06/08/2026
फ्यान फुटसल च्याम्पियनसिप–२०८३ भव्य रूपमा सम्पन्न:
फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) द्वारा आफ्ना सदस्य पुष्प व्यवसायीहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य, खेल भावना तथा स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको "फ्यान फुटसल च्याम्पियनसिप–२०८३" वि.सं. २०८३ साल साउन २० गते ललितपुरको टर्फ पार्क, ढोलाहिटी मा अत्यन्त उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । फ्यानका उपाध्यक्ष श्री सुमन महर्जन को संयोजकत्वमा गठित आयोजक समितिले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन कुशलतापूर्वक सम्पन्न गरेको थियो। प्रतियोगितामा नर्सरी, कट फ्लावर ग्रोवर तथा कट फ्लावर रिटेलर क्षेत्रका गरी १२ टोलीका ८२ जना पुष्प व्यवसायी खेलाडीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ फ्यान कार्यसमितिका पदाधिकारी तथा एफसिएलका पदाधिकारीहरूबीच मैत्रीपूर्ण खेलबाट गरिएको थियो। दिनभर सञ्चालन भएको प्रतियोगितामा जम्मा २० वटा प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका थिए। खेलभर सहभागी टोलीहरूले अनुशासित, प्रतिस्पर्धात्मक र खेलभावनायुक्त प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको भरपुर मनोरञ्जन प्रदान गरेका थिए। सहभागी पुष्प व्यवसायी तथा दर्शकहरूको उल्लेखनीय उपस्थितिले सम्पूर्ण कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
प्रतिस्पर्धात्मक फाइनल खेलमा नवसेवा नर्सरी समूहले स्कारलेट नर्सरी समूहलाई ४–१ गोल अन्तरले पराजित गर्दै "फ्यान फुटसल च्याम्पियनसिप–२०८३" को उपाधि जित्न सफल भयो। त्यसैगरी स्कारलेट नर्सरी समूह प्रथम उपविजेता तथा राज खड्का समूह द्वितीय उपविजेता बन्न सफल भएका छन् ।
प्रतियोगिताको नतिजा:
🥇 विजेता: नवसेवा नर्सरी समूह
🥈 प्रथम उपविजेता: स्कारलेट नर्सरी समूह
🥉 द्वितीय उपविजेता: राज खड्का समूह
विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस प्रतियोगिताको सफल आयोजनाका लागि प्रायोजक संस्थाको रुपमा रहि आर्थिक सहयोग प्रदान गर्नुहुने न्यू सन फलावर नर्सरी, क्रप प्रो–टेक नेपाल, सिस्टता नर्सरी, यस आर नर्सरी प्रा.ली., आइरिस फ्लावर सप, फ्लावर जोन र घिमिरे नर्सरी लाई हार्दिक आभार प्रकट गदछौं । साथै व्यवसायीहरू, आयोजक समिति, रेफ्री, स्वयंसेवक, सहभागी टोली, खेलाडी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
फ्यानले यस्ता खेलकुद तथा सामाजिक कार्यक्रमहरू मार्फत पुष्प व्यवसायीहरूबीचको एकता, आपसी सम्बन्ध र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने छ।