निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पा

  • Home
  • Nepal
  • Lumbini
  • निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पा
Directions

निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पा Drug/Alcohol Problem? We can help!
Nirnaya Drugs & Alcohol Treatment And Rehabilitation Center.

Rampur 06 palpa
Treatment Facility for Drugs and Alcohol Addiction and Behaviour Correction.feel free to contact us 075590390

04/01/2026

लागुपदार्थको यात्राको अन्त्य प्रायः एउटै दिशातिर मोडिन्छ
जेल, अस्पताल, संस्था… र कहिलेकाहीँ त मृत्युसम्म यो कुनै डर देखाउनका लागि बनाइएको कथा होइन,
यो हरेक दिन दोहोरिँदै गएको कटु सत्य हो।
आजै यो सत्य नबुझेमा,बिस्तारै–बिस्तारै आफ्नै परिवार टाढिँदै जान्छ,साथीहरू हराउँदै जान्छन्,सम्बन्धहरू चुपचाप टुट्दै जान्छन्।
एकदिन समाजमा हाम्रो पहिचान बदलिन्छ।
नामसँगै नकारात्मक ट्याग जोडिन्छ।मानिस होइन, समस्या भनेर चिनिन थालिन्छ।
कानुनले पछ्याउन थाल्छ र हामी आफैँलाई लुकाएर हिँड्न बाध्य हुन्छौँ।
त्यो क्षणको कल्पना मात्र गर्दा पनि आङ जिरिङ्ग हुन्छ
जब कसैलाई फोन गरेर“म समस्यामा छु”भन्ने साहस पनि रहँदैन।
त्यो समय आउन धेरै बेर लाग्दैन र त्यसबेला सहयोग माग्ने कोही बाँकी नहुन सक्छ।
त्यसैले आजै सोच बदल्नु जरुरी छ।आजै निर्णय लिनु जरुरी छ।आजै सही बाटो रोज्नु जरुरी छ।
किनकि आजको निर्णयले तपाईंको जीवन,तपाईंको परिवार,र तपाईंको भविष्य जोगिन सक्छ।

उपचार सम्भव छ। परिवर्तन सम्भव छ। जीवन फेरि सुरु गर्न सकिन्छ।
थप जानकारी र परामर्शको लागि हामीलाई सम्पर्क गर्नुहोस्।
निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पा

31/12/2025

खराब मनोवृत्ति पन्चर भएको टायर जस्तै हो, जबसम्म तपाईं यसलाई परिवर्तन गर्नुहुन्न तबसम्म तपाईं कतै पुग्न सक्नुहुन्न।

15/12/2025

दुर्व्यसनको अन्धकारबाट मुक्तिको यात्रामा एक्लै संघर्ष गर्ने व्यक्ति मात्र होइन, उनको परिवार पनि निरन्तर पीडा, आशा र बलिदानको बाटो हिँडिरहेको हुन्छ। उनीहरूको धैर्य, निःस्वार्थ माया, सहनशीलता र निरन्तर साथले नै लतमा परेको व्यक्तिलाई फेरि जीवनतर्फ फर्किने साहस र शक्ति दिन्छ। परिवारका त्यही मौन बलिदानहरू नै पुनःस्थापनाको सबैभन्दा बलियो आधार हुन्।

Strengthening self,awareness to other,HELP IS HERE.
09/12/2025

Strengthening self,awareness to other,HELP IS HERE.

दुर्व्यसनले मानिसलाई यस्तो अन्धो बनाउँछ कि अरूलाई झुक्याएको ठान्दा साँचोमा ऊ आफ्नै आत्मालाई बारम्बार धोका दिइरहेछ।दिनौँ–...
07/12/2025

