Samata Foundation

Samata Foundation Samata Foundation was officially registered under the Company Act, 2063 BS as a profit-not-sharing organization in 2009.

Samata Foundation is a leading independent think-tank with specialization in the area of caste-based discrimination and marginalized issues of Nepal and South Asia. It engages in research both empirical and policy, and informed-advocacy for the rights of marginalized people, especially Dalit social groups, both from Hill and Madhes. It firmly believes that real change can only be brought by producing critical youth mass of Dalit and non-Dalit, disseminating knowledge, encouraging civic participation and preparing individuals from Dalit social groups to become leaders of the next generation. In this manner, it has been engaging in different thematic areas such as: Democracy and Good governance; Dalit Human Rights; Social Inclusion; Land, Livelihoods and Food Rights; and Culture, Education and Media. Samata Foundation is emerging as an independent think-tank specializing in the area of caste related issues concerning Dalit community of Nepal. Samata Foundation believes, it has a crucial role of generating concrete and scientific information to bring positive changes in the society, helping to develop appropriate policies and suitably amend when deemed necessary. Samata Foundation envisions creating caste-based discrimination and untouchability free society in days to come. With the financial support from various funding partners, Samata Foundation has been conducting various programs on Dalit and social exclusion issues through research, informed-advocacy, capacity building of Dalit youths, high level policy dialogues and discussions, and Samata Foundation resource center to achieve its intended objectives. In this regard, researchers from Dalit social group have been involving in various activities mainly conduction of studies, compilation and analysis of Dalit related data , translation of documents related to Dalit issues both in Nepali and English language, providing necessary supports to Parliamentarians/Lawmakers with factual information, publications, review of existing government policies and laws on Dalit issues.

Masta Chetana Child Club, Mugu (Karnali), has successfully organized a dialogue on Sexual and Reproductive Health Educat...
24/07/2026

Masta Chetana Child Club, Mugu (Karnali), has successfully organized a dialogue on Sexual and Reproductive Health Education, including intergenerational learning and sharing to promote positive behaviour change in the community at their school - Shree Masta Basic School, Tharpa, Mugu.

Through the discourse, Child club continued raising awareness about child marriage, sexual and reproductive health rights (SRHR), and dignified menstruation. The event brought together adolescents, parents and teachers who shared their intergenerational insights and knowledge.

The child clubs of Karnali Province are actively leading community awareness campaigns through various activities.

कार्यक्रमको अध्यक्षता गरेका समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले राष्ट्रिय दलित आयोगले चार वर्षअघि नै अद्यावधिक सूची स...
13/07/2026

कार्यक्रमको अध्यक्षता गरेका समता फाउण्डेसनका अध्यक्ष पदम सुन्दासले राष्ट्रिय दलित आयोगले चार वर्षअघि नै अद्यावधिक सूची सरकारलाई बुझाइसकेको भए पनि फाइल सिंहदरबारमै रोकिएको बताए । गैर दलित समुदायसँग मिल्ने थरका कारण सरकारले केही थर हटाएको आरोप लगाउँदै उनले दलित समुदायले नयाँ थर होइन, आफ्नै ऐतिहासिक थरको मान्यता मागिरहेको स्पष्ट पारे ।
https://samatapress.com/news/1307235467

आज २०८३ असार २८ गते - २००३ सालदेखि दलित आन्दोलनको एक माग दलित समुदायको थर सूचीकरण गर्ने सम्बन्धमा विगत लामो समयदेखि राष्...
12/07/2026

आज २०८३ असार २८ गते - २००३ सालदेखि दलित आन्दोलनको एक माग दलित समुदायको थर सूचीकरण गर्ने सम्बन्धमा विगत लामो समयदेखि राष्ट्रिय दलित आयोगले अध्ययन अनुसन्धानगरि नेपाल सरकार समक्ष पेश गरेको अवगत नै छ । नेपाल सरकारले उक्त दलित समुदायको अद्यावधिक थर सूचीलाई अन्तिम रुप दिनुपूर्व सरोकारवालासँग छलफल गर्ने तय भए बमोजिम आज प्रतिनिधिसभाका माननीय सदस्यहरु, राष्ट्रियसभाका माननीय सदस्यहरु, पूर्व सांसद, संविधानसभा सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, कानून व्यवसायी र पत्रकारहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासको अध्यक्षमा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका सचेतक मा. प्रकाश चन्द्र परियारले आजको कार्यक्रमको महत्व र औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु मा. खगेन्द्र सुनार, गणेश विश्वकर्मा, राष्ट्रियसभा सदस्यहरु मा. तुलप्रसाद विश्वकर्मा, भुवन सुनार, विष्णुबहादुर विश्वकर्मा तथा नागरिक समाजका अगुवाहरु तथा सरोकारवालाहरुले राष्ट्रिय दलित आयोगले पेश गरेको दलित थर सूचीकरणलाई पनि तोडमोड गरेको हुदा आयोगले प्रस्तुत गरेको सूचीकरणलाइ नै सुचिकृत गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

