27/05/2026
Youth is source of power.
˜कलेजमा सबैजनाले पार्ट टाइम काम गर्थे, मैले केही काम गरेको थिइन् । मलई लाज लग्यो । यसैले केही त गर्नुपर्छ भनेर काम मागे । स्टुडेन्ट क्याफेमा मलाई एउटा मोब, बाल्टी र साइनबोर्ड दिएर पोछा लगाउने काम दिइयो । काम गरिरहेको बेला मेरा आफ्ना साथीहरू कफी खान आए । मलाई नदेखे हुन्थ्यो जस्तो लग्यो लाजले, तर देखि हाले । त्यो दिन बेलुकी उनीहरूलाई भेट्ने हिम्मत भएन । तर सधै लाज मानेर हुँदैनथ्यो, यसैले भेटे । उनिहरूले मैले सुरु गरेको कामको बारेमा चासो दिएका थिएनन तर मलाई असजिलो लागेको भएर आफैले सोधे । उनीहरूले भने 'हामी तिमीले के काम गर्छौ भने आधारमा तिम्रो साथी भएको होइन, तिमी जे हौ त्यसको आधारमा भएको हो । यसैले आफ्नो कामलाई लिएर हामीसँग गाह्रो नमान ।'
त्यहाँबाट मैले बुझे कि मान्छे आफ्नो कामले सानो वा ठूलो कहिल्यै हुँदैन ।˜— Anil Keshary Sha