दुर्व्यसनले मानिसलाई यस्तो अन्धो बनाउँछ कि अरूलाई झुक्याएको ठान्दा साँचोमा ऊ आफ्नै आत्मालाई बारम्बार धोका दिइरहेछ।दिनौँ–दिन आफैलाई हराउँदै,जीवनको उज्यालोलाई आफैले बन्द गर्दै।तर परिवर्तन असम्भव कहिल्यै हुँदैन।उठ्ने शक्ति तपाईंभित्रै छ,
बाँच्ने आशा अझै जिउँदो छ।त्यही विश्वास लिएर हामी तपाईंको सुधार यात्रामासदैव साथ छौं। सेवा, माया र समर्थन
निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पासधैं तपाईंको छेउमा। तपाईंको परिवार वा छरछिमेकमा रक्सी–ड्रग वा मानसिक समस्या छ?हामीलाई
सम्झिनुहोस्—उपचार सम्भव छ।तपाईंको साथमा हामि छौ
☎️ 075 590390

निर्णय लागू पदार्थ तथा मादक पदार्थ उपचार तथा पुनर्स्थापना केन्द्रका कार्यक्रम सञ्चालक लक्ष्मण सरलाई जन्मदिनको धेरै धेरै ...
14/10/2025

निर्णय लागू पदार्थ तथा मादक पदार्थ उपचार तथा पुनर्स्थापना केन्द्रका कार्यक्रम सञ्चालक लक्ष्मण सरलाई जन्मदिनको धेरै धेरै शुभकामना। उहाँको आगामी दिनहरूमा उत्तरोत्तर प्रगति, सफलता र सुस्वास्थ्यको कामना गर्दछौं।

लागू औषध,मादक पदार्थ तथा मानसिक रोग सम्बन्धी समस्या भएकाहरुको लागि बिश्वासिलो गन्तव्य "निर्णय"(हामी छौ र त उपचार सम्भव छ...
09/10/2025

लागू औषध,मादक पदार्थ तथा मानसिक रोग सम्बन्धी समस्या भएकाहरुको लागि बिश्वासिलो गन्तव्य "निर्णय"
(हामी छौ र त उपचार सम्भव छ)
जानकारीका लागि-9848942399

🌿 निर्णय पाल्पा – परिवर्तन यहीँबाट सुरु हुन्छ 🌿निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार तथा पुनर्स्थापना केन्द्र केवल एउ...
01/10/2025

🌿 निर्णय पाल्पा – परिवर्तन यहीँबाट सुरु हुन्छ 🌿

निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार तथा पुनर्स्थापना केन्द्र केवल एउटा संस्था मात्र होइन, यो एक अभियान हो।
हामी दुर्व्यसनसँग संघर्ष गरिरहेका व्यक्तिहरूसँग सधैं खडा हुन्छौँ।
हामी पुनर्स्थापना केन्द्र मात्र होइन, एक क्रान्ति हौँ – दुर्व्यसनमुक्त समाज निर्माण हाम्रो लक्ष्य हो।
अथक मेहनत, माया र इमानदारीका साथ प्रत्येक दिन नयाँ आशा बाँड्दै, नयाँ जीवनलाई मार्गदर्शन गर्दै अघि बढिरहेका छौँ।
हाम्रो प्रत्येक कदम – दुर्व्यसनमुक्त र स्वस्थ समाजतर्फ ✨
🌱 किनभने हामी विश्वास गर्छौं:
परिवर्तन केवल यहाँ होइन, परिवर्तन तिमीभित्रै सुरु हुन्छ।
यस शुभ बडा दशैँ र तिहारले सबैमा नयाँ उमंग, नयाँ आशा र दुर्व्यसनमुक्त जीवनको शक्ति प्रदान गरुन

📍 रामपुर–०६, तालपोखरा, पाल्पा
📞 ०७५–५९०३९० | 📲 ९८४८९४२३९९ / ९८१९१९१९७३
📧 [email protected]

घनिष्ठ एकता, नयाँ सुरुवात र उज्ज्वल भविष्यको कामना गर्दै,हाम्रो तर्फबाट सम्पूर्णलाई घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।...
22/09/2025

घनिष्ठ एकता, नयाँ सुरुवात र उज्ज्वल भविष्यको कामना गर्दै,
हाम्रो तर्फबाट सम्पूर्णलाई घटस्थापनाको हार्दिक मंगलमय शुभकामना। 🌱

Address

Tal Pokhara
Lumbini
RAMPUR06PALPA

Website

Alerts

Be the first to know and let us send you an email when निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र पाल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share