Nepal Cycle Society

Nepal Cycle Society An organization promoting cycling as a sustainable transport through Advocacy for policy, cycling culture & infrastructure development
(1)

17/05/2026
Meeting held for the coming World Bicycle Day 2026,in June 3rd event decision on this  morning. Nepal Cycle Society has ...
16/05/2026

Meeting held for the coming World Bicycle Day 2026,
in June 3rd event decision on this morning. Nepal Cycle Society has invited different cycle organisations, clubs for event discussions and decisions. Especially Pangami Riders, Nepal Women Cycle Society, F&F Cycle Puchah, WCCN , CCNN has provided thier commitments for the event and issues.

https://www.facebook.com/share/1BgK8cTCsT/
15/05/2026

https://www.facebook.com/share/1BgK8cTCsT/

Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to th...

The call was made during an interaction program titled “Citizen Call: Clean Air, Cycle-Friendly and Pedestrian-Friendly ...
11/05/2026

The call was made during an interaction program titled “Citizen Call: Clean Air, Cycle-Friendly and Pedestrian-Friendly Kathmandu Valley", organized by Nepal Cycle Society (NCS) and co-organized by Nepal Women Cycle Society, Pangami Riders Club and Cycle Culture Community at the Nepal Tourism Board in Bhrikutimandap on Saturday.

Lawmakers and activists push for cycle-friendly urban policies

काठमाडौँ उपत्यकाको वायु प्रदूषण र ट्राफिक जामको समाधानका लागि साइकलमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।वि...
11/05/2026

काठमाडौँ उपत्यकाको वायु प्रदूषण र ट्राफिक जामको समाधानका लागि साइकलमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
विभिन्न सांसदहरूले साइकल संस्कृतिलाई प्रवद्र्धन गर्दै साइकल लेन विस्तार र नीतिगत सुधारको आवश्यकता औंल्याएका छन्।
साइकललाई भरपर्दो यातायातको साधनका रूपमा स्थापित गर्न बजेटमा ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरिएको छ।

स्वच्छ वायु र साइकलमैत्री शहरका लागि सांसदहरूको प्रतिबद्धता

11/05/2026

Welcome! You are invited to join a meeting: CCA Webinar #18 : Providing Housing for Cars Vs People. After registering, you will receive a confirmation email about joining the meeting.

धन्यवाद सेतोपाटी
10/05/2026

धन्यवाद सेतोपाटी

ट्राफिक जाम, वायु प्रदूषण र अस्वस्थ जीवनशैली जस्ता सहरी समस्याको दीर्घकालीन समाधानका लागि छोटो दूरीका दैनिक यात....

प्रेस विज्ञप्ति "नागरिक आव्हान: साईकलमैत्री शहर निर्माणका लागि राजनीतिक प्रतिबद्धता"कुनैपनि शहरलाई व्यवस्थित र राम्रो बन...
10/05/2026

प्रेस विज्ञप्ति
"नागरिक आव्हान: साईकलमैत्री शहर निर्माणका लागि राजनीतिक प्रतिबद्धता"

कुनैपनि शहरलाई व्यवस्थित र राम्रो बनाउन शहरका विभिन्न आयामलाई व्यवस्थापन गर्दै धेरै समस्याहरु पनि समाधान गर्नु पर्ने हुन्छ | विकाशील शहरहरुमा देखिने समस्याहरुमा ट्राफिक जाम, सवारी दुर्घटना लगायत सवारी उत्सर्जनले निम्त्याउने वायु प्रदुषण र त्यसले हुने स्वास्थ समस्याहरु छन् भने निष्क्रिय जीवनशैली पनि एक हो | हाम्रो देशका शहरहरुमा यी समस्याहरु त छन् नै अझ सवारी साधनमा प्रयोग हुने १००% इन्धन विदेशबाट आयात गर्नु परेकोले राज्यले ठुलो ब्यापार घाटा पनि व्यहोरिरहनु परेको छ |

