोखरी र ताल तलैया रहेका छन् ! सेंग्लेंङ दह, मसिनाको लेक, दुर्बाङको फाँट र भुकफेंदी यस जिल्लाकै प्रसिद्ध तथा विशेष पहिचान भएका स्थानहरु हुन् ।

हार्दिक अपिल !   नेपाल भलिबल संघको आयोजनामा यहि बैशाख १० गते बाट काठमाणडौ त्रिपुरेश्वर स्थित कबडहलमा हुन लागिरहेको १० औं...
23/04/2026

हार्दिक अपिल !

नेपाल भलिबल संघको आयोजनामा यहि बैशाख १० गते बाट काठमाणडौ त्रिपुरेश्वर स्थित कबडहलमा हुन लागिरहेको १० औं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै खिल्जी युवा क्लबको पुरुष टिम ३ बिदेशि खेलाडी सहित सहभागी हुदै छ ।

यसको लागि केहि आर्थिक अभाब हुने भयकोमा यस क्लब आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गर्दछ ।

साथै सहयोगको लागि क्लबको आधिकारिक QR उपलब्ध गराएको छ ।

अनुरोधक - खिल्जी युवा क्लब !

NVA अवार्डमा खिल्जी युवा क्लबको सहभागिता ।
13/04/2026

NVA अवार्डमा खिल्जी युवा क्लबको सहभागिता ।

सरकारी विद्यालयको शैक्षिक स्तर किन खस्किँदैछ? अर्घाखाँचीको भूमिकास्थान लगायतका क्षेत्रमा सरकारी विद्यालयको नतिजा कमजोर ह...
09/04/2026

सरकारी विद्यालयको शैक्षिक स्तर किन खस्किँदैछ?

अर्घाखाँचीको भूमिकास्थान लगायतका क्षेत्रमा सरकारी विद्यालयको नतिजा कमजोर हुनुमा केवल बजेटको अभाव मात्र होइन, यी मुख्य कारणहरू जिम्मेवार छन्:

१. शिक्षकको जागिरे मानसिकता: जागिर "स्थायी" छ, पढाए पनि नपढाए पनि तलब पाकिहाल्छ भन्ने सोचले धेरै शिक्षकमा उत्तरदायित्वको भावना हराएको छ।

कुनै शिक्षकमा अनुशासनको अभाव: विद्यालय जाने समयमा पढाउनुको साटो गफ चुटेर बस्ने, शुक्रबार आधा छुट्टी हुनासाथ तास खेल्न कुद्ने र छुट्टीको दिनमा दारु खाएर हिँड्ने शिक्षकहरूबाट विद्यार्थीले के सिक्ने?

कुनै राजनीतिको अखडा र भ्रष्टाचार: शिक्षकहरू विद्यालयमा पढाउन भन्दा राजनीति गर्न र गुटबन्दीमा बढी सक्रिय छन्। विद्यालयलाई पवित्र मन्दिर होइन, पैसा कमाउने र राजनीति गर्ने थलो बनाइएको छ।

कुनै जागिरको घमण्ड र गैरजिम्मेवारी: "जागिर स्थायी छ, कसैले निकाल्न सक्दैन" भन्ने घमण्डले गर्दा शिक्षकहरूले आफ्नो जिम्मेवारी भुलेका छन्। पढाए पनि नपढाए पनि तलब पाकिहाल्छ भन्ने सोच नै मुख्य समस्या हो।

२. अभिभावकको लापरवाही (टिकटक मोह): अचेल धेरै अभिभावक छोराछोरीले के पढ्दैछन् भनेर हेर्नुको साटो आफैँ टिकटक र फेसबुकमा घण्टौँ समय बिताउँछन्। घरमा पढ्ने वातावरण नै छैन।

३. व्यवस्थापन समितिको राजनीति: विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक शैक्षिक सुधारमा भन्दा राजनीतिक भागबण्डा र स्थानीय राजनीतिमा बढी सक्रिय हुँदा विद्यालयको अनुशासन बिग्रेको छ।

प्रधानाध्यापक र व्यवस्थापनको मिलेमतो: विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक र व्यवस्थापन समिति (SMC) शैक्षिक सुधारमा होइन, बजेट र राजनीतिक भागबण्डामा मात्रै केन्द्रित छन्।

४. तल्लो तहको कमजोर जग: कक्षा १-७ सम्म फेल नगर्ने नीतिले गर्दा विद्यार्थीले आधारभूत कुरा नसिकी माथिल्लो कक्षा पुग्छन्, जसको असर SEE मा देखिन्छ।

५. निगरानीको अभाव: शिक्षकले कक्षा कोठामा प्रभावकारी रूपमा पढाएका छन् कि छैनन् भनेर नगरपालिका वा सम्बन्धित निकायले कडा अनुगमन नगर्नु।

६. भौगोलिक र भौतिक समस्या: लामो पैदल यात्राका कारण हुने शारीरिक थकान र आधुनिक शैक्षिक सामग्री (Science Lab/IT) को अभाव।