समता फाउण्डेशनले कर्णाली प्रदेशमा स्थापना गरेको बाल क्लबहरुले पछिल्लो समयमा आफ्नो क्षेत्रमा सक्रिय रुपमा बालविवाह र महिन...
06/07/2026

समता फाउण्डेशनले कर्णाली प्रदेशमा स्थापना गरेको बाल क्लबहरुले पछिल्लो समयमा आफ्नो क्षेत्रमा सक्रिय रुपमा बालविवाह र महिनावारी विभेद विरुद्धमा कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।

कर्णाली प्रदेशको दश जिल्लाहरुमा गठन भएका बाल क्लबहरुमा कक्षा ८ देखि १२ सम्मका जम्मा २१० जना सक्रिय किशोरीहरु सदस्य छन् । भर्खरै, उनीहरुले आफ्नो विद्यालयमा बालविवाह र महिनावारी विभेद विरुद्धमा वक्तित्वकला कार्यक्रम, अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया, विभिन्न जनचेतनामूलक कार्यक्रम र पुनः प्रयोगमा ल्याउन सकिने महिनावारी प्याड पनि वितरण गरेका छन् ।

समता फाउण्डेशनबाट गठन भएका बालक्लवहरुः
१. शारादा चेतना बाल क्लब, सल्यान ।
२. बेलासपुर चेतना बाल क्लब, दैलेख ।
३. चन्दननाथ चेतना बाल क्लब, जुम्ला ।
४. मष्टा चेतना बाल क्लब, मुगु ।
५. भेरी चेतना बाल क्लब, जाजरकोट ।
६. कैलाश चेतना बाल क्लब, हुम्ला ।
७. जनजागृति चेतना बाल क्लब, हुम्ला ।
८. चेतना प्रेरण बाल क्लब, सुर्खेत ।
९. शितल चेतना बाल क्लब, रुकुम पश्चिम ।
१०. डोल्पा चेतना बाल क्लब, डोल्पा ।

साथै, बाल क्लबले पछिल्लो समयमा बालविवाहलाई शून्य सहनशीलताका साथ अगाडी बढाउदै आफ्नो क्षेत्रमा हुन गईरहेको दुईवटा बालविवाहहरुलाई रोक्न सफल भएका छन् । समाज रुपान्तरणका लागि बाल क्लबहरुको यो उर्जावान कदम एकदमै प्रंशसनिय छ ।

२०८३ जेठ १९ देखि २३, सुर्खेत - बालक्लव र दलित मानव अधिकार रक्षकहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।समता फाउण्डेशनल...
09/06/2026

२०८३ जेठ १९ देखि २३, सुर्खेत - बालक्लव र दलित मानव अधिकार रक्षकहरुको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ ।

समता फाउण्डेशनले कर्णाली प्रदेशका किशोरीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा बालबिवाह अन्त्य सन्दर्भमा १० वटा विद्यालयहरुमा बालक्लवको स्थापना गरि बालक्लब द्धारा नै विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ । यसले विद्यार्थीहरुमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको दायरालाई फराकिलो र सुव्यवस्थित तथा बालबिवाह अन्त्य गर्ने परिकल्पना गरेको छ । यो ५ दिने समिक्षा बसाईमा विभिन्न समूहकार्य मार्फत पछिल्लो छ महिनाको क्रियाकलापहरुको आवश्यक छलफल र आगामी कार्ययोजनाका बारेमा विस्तृत मार्ग निर्देशन भएको छ ।

बालबिवाह र महिनावारी बिभेद बिरुद्धमा कर्णालीका किशोरीहरु ।

आज जेठ २१ गते, बिहिबार - जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को सन्दर्भमा समता फाउण्डेशनले "दलित मानव अ...
04/06/2026