यी समस्याहरुलाई छुट्टा-छुटै समाधान खोजिरहँदा कहिलेकाहीं समस्या झन् बल्झिन सक्छ | उदाहरणको लागि ट्राफिक जाम; जुन हरेक शहरको एक प्रमुख समस्या हो जसले राज्यलाई हरेक वर्ष अर्बौंको क्ष्यति पुर्याइरहेको हुन्छ | शहरी क्षेत्र भित्र ट्राफिक जाम घटाउन फ्लाईओभर निर्माणका साथै सडक बिस्तार गरि गाडी गुड्ने द्रुत मार्ग थप्दा केहि हद सम्म जाम त घट्छ | तर, दिर्घकालिन अवस्था हेर्ने हो भने राज्यले गाडी प्रयोगकर्तालाई गरेको लगानी र सुबिधाबाट आकर्षित भएर गाडी प्रयोगकर्ताहरु अझ बढ्छन | जसकारण गाडीको संख्या बढ्दा सोहि सडकको चौडाई, बढेको गाडी गुड्न अपुग हुन जान्छ र घुमिफिरी फेरी ट्राफिक जाम हुन थाल्छ | यस दौरानमा सडक विस्तारका कारण कति नागरिकहरु विस्थापित पनि हुने गर्दछन् भने कतिले उच्च गतिका कारण सवारी दुर्घटनामा ज्यान समेत गुमाउने गर्दछन् | विश्वभर (विशेषगरी युरोपेली मुलुकहरूमा) शहरी बिकासको अवधारनामा पुनर्विचार हुँदै “१५-मिनेट शहर”, “गाडी निषेधित सडक सहितको सुपरब्लक” जस्ता मानव-केन्द्रित Spatial Model हरु अईसक्दा पनि हाम्रो देशमा भने अझै पनि मोटर गाडी गुड्ने चिल्लो सडकलाई नै बिकासको सुचक मान्नु दुःखको कुरा हो |

यसैगरी वायु प्रदुषण पनि अर्को ठुलो समस्या हो । सुख्खा याममा बन धढेलोका कारण एकासी बल्झिने काठमाडौँ उपत्यकाको वायु प्रदुषणको प्रमुख कारण भने वर्ष भरि हुने सवारी उत्सर्जन नै हो । यसको प्रत्यक्ष प्रभाव शहरवासीहरुका स्वास्थमा पर्दछ । वायुप्रदुषणका कारण बच्चा र बृद्दबृद्दाहरुमा दम, खोकी, न्युमोनिया जस्ता श्वासप्रश्वासका रोगहरू र मुटुका रोगहरू बढेको छ भने युवाहरुमा पनि हृदयघात र मष्तिस्क घात बढेको देखिन्छ । वायु प्रदुषण न्यूनीकरण गर्दै इन्धन आयातमा पनि कमी ल्याउने विद्युतिय सवारीले दुर्घटना र ट्राफिक जामलाई भने सुधार गर्दैन, बरु उल्टै बढाउँछ | यसरी हेर्दा विद्युतिय सवारी छोटो दुरीको दैनिक यात्रामा भन्दा पनि लामो दुरीको यात्रामा बढी उपयोगी हुने देखिन्छ |

यी शहरी समस्याहरुको एउटै दिगो समाधान - “छोटो दुरीको दैनिक यात्रामा साईकलको प्रयोग बढाउने” हुन सक्छ, जसमा राज्यको ध्यान गएको छैन | साईकलको राष्ट्रिय नीति, ऐन र पुर्वाधारहरु निर्माण गरी साईकल यात्रालाई सुरक्षित र सम्मानित बनाउने हो भने मोटर-बाईक र गाडी प्रयोगकर्ताहरुले पनि साईकलको प्रयोग गर्न थाल्नेछन् । यो सम्पूर्ण प्रक्रियालाई “यात्रुको व्यवहार परिवर्तन गर्ने” अथवा “मोडल सिफ्ट गर्ने" भन्न सकिन्छ | कम लगानीमा हुने यो शहरी विकासको अवधारणा, वास्तवमा, माथि उल्लेखित शहरी समस्याहरुको सबैभन्दा किफाईती समाधान साबित हुन सक्छ | यसका धेरै फाईदाहरु छन्, जस्तै : ट्राफिक जाम र दुर्घटना न्यूनीकरण गर्दै शहरी यातायात व्यवस्थापन हुने, वायु प्रदुषण न्यूनीकरण, शारीरिक सक्रियता सहित व्यक्तिको स्वास्थमा सुधारका साथै मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, डिप्रेशन जस्ता रोग प्रतिरोधी क्षमतामा वृद्धि, इन्धन खपतमा कमी हुंदै, आयात न्यूनीकरण भई आर्थिक लाभ हुने, आदि | त्यति मात्र नभएर हाल काठमाडौँ उपत्यकामा साना-साना संस्थाहरुको पहलमा भएको महिला साईकल प्रशिक्षणले गर्दा महिला साईकल यात्रुहरुको उल्लेखनिय वृद्धि भएको छ | यसकारण महिलाहरूको पुरुष प्रति पर-निर्भरता घटेर महिला सशक्तिकरणमा समेत साईकलले ठुलो योगदान पुर्याएको छ | यसरी साईकलको ब्यापक प्रयोगले शहरको विभिन्न क्षेत्रमा सकारात्मक भूमिका खेलेर देशकै अर्थतन्त्रमा ठुलो टेवा पुर्याउनेछ |

