12/05/2026
"Sports for Health"
Lets all get involved in the competition.
Please read the instructions in the post below, there are exciting prize money as well.
छोटो भिडियो प्रतियोगिताका लागि आवेदन खुला
स्वास्थ्यका लागि खेलकुद: नसर्ने रोगहरू रोकथामका लागि शारीरिक क्रियाकलाप
शारीरिक क्रियाकलाप मार्फत नसर्ने रोगहरूको रोकथाम सम्बन्धि जनचेतना जगाउन र शारीरिक क्रियाकलापलाई प्रोत्साहित गर्ने उद्धेश्यले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यस क्षेत्रमा काम गर्ने संघ संस्था संगको समन्वयमा युवाहरुलाई लक्षित गर्दै छोटो भिडिओ प्रतियोगिता आयोजना गरेकाले सो प्रतियोगितामा सहभागिताको लागि सबैलाई आमन्त्रण गर्दछ ।
यस छोटो भिडियो प्रतियोगिताको उद्धेष्य मधुमेह, उच्च रक्तचाप, मुटु रोग, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत नसर्ने रोगहरू (NCDs) रोकथामको लागि नियमित शारीरिक गतिविधिलाई प्रभावकारी उपायको रूपमा प्रवर्द्धन गरेर युवाहरूमा जागरूकता जगाउने र सकारात्मक व्यवहार परिवर्तनलाई प्रेरित गर्ने हो।
सहभागिताको लागि दिशानिर्देशन:
१. नेपाली वा अंग्रेजी भाषामा छोटो (१ देखि २ मिनेट सम्मको) भिडियो तयार गर्नुहोस्।
२. भिडियोले नसर्ने रोगहरू, नियमित व्यायाम र स्थानीयस्तरमा उपलब्ध खेलकुदहरूलाई जोडेर सकारात्मक जीवनशैली प्रवर्द्धन गर्नुपर्छ, जस्तै
• खेलकुद, व्यायाम वा सक्रिय जीवनशैलीमा केन्द्रित हुनुपर्छ
• स्वास्थ्य लाभ वा NCDs रोकथाममा स्पष्ट सन्देश देखाउने हुनुपर्छ
• मौलिक, रचनात्मक र आकर्षक हुनुपर्छ
३. भिडियोमा मादक पदार्थ र सूर्तिजन्य पदार्थ प्रयोगको कुनै पनी तस्बिर वा दृश्यहरु नदेखिने गरि बनाईएको हुनुपर्नेछ ।
४.भिडियोलाई आफ्नो व्यक्तिगत फेसबुक, ईन्स्टाग्राम वा टिकटक प्रोफाइलमा सार्वजनिक रूपमा पोष्ट गरि यी ह्यासट्यागहरू प्रयोग गर्नुपर्नेछ :
# MoveToPreventNCDs
•NHEICC (https://www.facebook.com/nheicc.nepal) को आधिकारिक फेसबुक पेजलाई अनिवार्य ट्याग गर्नुपर्नेछ
•अपडेटका लागि NHEICC पेज लाइक/फलो गर्नुपर्नेछ
•सहभागिताका लागि अनिवार्य गुगल फारम भर्नुपर्नेछ
https://forms.gle/puPRkJBqM87R3ZGa9
५. यो प्रतियोगिता सबै नेपाली नागरिकहरूका लागि खुला छ युवा र युवा वयस्कहरूलाई सहभागिताकालागि बिशेष आग्रह छ ।
६. विजेताको भिडियो NHEICC को आधिकारिक फेसबुक पेजमा प्रदर्शित गरिनेछ। उक्त भिडियो प्रतियोगितामा बिजेताहुने सहभागीहरुको लागि निम्नानुसार पुरस्कार राशीको साथै प्रमाण पत्रको ब्यवस्था गरिएको छ ।
पुरस्कारहरू:
पहिलो पुरस्कार: रु. ३५,०००
दोस्रो पुरस्कार: रु. २५,०००
तेस्रो पुरस्कार: रु. १५,०००
चौथो पुरस्कार: रु. १०,०००
पाँचौं पुरस्कार: रु. ५,०००
आवेदनको अन्तिम मिति: ५ जेष्ठ २०८३ (१९ मे २०२६)