24/06/2026
धादिङ इसाई समाजले उक्त घटनाको सम्बन्धमा गरेको पहल र प्रक्रियाप्रति हामी पूर्ण समर्थन व्यक्त गर्दछौं। धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा स्थापित गरिएको विश्वासको प्रतीक क्रूस ढालिएको घटना अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य छ।
यस्तो कार्य कुनै पनि धर्म, आस्था वा समुदायप्रति सम्मान राख्ने व्यक्ति वा समूहबाट हुन सक्दैन भन्ने हाम्रो विश्वास छ। घटनामा संलग्न जो कोही भए पनि उनीहरूलाई प्रचलित कानून बमोजिम निष्पक्ष छानबिन गरी आवश्यक कानुनी कारबाही गरिनुपर्छ।
साथै, यस घटनालाई धार्मिक द्वन्द्व वा साम्प्रदायिक तनावको विषय नबनाई, सबै धर्म र समुदायबीचको आपसी सम्मान, सद्भाव र धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउने अवसरको रूपमा लिन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं। शान्ति, न्याय र सामाजिक एकताको पक्षमा उभिएर सम्बन्धित निकायले सत्य तथ्य पत्ता लगाई उचित न्याय प्रदान गर्ने विश्वास व्यक्त गर्दछौं।
डिल्ली राम पौडेल
सह-अध्यक्ष, नेपाल ख्रीष्टियन समाज