आज जेठ २१ गते, बिहिबार - जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस २०८३ को सन्दर्भमा समता फाउण्डेशनले "दलित मानव अधिकार पुस्तक २०८२" काठमाण्डौं र कर्णालीको सुर्खेतमा एकैसाथ सार्वजनिक गरेको छ ।

काठमाण्डौंको कार्यक्रम राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय सभा र प्रतिनिधिसभाका माननीयज्यूहरुको उपस्थितिमा भएको थियो । सुर्खेतमा कर्णाली प्रदेशसभा सदस्य माननीय रनसिंह परियारज्यूको प्रमुख आथित्यतामा भएको छ । जसमा वीरेन्द्रनगर न.पा. का कार्यपालिका सदस्य, कर्णाली प्रदेशका दलित मानव अधिकार रक्षक, बालक्लवका प्रतिनिधिहरु र पत्राकार सहभागी थिए ।
पुस्तकमा यस वर्षको जातका आधारमा भएका हिंसा र विभेदका घटनाहरुलाई समावेश गरिएको छ । २०८२ वर्षभरिमा जातका आधारमा विभेद तथा छुवाछूतका घटनाहरु ४९ वटा र जातको जरिया नखुलेका दलित मानव अधिकार हननका अन्य घटनाहरु १४ वटा गरि जम्मा ६३ वटा प्रतिनिधिमूलक घटनाहरु समेटिएको छ ।

साथै, बढ्दो कृत्रिम बुद्धिमता (एआई) र दलित मानव अधिकारको सवाललाई पनि उठाईएको छ ।

नेपालमा बालिकाहरूले ६ देखि ९ वर्षको उमेरमै महिनावारीसम्बन्धी भेदभावका अभ्यासहरू परिवार र समाजबाट सिक्छन् । यो उमेरमा नै ...
30/04/2026

नेपालमा बालिकाहरूले ६ देखि ९ वर्षको उमेरमै महिनावारीसम्बन्धी भेदभावका अभ्यासहरू परिवार र समाजबाट सिक्छन् । यो उमेरमा नै छोरीहरूलाई ‘अशुद्ध’ तथा ‘अछुत’ ठानिने, छुन नहुने वा खाना नचलाउने जस्ता नियमहरू सिकाउने गरिन्छ, जसले लैङ्गिक विभेदको आधार तयार पार्छ ।

सुदिक्षा परियारले यो लेख ‘द स्टोरी किचेन’ ले प्रदान गरेको ‘सन्धान फेलोसिप २०२५’ कार्यक्रम अन्तर्गत तयार गर्नुभएको हो र हाल समता फाउण्डेशनमा कार्यरत हुनुहुन्छ ।

पुरा पढ्नुहोस्ः https://sandhaann.com/archives/7559?fbclid=IwY2xjawRgEnxleHRuA2FlbQIxMABicmlkETFhOWVJZ05hOUtQWHRKRHZwc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHqu_fdfWisNSx6OFbGAa_coKJBOBPputbeQI-tN6DrEU-8ZR5wAMCa1gJzbD_aem_TThRIaFigpt2vIY0pdOh9w

– सुदिक्षा परियार महिनावारी महिला तथा किशोरीहरूमा हुने प्राकृतिक र जैविक प्रक्रिया हो । यो प्राकृतिक र जैविक प्र...

समता फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्ति ।
24/04/2026

समता फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्ति ।

समता फाउण्डेशनले दलित सांसद मञ्चको सहकार्यमा २०८२ चैत्र १४ गतेका दिन दलित समुदायबाट संघीय संसद्मा निर्वाचित हुन सफल हुनु...
30/03/2026

समता फाउण्डेशनले दलित सांसद मञ्चको सहकार्यमा २०८२ चैत्र १४ गतेका दिन दलित समुदायबाट संघीय संसद्मा निर्वाचित हुन सफल हुनु भएका सांसदज्यूहरू एवम् पूर्व मन्त्री डा. मदन प्रसाद परियारज्यूलाई सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा उपस्थित भई सम्मान ग्रहण गरिदिनु भएकोमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका नवनिवाचित सांसदज्यूहरूलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना व्यक्ति गर्दछौं । साथै, पूर्व मन्त्रीज्यूप्रति आभारी छौं ।
समता फाउण्डेशन परिवार ।

समता फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्ति ।
13/03/2026

समता फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्ति ।

Address

Sanepa
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715905716

Alerts

Be the first to know and let us send you an email when Samata Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Samata Foundation:

Shortcuts

Share