तसर्थ, साइकलको बहुआयामिक उपयोगितालाई कदर गरी साईकललाई जन-जनको जीवनमा दैनिक प्रयोगमा ल्याउन सर्वप्रथम साईकलको राष्ट्रिय भिजन (उदाहरणको लागि National Bicycle Vision 2030) बनाउन जरुरी छ | उक्त भिजन हासिल गर्न नीति तथा कार्यक्रमहरू जस्तै: राष्ट्रिय साईकल ऐन, साईकल संस्कृति प्रवर्धनका कार्यक्रम, साईकल पूर्वाधार मापदण्ड तथा निर्देशिका बनाउने लगायत प्रत्येक शहरहरुमा साईकल पुर्वाधारहरु निर्माण गरी साईकलमैत्री शहर बनाउन आवश्यक छ |

बैशाख २६ गते, शनिबार, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा नेपाल साईकल सोसाईटीको आयोजना र नेपाल महिला साइकल सोसाइटी , साईकल कल्चर कम्युनिटी र पाँगामी‌ राइडर्सको सह आयोजनामा र बिभिन्न साइकल सँस्थाहरुको सहयोगमा
“नागरिक आह्वान : स्वच्छ वायु, साइकलमैत्री तथा पैदलमैत्री काठमाडौं उपत्यका '
विषयमा संघीय साँसदहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | साईकल अभियानता रत्न राम श्रेष्ठ तथा शहरी योजनाकार रिजा जोशीले संचालन गर्नु भएको उक्त कार्यक्रममा डा. पबन सर्माले स्वास्थ सम्बन्धि र नेपाल साईकल सोसाइटीका सचिव शहरी योजनाकार राकेश महर्जनले साईकल यात्राको हालको अवस्था र आवश्यकता सम्बन्धि प्रस्तुति राख्नु भयो भने , श्रीमती ज्ञान शोभा महर्जनले साईकल चलाउनका लागि आफुले गरेको संघर्ष र नेपाल साइकल सोसाइटीका उपाध्यक्ष यातायात इन्जिनियर सागर वन्तले साईकल ऐन, पूर्वाधार बिकासका लागि सहयोग गर्न हामी तत्पर रहेको जानकारी दिनुभयो |

