28/02/2026
फागुन २१ गते हुने निर्वाचनमा तपाईँले तलका कुनै एक सक्कल कागजात लिएर मतदान गर्न सक्नुहुन्छ।
मान्य कागजातहरू
• नागरिकता प्रमाणपत्र
• जग्गाधनी प्रमाण पुर्जा
• राहदानी
• राष्ट्रिय परिचयपत्र
• सवारी चालक अनुमतिपत्र
• मतदाता परिचयपत्र
मतदान केन्द्रमा यीमध्ये कुनै एक सक्कल कागजात साथमा लिएर जानुहोस्।
आफ्नो अमूल्य मत सही र योग्य उम्मेदवारलाई दिनुहोस्।
सचेत निर्णय गरौं। बलियो भविष्य निर्माण गरौं।