29/07/2026
AI अब नेपाली पौडीसँग! 🏊♀️🤖
नेपाल पौडी संघ र Wavlytics.com बीच खेलाडीको प्रदर्शन विश्लेषण, अनुसन्धान तथा प्रविधिमैत्री खेल विकासका लागि AI App प्रयोग गर्ने सम्झौता सम्पन्न भएको छ।
पौडि खेलाडीको प्रशिक्षण दौरान प्रयोग गरिने उक्त App विशेष गरि २० औ एसियालि खेलकुदको तयारी प्रशिक्षण को लागि प्रयोगमा ल्याइएको हो । यो सम्झौता पस्चात सम्पूर्ण पौडि प्रशिक्षणमा सहभागि प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले प्रयोग गर्न सक्नुहुनेछ । एप सम्बन्धि थप जानकारी को लागि नेपाल पौडि संघको कार्यालय सातदोबाटो, ललितपुरमा सम्पर्क गर्न सक्नुहुनेछ ।