15/08/2026
२०८३ साउन ३० गतेका दिन नागरिक आवाज र द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रको संयुक्त आयोजनामा द्वन्द्व कालिन यौन हिंसाको चोटबाट बांचेका महिला दिदीबहिनीहरूद्वारा जारी गरिएको "घोषणा पत्र" समावेश गरिएको स्मृति स्तम्भ अनावरण कार्यक्रम शुक्लाफाँटा नगरपालिका वडा न-३, कन्चनपुरको वडा कार्यलयको परिसर भित्र सम्पन्न गरियो। यस कार्यक्रममा द्वन्द्व पीडित परिवारका सदस्यहरू, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, वडा अध्यक्ष, नगरपालिकाका प्रतिनिधी, स्थानिय समाजसेवी, संन्चारकर्मी, लगायतको सक्रिय सहभागिता रहेको थियो ॥