02/07/2025
इँटाभट्टादेखि एउटा सिजनमा करिब ६० हजारको मकै बिक्री गर्ने
नवज्योति नेपाल मुसहर आवास परियोजनामा बसिरहेका परिवारहरूले गरिरहेको प्रगति सुनाउन पाउँदा हाम्रो मन खुसीले नाचिरहन्छ। भर्खरै सबै परिवारले उत्पादन गरेको मकै बेचेर सबैले परिश्रमको मूल्य पाए। भैँसीहरू ब्याएका छन्, पोसिलो दुध खान र बिक्री गरेर आम्दानी बढिरहेको छ। कुखुराबाख्राको बिक्रीबाट पनि आर्थिक स्तर सुधारिँदैछ। इँटाभट्टामा काम गर्दा खान धौधौ पर्ने मात्रै होइन, कहिल्यै उम्किन नपाउने गरिबीको चक्र र शिक्षाको ज्योतिबाट टाढै रहेका यी परिवारमा शैक्षिक र जीविकोपार्जनका विभिन्न कार्यक्रमहरू निरन्तर गरिरहेका छौं र नमुना समुदायको रुपमा तयार पार्ने काम गरिरहेका छौं।
Earning around 60,000 rupees from corn sales in a single season after leaving the brick factory
Our hearts are filled with joy as we share the progress of the families living in the New Light Nepal Musahar Housing Project. Recently, all the families received the reward for their hard work by selling the corn they had cultivated. The buffaloes have given birth, providing nutritious milk for consumption and additional income through sales. The sales of chickens and goats are also improving their financial situation.
While working at the brick factory, these families not only struggled to meet their basic needs but were also trapped in a cycle of poverty, far from the light of education. We have been continuously implementing various educational and livelihood programs for them, and we are working to develop them into a model community.