Digital Broadcast Initiative Equal Access

Digital Broadcast Initiative Equal Access DBI EA projects are designed to reach the broadest possible audience in culturally appropriate and cost effective ways.

Well over 2 decades of experience in social behavior change communication, development media engagement, & storytelling. हामी आवाज नभएका र पछि पारिएकाहरूको कथा भन्नमा रूचि राख्छौं। Content production & research, media engagement, capacity development. The unique project methodology catalyzes local content production and distribution as a tool to extend the reach and impact of health, education and other development programs. This vigorous approach combines local content development with community-based outreach and interactive assessment to ensure that the communications services provided are truly needed and that communities are central stakeholders in the process. By using digital satellite technology, solar energy and other appropriate technologies, DBIEA has been able to reach areas with poor telephony, little or no electrical power and high rates of illiteracy.

We are proud partners of the European Union in Nepal and UN Women Nepal, along with the National institute for career de...
23/09/2026

We are proud partners of the European Union in Nepal and UN Women Nepal, along with the National institute for career development, to support efforts to make newsrooms and coverage more inclusive, just, and representative of marginalized communities.

We are thankful to all the fellow journalists, expert presenters, mentors, and speakers.

More details: https://gorkhapatraonline.com/news/223944

युरोपेली संघको सहयोगमा सञ्चालित ईडब्लुपिएन कार्यक्रमको समन्वयमा कर्णाली, मधेश र सुदूरपश्चिमका २० जना पत्रकारक....

15/09/2026

के विदेशमा बस्ने र विदेशबाट फर्केकाले साँच्चै नेपालको समुन्नतिमा योगदान दिन सक्छन् त? सक्छन् भने कसरी?

वैदेसिक रोजगारीमा रहनुभएका र फर्कने सोचमा रहनुभएका नेपालीहरू नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा कसरी सहभागी बन्न सक्नुहुन्छ त? 'आप्रवासन संवाद'को यो साताको अंकमा यस्तै विषयमा आफ्नो कुरा राख्न उपस्थित हुनुहुन्छ: पूर्व अर्थमन्त्री, नेपाल सरकारका पूर्व सचिव तथा आर्थिक मामिलाका विज्ञ व्यक्तित्व रामेश्वर खनाल।

निकै चुनौतिपूर्ण समयमा अर्थतन्त्रमा रहेका समस्यासँग जुध्न सफल आर्थविद् खनालले श्रम आप्रवासन, त्यसको आर्थिक तथा सामाजिक प्रभावका साथै श्रम आप्रवासनलाई देशको विकासको मूलधारसँग कसरी जोड्ने भन्नेजस्ता विषयमा दिपक समिरसँग कुराकानी गर्नुभएको छ।

नेपाल टेलिभिजनमा, बुधबार् साँझ ६ बजे। हेर्न नभुल्नुहोला।

IOM Nepal, Nepal Television, युवा, श्रम तथा रोजगार मन्त्रालय, Radio Nepal

14/09/2026

विदेश गएका नेपालीको बारेमा बहस हुँदा नछुट्ने एउटा वाक्य हो, गएकालाई फर्काउनुपर्छ र फर्केर केही गर्नुपर्छ।
तर फर्केर केही गर्ने, कसरी गर्ने, किन फर्किने, र कसरी फर्किने भन्ने अन्यौल भने सधैं झैं यथावत छ। फर्किने जोश र सपना बलियो छ, यात्रा सजिलो छैन। नीतिगत व्यवधान, प्रणालीगत समस्या र फर्किनैको पनि झमेला।
आप्रवासन संवादको यो अंकमा हामीसँग देश फर्केर केही गरेको अनुभव भएका दुईजना महानुभावहरू हुनुहुन्छ: गैर आवासीय नेपाली संगठनकी उपाध्यक्ष तथा बेलायतको स्थानीय काउन्सिलर रोजिना प्रधान राई र कोरियामा बर्षौं काम गरेको अनुभवलाई फर्केर अभियन्ता, व्यवसाय र राजनीतिमा लगाउन भ्याउनुभएकी विमला लामा। वहाँहरू दुवैजनाको यात्रा फरक भएपनि जोश समान छ, आफ्नो देश फर्केर केही गर्ने।
गाह्रोसाह्रो कस्तो छ त, वहाँहरूसँगको कुराकानी, दिपक समीरको साथमा। नेपाल टेलिभिजनमा, आज सोमबार साँझको ६ बजे।

IOM Nepal, युवा, श्रम तथा रोजगार मन्त्रालय, Nepal Television, Radio Nepal, Non-Resident Nepali Association - NRNA

