21/09/2026
Thank you, Naya Patrika, for quoting ChildSafeNet Founding President and highlighting findings from our research. Thank you, Shilpa Karna for the excellent story.
बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी अनिल रघुवंशीका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लाटफर्म ‘एडिक्टिभ’ बनाएका छन् । जसले वयस्क मात्र होइन, बच्चालाई पनि सजिलै त्यसको लत लाग्छ ।
‘तर, त्यसअनुसार सुरक्षाका कुरा त्यहाँ निकै न्यून छन् । यसका लागि अभिभावक मात्र होइन, यस्ता कम्पनी र राज्य पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘दूरसञ्चार प्राधिकरणले उठाउने कर कोषमा जम्मा भएको छ । तर, सुरक्षातर्फ खर्च हुनुपर्नेमा भएको छैन । सबैतिर इन्टरनेट पुर्याउनु मात्र उपलब्धि होइन, सबैका लागि सुरक्षित बनाउनु वास्तविक उपलब्धि हो ।’
नेपालमा बालबालिकालाई अनलाइन यौन शोषण तथा दुर्व्यवहारबाट जोगाउन अभिभावकीय भूमिका सुदृढ गर्ने विषयमा गरिएको एक अध्ययन प्रतिवेदनमा धेरैजसो बालबालिकाले आफ्ना अभिभावकको सामाजिक सञ्जाल एकाउन्ट चलाउने गरेको देखिएको थियो ।
चाइल्डसेफनेट र सेफ अनलाइनले काठमाडौं र ललितपुरका ६ देखि १७ वर्षसम्मका बालबालिकाका अभिभावकसँग सर्वेक्षण गरी २०२५ मा प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिवेदनअनुसार २९ प्रतिशत बालबालिकाले अभिभावकको नाममा रहेका सामाजिक सञ्जाल खाता चलाउँथे भने तीमध्ये अधिकांशले आमाको नाममा रहेको खाता चलाउने गरेका थिए ।
धेरैजसो अभिभावक आफ्नो बच्चाको सामाजिक सञ्जाल खाताहरूबारे अनभिज्ञ रहेको पाइएको थियो भने बालबालिका वयस्क सामग्री तथा ‘गु्रमिङ’को जोखिममा थिए । ७३ प्रतिशत अभिभावकले कहिल्यै ‘प्यारेन्टिङ कन्ट्रोल टुल्स’ प्रयोग गरेका थिएनन् ।
अध्ययनअनुसार अधिकांशले बालबालिकासँग सामाजिक सञ्जाल र अनलाइनमा हुने जोखिमबारे कुराकानी गरेका थिएनन् । अभिभावकको सुपरिवेक्षणविनै प्रायः बालबालिका अनलाइन जाने गरेको अध्ययनले देखाएको थियो ।
अभिभावकसमेत घरका सदस्यले नै मोबाइल हेरिरहने भएपछि बालबालिकाले पनि त्यही सिक्ने र खेलकुदका लागि पर्याप्त स्थान तथा सामग्री नहुनु पनि समस्या रहेको रघुवंशीको भनाइ छ । उनी भन्छन्, ‘बच्चाहरूलाई सामाजिक सञ्जाल, भिडियो गेम वा मोबाइलको लत लाग्यो भन्छौँ हामी, तर त्यो समयमा गर्नेचाहिँ के भनेर विकल्प दिँदैनौँ ।
स्क्रिन टाइम धेरै भयो भन्छौँ, तर अरू एक्टिभिटी के गर्ने भनेर सिकाउँदैनौँ ।’ पेन्टिङ, सामग्री निर्माण, उसका रुचिका कुराकानीजस्ता कुरामा बच्चालाई व्यस्त बनाउनुपर्ने उनको भनाइ छ ।
सबैतिर इन्टरनेट पुर्याउनु मात्र उपलब्धि होइन । सबैका लागि इन्टरनेट सुरक्षित बनाउनु वास्तविक उपलब्धि हो । खेलकुदका लागि पर्याप्त स्थान तथा सामग्री नहुनु पनि एउटा समस्या हो । हामी बच्चाहरूलाई सामाजिक सञ्जाल, भिडियो गेम वा मोबाइलको लत लाग्यो भन्छौँ, तर त्यो समयमा गर्नेचाहिँ के भनेर विकल्प दिँदैनौँ । स्क्रिन टाइम धेरै भयो भन्छौँ, तर अरू एक्टिभिटी के गर्ने भनेर सिकाउँदैनौँ । बच्चालाई केमा रुचि छ बुझ्नुपर्छ, उसको मनोविज्ञान जान्नुपर्छ,संवाद गर्न सिकाउनुपर्छ ।
स्क्रिन टाइम बढी भएका बालबालिकालाई आवेग नियन्त्रणमा पनि अप्ठ्यारो पर्ने गरेको छ । उनीहरूले हिंसालाई प्रोत्साहन गर्ने गेम खेल्ने, सामग्री हेर्नेजस्ता कार्य गर्दा आजीवन नै उनीहरूमाथि त्यसको असर देखिने चिकित्सकहरूको भनाइ छ ।
उनीहरूले सानैदेखि रिल्स, युट्युब सर्टस्, टिकटक आदि माध्यमबाट भिडियो हेर्छन् । यस्ता प्लाटफर्म वयस्कका लागि डिजाइन गरिएको हुन्छ र त्यस्तै कन्टेन्ट हुन्छन् । तर, यसमा अभिभावकले ध्यान दिएका हुँदैनन् र यस्ता सामग्रीको उपभोगबाट बच्चालाई रोक्दैनन् । ‘उल्टै अभिभावकले बच्चालाई मोबाइल दिएर आफू काम गर्छन् । बच्चालाई भुलाउने एउटा माध्यमका रूपमा लिएका छन्,’ समाजशास्त्री डा. टीकाराम गौतम भन्छन् ।
समाचारः Naya Patrika
https://nayapatrikadaily.com/news-details/205129/2026-09-21