14/08/2026
विशेष अलर्टः
⚠️ आकस्मिक बाढी तथा गेग्रान बहाव चेतावनी ⚠️
आज रातीदेखि भोलिसम्म उच्च सतर्कता अपनाऔँ।
पूर्वानुमानअनुसार आज राति र भोलि विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाव (Debris Flow) तथा जल सतह बढ्ने सम्भावना रहेकाले सम्बन्धित जिल्लाका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
🔴 तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी/गेग्रान बहावको उच्च जोखिम:
गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरू।
🔴 मध्यरातपछि भोलिसम्म उच्च जोखिम हुने जिल्लाहरू:
रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, दाङ, जाजरकोट, सुर्खेत, दैलेख तथा आसपासका जिल्लाहरू।
🟠 सावधानी अपनाउनुपर्ने जिल्लाहरू:
काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, चितवन र नवलपरासी।
🌊 भोलि र पर्सिका लागि बाढी चेतावनी:
नारायणी नदी तथा यसका प्रमुख उपजलाधारहरू- त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, मादी, सेती, कालीगण्डकी र यी नदीका सबै उपजलाधारहरूमा बाढीको जोखिम रहेकोले सतर्क रहनुहोस्।
📢 सर्वसाधारणका लागि अनुरोध:
• नदी, खोला तथा तटीय क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस्।
• रातिको समयमा खोला/नदी तर्ने वा जोखिमपूर्ण यात्रा नगर्नुहोस्।
• बाढी, पहिरो तथा गेग्रान बहाव आउन सक्ने स्थानमा बसोबास गर्नेहरूले आवश्यक सतर्कता अपनाउनुहोस्।
• जल सतह बढेको वा बाढी आएको अवस्थामा पुल, कल्भर्ट तथा खोल्सा पार गर्ने प्रयास नगर्नुहोस्।
• स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचना र चेतावनीलाई निरन्तर पछ्याउनुहोस्।
• जोखिममा रहेका समुदायले समयमै सुरक्षित स्थानतर्फ सर्न तयार रहनुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ🙏
Source: Nepal Flood Alert