27/04/2026
काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती हटाइँदा सयौं परिवार विस्थापित भएका छन्। यस अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला र नवजात शिशुको सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्मानजनक बसोबास सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो।
हामीले सरकारसँग मानवीय, लैङ्गिक तथा बालमैत्री दृष्टिकोणबाट तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छौं।