04/10/2026
नेपाल हस्तकला महासंघ, उद्योग परिषदको आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा महिला उद्यमीहरु १७ जना हस्तकला क्षेत्र र गैर हस्तकला विधा अन्तर्गतका उद्यमी, व्यवसायी र संस्थागत रुपमा नेतृत्वदायी भूमिकामा रहेका ५ जना गरि जम्मा २२ जना लाई सम्मान तथा अभिनन्दन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारका माननीय मुख्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा २०८३ असोज १६ गते भएको महिला उद्यमी सम्मान २०८३ कार्यक्रममा यस विन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री रत्नेश्वरी कुमारी गोर्खाली श्रेष्ठ-रत्न सिल्भर क्राफ्ट, सदस्यहरू श्री अन्जना ताम्राकार-क्रियटिभ बुमेन्स क्रिएशन, श्री रुक्मणी देबी श्रेष्ठ-रोचक ह्याण्ड निट क्राफ्ट, श्री दिब्यतारा तुलाधार-अन्नपूर्ण ह्याण्डिक्राफ्ट, श्री रामकली खड्का-वुमन स्किल डिभलमेन्ट अर्गनाईजेशन, श्री शान्ति बैद्य-समस्ती ह्याण्डीक्राफ्ट तथा श्री मिलु थापा-वुमन क्रियसन सेन्टर लगायत सम्पूर्ण सम्मान ग्रहण गर्ने २२ जनालाई हार्दिक बधाई तथा शुभकामना।