08/09/2026

नेपालमा श्रम आप्रवासनको चर्चा हुनेबित्तिकै यसको आर्थिक र सामाजिक पाटोमा बहस हुन्छ, तर देशमा बारम्बार आउने प्राकृतिक विपत्ती, जलवायु परिवर्तनका कारण संकटमा पर्दै गएका बासस्थान र पेशासँगै वैदेसिक श्रमलाई प्रोत्साहन गर्ने संस्कृतिको चर्चा कमै हुन्छ।

भोटेकोसीमा आएको बाढीका कारण हजारौं परिवारको जीविका संकटमा परेसँगै यो प्रश्न पुन: बल्झिएको छ? नेपालबाट वैदेसिक रोजगारीमा जानका लागि जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद र समाजमा विदेश जानेलाई हेर्नेमा बदलिएको दृष्टिकोणको कस्तो भूमिका हुन्छ त?

'आप्रवासन संवाद' को सातौं भागमा यसै विषयमा कुरा गर्न प्रस्तोता दिपक समिरसँग हुनुहुनेछ: अर्थ जर्नालिज्म नेटवर्कका सम्पादक तथा वातावरण विषयका ज्ञाता रमेश भुषाल र त्रिभुवन विश्वविद्यालय अन्तरगत मानवशास्त्र विभागकी प्रमुख तथा प्राध्यापक गंगा केसी।

भोलि बुधबार् साँझ, ६ बजे। नेपाल टेलिभिजनमा। हेर्न नभुल्नुहोला।

With: IOM Nepal, युवा, श्रम तथा रोजगार मन्त्रालय, Nepal Television, Earth Journalism Network

07/09/2026

श्रम आप्रवासनको बहसमा सामान्यतया छुट्ने विषय विदेशमा हुने उच्च शिक्षा अध्ययनको पाटो हो।
नेपालबाट दिनहुँ विदेसिने भीड श्रम आप्रवासनको लागि मात्र हुँदैन, उल्लेख्य संख्यामा युवा तथा किशोर उमेरका नेपालीहरू उच्च शिक्षा अध्ययनको लागि पनि विभिन्न गन्तव्य देशमा पुग्दछन्।
केही पढाइ सकेर नेपाल फर्किने र आफूले सिकेको शिपलाई काममा लगाउने भएपनि अधिकांश नेपाली विद्यार्थीको दीर्घकालीन सोच भने श्रम आप्रवासन वा सम्बन्धित देशमा स्थायी बसोबास नै हुनेगरेको देखिन्छ। संचार माध्यममा आउने रिपोर्टहरूले उपत्यकाकै कतिपय अध्ययन संस्थामा विद्यार्थीको संख्या न्युन हुँदै गरेको यथार्थ देखाउने गरेका छन्।

यसै सन्दर्भमा नेपालबाट हुने उच्च शिक्षा आप्रवासनलाई कसरी थप व्यवस्थित, मर्यादित र नियमित बनाउन सकिएला त?

'आप्रवासन संवाद'को आज साँझ ६ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने अंकमा सोमबार हामीसँग हुनुहुन्छ, काठमाडौं विश्वविद्यालयकी सह-प्राध्यापक, डा. रोशी लामिछाने र अमेरिकास्थिर वेस्टर्न मिसिगन विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र लावती। संचालक दिपक समिरका साथमा। हेर्न नभुल्नुहोला।

With: IOM Nepal, Nepal Television, युवा, श्रम तथा रोजगार मन्त्रालय, Kathmandu University School of Management(KUSOM), Western Michigan University

24/08/2026

वर्षेनी हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरू श्रम आप्रवासन र अध्ययनको लागि विश्वका विभिन्न कुनामा पुग्नुहुन्छ। यो विषयमा निरन्तर लेखिंदै, बोलिंदै, पढिंदै आएको भएपनि सोच्नुपर्ने एक विषय हो: त्यो यात्रा कत्तिको सहज छ त?