कार्यक्रममा माननीय सांसदहरू ई AShish Gajurel , Indira Rana Magar , डा तोसिमा कार्की Dr. Toshima Karki Secretariat, प्रमिला कुलुजु प्रधानाँग‌ र कमल सुवेदीको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, समुदायका प्रतिनिधि, अभियन्ता तथा सर्वसाधारणसहित २०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा माननीय सांसद इन्दिरा राना मगरले राजमार्ग तथा सहरी क्षेत्रमा साइकलयात्रीको सुरक्षाको महत्वबारे प्रकाश पार्दै यस विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले पूर्व–पश्चिम राजमार्गमा साइकल लेनको आवश्यकता औंल्याउँदै पैदलयात्री तथा साइकलयात्रीको सडक सुरक्षाका लागि पहल गरिरहेको जानकारी दिनुभयो। साथै, नेपालका विभिन्न पदमार्ग (ट्रेल) हरूको अध्ययन गरी पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे समेत उहाँले धारणा राख्नुभयो।
त्यसैगरी, माननीय सांसद तोसिमा कार्कीले व्यक्तिगत स्वास्थ्य, वातावरणमैत्री जीवनशैली तथा सहरी यातायात व्यवस्थापनमा साइकल संस्कृतिको महत्वबारे जोड दिनुभयो। विश्वभर वातावरणमैत्री तथा दिगो यातायात प्रणालीको अभ्यास बढिरहेको उल्लेख गर्दै नेपालमा पनि साइकल प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सहरी यात्रामा साइकलको प्रयोगले समय बचत हुनुका साथै ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले ललितपुरमा महिलाहरूलाई साइकल सिकाएर महिला सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रशंसा गर्दै सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गर्नुभयो। साइकल प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै विभिन्न रोगको जोखिम कम हुने पनि उहाँले उल्लेख गर्नुभयो। साथै, आगामी चरणमा बूढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
माननीय सांसद कमल सुवेदीले वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीका लागि साइकलको महत्वबारे जोड दिनुभयो। आफूले बिदाको दिन साइकल यात्रा गर्ने गरेको अनुभव साझा गर्दै साइकल लेनको अभावका कारण दैनिक कार्यालय आवतजावतमा साइकल प्रयोग सहज नभएको बताउनुभयो। उहाँले स्थानीय तह तथा कोर सिटी क्षेत्रमा साइकल तथा पैदलयात्रीमैत्री पूर्वाधार निर्माण गर्दै क्रमशः निजी सवारी साधनमुक्त क्षेत्र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नेपालका शहरहरूलाई ‘साइकल सिटी’ का रूपमा विकास गर्नु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, माननीय सांसद ई आशिष गजुरेलले सहरी क्षेत्रमा साइकल संस्कृतिलाई प्रवर्द्धन गर्न आफू स्वयंले साइकल प्रयोग सुरु गरेको बताउनुभयो। सहरी ट्राफिक व्यवस्थापनका लागि बहुआयामिक यातायात प्रणालीको विकास गर्नुपर्ने र सकेसम्म साइकल, पैदलयात्रा तथा सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले साइकल लेन सम्बन्धी स्पष्ट ऐन, नीति तथा निर्देशिका नहुँदा साइकल लेन अतिक्रमण गर्ने सवारीसाधनलाई कारबाही गर्न कठिनाइ भइरहेको बताउँदै यसलाई नियमन गर्न आवश्यक रहेको धारणा राख्नुभयो। यस कार्यका लागि नेपाल साइकल सोसाइटीसँग सहकार्य गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो। साथै, सडक तथा यातायात ऐनमा साइकल पूर्वाधारलाई स्पष्ट रूपमा समेटेर परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। साइकल प्रयोग गर्दै संसद् आउन थालेपछि आफ्नो ‘मर्निङ वाक’ को समयसमेत बचत भएको अनुभव उहाँले साझा गर्नुभयो।
वक्ताहरुले समुदाय, सरोकारवाला निकाय तथा जनप्रतिनिधिबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमका आयोजक तथा वक्ताहरूले उपस्थित माननीय सांसदहरूलाई कार्यक्रममा सहभागी भई महत्वपूर्ण धारणा राख्नुभएकोमा धन्यवाद व्यक्त गर्दै दुई वर्षअघि नै साइकल सम्बन्धी विषयमा गहन बहस आवश्यक रहेको सुझाव दिइएको स्मरण गराएका थिए। साथै, राष्ट्रिय नीति तथा योजनाहरूमा साइकललाई प्राथमिकताका साथ समेट्न आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वच्छ वायु, साइकलमैत्री तथा पैदलमैत्री काठमाडौं निर्माणका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको कार्यक्रम सञ्चालक/ सँयोजक तथा नेपाल साइकल सोसाइटीका पुर्व अध्यक्ष साईकल एक्टिभस्ट रत्न राम श्रेष्ठले जानकारी दिनुभयो। साईकल लाई सबारी साधनको रुपमा नेपालको यातायात ऐनले नलिएकोले बन्दै गरेका राजमार्गहरु , चौडा सडकहरुमा साइकल लेन लगायतका पूर्वाधारहरु राखिएका हुदैनम्। अतः: साइकलयात्रीहरुको सडक सुरक्षा / सडक अथिकार, शहरहरुमा वातावरण मैत्री सक्रिय सस्टेनेबल यातायात प्रणाली विकास गर्न आऊदो बजेटमा साइकल एैन र निती तर्जुमा गर्न सरकारसँग माग गरिएको छ भने साँसदहरुले सँसदमा यसमा आवाज उठाउदै पहल गर्न आयोजक साईकल सँस्थाहरको तर्फबाट नेपाल साइकल सोसाइटीबाट माग गरिएको छ।

नेपाल साईकल सोसाइटी
२६/१/२०८३

09/05/2026

Turning parking bays into green spaces and prioritising cyclists may be the fastest routes to improving urban life

Address

Kaan Devata Sthan Galli, Kupandole
Lalitpur
44600

Telephone

+9779823818112

Website

https://nepalcyclesociety.org.np/

Alerts

Be the first to know and let us send you an email when Nepal Cycle Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Cycle Society:

Share