15/08/2026
“गणतन्त्रका लागि सबैभन्दा लामो समयदेखि लडेको र
बलिदान गरेको शक्ति भएको नाताले पनि
यो गणतन्त्रलाई जनमुखी र मानवीय बनाउन
दलितहरू नै लड्नुपर्ने ऐतिहासिक आवश्यकता छ ।”
–सुभाष दर्नाल
लोकतान्त्रिक गणतन्त्रको आन्दोलनले ऐतिहासिक मोड लिएको बेला सडकमा उठेका दलितलगायत समग्र उत्पीडितजनका आवाज र मुद्दालाई प्राज्ञिक एवं नीतिगत स्तरमा हस्तक्षेप गर्न सामाजिक न्यायका अभियन्ता सुभाष दर्नालले गरेका संस्थागत प्रयास, प्रतिबद्धता र सपनालाई सघन र व्यापक बनाउँदै हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौँ ।
उहाँको जीवन, कर्म र सपनाबारे थप बुझ्नका लागिः
https://www.youtube.com/watch?v=VZSgVskq9wI