विद्यालय सुधार्न भवन मात्र बनाएर हुँदैन, शिक्षकले पढाउने जिम्मेवारी लिनुपर्छ, व्यवस्थापन समिति राजनीतिबाट मुक्त हुनुपर्छ र अभिभावकले मोबाइल छोडेर छोराछोरीको पढाइमा समय दिनुपर्छ।

तपाईँलाई यसमध्ये कुन कुराले गर्दा नतिजा बढी बिग्रिएको जस्तो लाग्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोला। 👇

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।  पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्...
28/03/2026

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् ।

सरकारको यो कदमप्रति यहाँको अभिमत कस्तो रहेको छ ?

Kids Bhagwad Geeta Classप्रिय अभिभावकहरू,हामीले २०२४ मा सुरु गरेको बालबालिकाहरूका लागि भगवद् गीता कक्षा निरन्तर रूपमा Zo...
27/03/2026

Kids Bhagwad Geeta Class
प्रिय अभिभावकहरू,
हामीले २०२४ मा सुरु गरेको बालबालिकाहरूका लागि भगवद् गीता कक्षा निरन्तर रूपमा Zoom मार्फत सञ्चालन हुँदै आएको छ। केही समयका लागि कक्षा अस्थायी रूपमा रोकिएको थियो, तर अब पुनः सुरु हुँदैछ।
यस पटक गम्भीर र नियमित रूपमा सिक्न इच्छुक विद्यार्थीहरूका लागि मात्र केही सीमित स्थानहरू खुला छन्।
कक्षा प्रभु ठाकुर बलदेव दासको नेतृत्वमा सञ्चालन हुनेछ।
यदि तपाईं आफ्नो बच्चालाई कक्षामा सहभागी गराउन चाहनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोस्।
Dinesh Pokhrel
WhatsApp: +1 775‑319‑7565

🕒 कक्षा समय
हरेक शुक्रबार साँझ: ६:३० बजे – ७:३० बजे (नेपाली समय)
Zoom मार्फत सञ्चालन

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज ।
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥

नेपाली अर्थ

सबै प्रकारका धर्म, कर्तव्य वा मार्गहरू त्यागेर केवल मेरो शरणमा आऊ।
म तिमीलाई सबै पापहरूबाट मुक्त गरिदिन्छु-चिन्ता नगर।

05/03/2026

खिल्जि सन्ति माबि बाट दिउसो २ बजे सम्म
१३२० मत खसेको छ जम्मा मतदाता २९४६

सुचना !   चार दिन पहिले सुदन खत्री ज्युको सन्धिखर्कमा लाईसेन्स हराएको हुनाले फेला पार्नुभएको मानिसहरुले निम्न नम्बरमा सम...
19/02/2026

सुचना !

चार दिन पहिले सुदन खत्री ज्युको सन्धिखर्कमा लाईसेन्स हराएको हुनाले फेला पार्नुभएको मानिसहरुले निम्न नम्बरमा सम्पर्क गरि बुझाईदिनुहोला ।

सम्पर्क - ९८४१६८९५१८

बिगल ६ महिनामा  देशभरका ६०००० बालबालिकाको मुटु जाच गर्नुभयकोमा खिल्जी धारीचौर निवासी आरणिय ब्याक्तित्व सुमन्त बन्जाडे ज्...
25/01/2026

बिगल ६ महिनामा देशभरका ६०००० बालबालिकाको मुटु जाच गर्नुभयकोमा खिल्जी धारीचौर निवासी आरणिय ब्याक्तित्व सुमन्त बन्जाडे ज्युले नेपाल हृदयरोग निवारण प्रतिष्ठान बाट मुटुरोगी सेवा पुरस्कार २०८२ बाट सम्मानित भयकोमा हार्दिक बधाई तथा शुभकामना 🙏

हटिया युवा क्लब भलिबल प्रतियोगिता २०८२! 🏐🏆 विजेता: बुधुनमारा🥈 उप-विजेता: हटिया युवा क्लब (आयोजक)सबै खेलाडीहरूको प्रयास र...
16/01/2026

हटिया युवा क्लब भलिबल प्रतियोगिता २०८२! 🏐
🏆 विजेता: बुधुनमारा
🥈 उप-विजेता: हटिया युवा क्लब (आयोजक)
सबै खेलाडीहरूको प्रयास र खेल-भावनालाई सलाम! बधाई छ सबैलाई! 🎉

02/01/2026

क्लब बारे शिखर भाईको धारणा !

30/12/2025

खिल्जि युवा कल्ब दोश्रो राउन्डमा प्रबेश गरेको छ ।

Address

Bhumikasthan 6 Khilji Belbot Arghakhanchi
Lumbini
32708

Telephone

+9779841689518

Website

Alerts

Be the first to know and let us send you an email when khiljee.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to khiljee.com:

Share