श्रम वा अध्ययन आप्रवासन कुनै पनि व्यक्ति र वहाँको परिवारका लागि एक महत्वपूर्ण निर्णय हो, त्यो निर्णय सुसूचित र सावधानीपूर्वक लिइएन भने आफू र आफ्नाको जीवनमा नसोचेको समस्या आउन सक्छन्।

IOM Nepal को सहयोग र युवा, रोजगार तथा श्रम मन्त्रालयसँगको समन्वयमा हामीले निर्माण गरेको टिभी शृङ्खला 'आप्रवासन सम्वाद'को दोश्रो भागमा श्रम आप्रवासन यात्रालाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा कुरा गर्न नेपाल टेलिभिजनका दीपक समीरको साथमा हुनुहुन्छ: वैदेसिक रोजगार विभागका महानिर्देशक मीरा आचार्य र वरीष्ठ पत्रकार तथा लेखक देवेन्द्र भट्टराई।

आज सोमबार साँझ ७ बजे, नेपाल टेलिभिजनमा। अवश्य हेर्नुहोला।

Nepal Television, युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक राेजगार बोर्डको सचिवालय

21/08/2026

वर्षेनी हजारौं नेपाली दाजुभाई दिदीबहिनीहरू श्रम आप्रवासन र अध्ययनको लागि विश्वका विभिन्न कुनामा पुग्नुहुन्छ। यो विषयमा निरन्तर लेखिंदै, बोलिंदै, पढिंदै आएको भएपनि सोच्नुपर्ने एक विषय हो: त्यो यात्रा कत्तिको सहज छ त?

श्रम वा अध्ययन आप्रवासन कुनै पनि व्यक्ति र वहाँको परिवारका लागि एक महत्वपूर्ण निर्णय हो, त्यो निर्णय सुसूचित र सावधानीपूर्वक लिइएन भने आफू र आफ्नाको जीवनमा नसोचेको समस्या आउन सक्छन्।

IOM Nepal को सहयोग र युवा, रोजगार तथा श्रम मन्त्रालयसँगको समन्वयमा हामीले निर्माण गरेको टिभी शृङ्खला 'आप्रवासन सम्वाद'को दोश्रो भागमा श्रम आप्रवासन यात्रालाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा कुरा गर्न नेपाल टेलिभिजनका दीपक समीरको साथमा हुनुहुन्छ: वैदेसिक रोजगार विभागका महानिर्देशक मीरा आचार्य र वरीष्ठ पत्रकार तथा लेखक देवेन्द्र भट्टराई।

सोमबार साँझ ७ बजे, नेपाल टेलिभिजनमा। अवश्य हेर्नुहोला।

युवा, श्रम तथा रोजगार मन्त्रालय, Nepal Television, वैदेशिक राेजगार बोर्डको सचिवालय

19/08/2026

श्रम आप्रवासनलाई थप मर्यादित, व्यवस्थित र नियमित बनाउन के गर्नुपर्ला?
वैदेसिक रोजगारीमा गइसक्नुभएका र जान तयार व्यक्तिहरूका लागि उपयोगी कार्यक्रम 'आप्रवासन संवाद' नेपाल टेलिभिजनबाट बुधबार् र आइतबार् साँझको ७ बजे र रेडियो नेपालबाट बुधबार्, शुक्रबार् र सोमबार् साँझको ८:३० बजे प्रसारण हुँदैछ।
कार्यक्रम अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम नेपाल)को सहयोग र युवा, श्रम तथा रोजगार मन्त्रालयसँगको समन्वयमा डिजिटल ब्रोडकास्ट इनिसियटिभ इक्वेल एक्सेसले तयार पारेको हो।
तपाईं हामी मिलेर लाखौं नेपालीको जीवनसँग प्रत्यक्ष जोडिने यो विषयमा सचेत त हुनैपर्छ, कि कसो?
IOM Nepal, Nepal Television, Radio Nepal, युवा, श्रम तथा रोजगार मन्त्रालय, Digital Broadcast Initiative Equal Access

Anita Bhetwal reports for Nepali Times on how women artists paint Kathmandu red with vibrant murals as expressions of co...
06/05/2026

Anita Bhetwal reports for Nepali Times on how women artists paint Kathmandu red with vibrant murals as expressions of collective identity and solidarity.

'Murals are nothing new in Nepal. Refugee monks fleeing persecution in the Pala Empire in the 11th century brought the traditional Buddhist art form to Kathmandu. The technique peaked during the Malla period, considered the ‘golden age’ of Nepali art.

But compared to woodcarving, sculpture, and traditional architecture, the contribution of mural art in preserving local history and tradition has been overlooked. Murals are not just a creative outlet, but a documentation of our past and present, and how we want our future to be.'

Full story in comments:

European Union in Nepal, UN Women Nepal, United Nations Nepal, National institute for career development

Address

Jhamsikhel
Lalitpur
00977

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30

Telephone

+97715422084

Alerts

Be the first to know and let us send you an email when Digital Broadcast Initiative Equal Access posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Digital Broadcast Initiative Equal Access:

Shortcuts

Share