Resident Doctors' Association of PAHS

Resident Doctors' Association of PAHS RDA-PAHS works for the betterment and upliftment of status of all the residents of PAHS.

पछिल्लो समय रेजिडेन्टको निर्वाह भत्ताको विषयलाई लत्याएर चिकित्सा शिक्षा आयोगले प्राली मेडिकल कलेजलाई स्वमूल्यांकन फारम भ...
26/11/2024

पछिल्लो समय रेजिडेन्टको निर्वाह भत्ताको विषयलाई लत्याएर चिकित्सा शिक्षा आयोगले प्राली मेडिकल कलेजलाई स्वमूल्यांकन फारम भर्न बाटो खुल्ला गरिसकेपछि हिजो स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति, विभिन्न रेजिडेन्टहरुको संघ संस्थाको प्रतिनिधि, प्रा ली मेडिकल कलेजमा अध्ययनरत रेजिडेन्ट र मेडिकल अफिसरहरुको बैठक बसी आगामी रणनीति तयार गरियो।

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई कलेज सञ्चालकहरुले निर्वाह भत्ता दिन अस्वीकार गरेको परिप्रेक्ष्यमा आवास...
23/11/2024

निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुलाई कलेज सञ्चालकहरुले निर्वाह भत्ता दिन अस्वीकार गरेको परिप्रेक्ष्यमा आवासीय चिकित्सकहरुको संगठन हरुको साझा धारणा।

प्रेस विज्ञप्ति

मिति: २०८१ मंसिर ८ (November 23, 2024)

विषय: आवासीय चिकित्सकहरूको लागि समान तलबको अनिवार्यता

हाल निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले मासिक करिब रु. २०,००० पाउँछन्, जुन उनीहरूले व्यावसायिक जीवनमा खेपिरहेको शारीरिक, मानसिक र भावनात्मक बोझको तुलनामा अपमानजनक छ।

आवासीय चिकित्सकहरू कुनै साधारण विद्यार्थी होइनन्; हाम्रो स्वास्थ्य प्रणालीका आधारस्तम्भ हुन्, जो दिनरात खटिएर बिरामीहरूको उपचार गर्छन्। उनीहरूको मेहनतको उचित मूल्याङ्कन नगर्नु केवल उनीहरूको अपमान मात्र होइन, सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरप्रति अन्याय गर्नु हो।

चिकित्सा शिक्षा आयोगले यसअघि नै निजी मेडिकल कलेजहरूलाई समान निर्वाह भत्ता सुनिश्चित गरी सिट माग गर्न स्वमुल्याङ्कन फारम भर्न सुचित गरेको थियो। तर, निजी मेडिकल कलेजहरूले उक्त निर्देशनलाई वेवास्ता गर्दै MD/MS कार्यक्रमका लागि आवश्यक स्वमूल्याङ्कन फारमसमेत बुझाउन अस्वीकार गरे र आफ्ना स्नातकोत्तर कार्यक्रमहरू नै बन्द गर्ने धम्की दिए। यस किसिमको गैरजिम्मेवार व्यवहारले आवासीय चिकित्सकहरूको योगदानलाई अपमानित गर्ने मात्र होइन, हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीलाई नै जोखिममा पार्छ।

हामी देशभरका सम्पूर्ण आवासीय (MD/MS/MDS) चिकित्सकहरूको लागि ८ औं तहको सरकारी कर्मचारीको तलब बराबरको निर्वाह भत्ता सुनिश्चित गर्न जोडदार माग गर्दछौँ।

स्वास्थ्यकर्मीहरूका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको आवाजले स्वास्थ्यकर्मीहरूको सम्मानजनक र सुरक्षित वातावरणको लडाइँलाई थप बल दिएको छ, जसलाई हामी उच्च मूल्याङ्कन गर्दछौं र पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौँ।

आवासीय चिकित्सकहरूको लागि समान तलब लागू गर्नु अब ढिला गर्नै नसकिने कुरा हो। यदि हाम्रो यस मागलाई बेवास्ता गरियो वा निजी मेडिकल कलेजहरूलाई फाइदा पुर्‍याउन आवासीय चिकित्सकहरूको हितविपरीत सिट र सत्र थप्ने प्रयास गरियो भने, हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं।

निजी क्षेत्रको मेडिकल कलेजले पारिश्रमिक समय सापेक्ष दिन नमाने पछि को सङ्घर्ष समिति को आधिकारिक धारणा।
21/11/2024

निजी क्षेत्रको मेडिकल कलेजले पारिश्रमिक समय सापेक्ष दिन नमाने पछि को सङ्घर्ष समिति को आधिकारिक धारणा।

11/09/2024
10/09/2024

चिकित्सा शिक्षामा स्नातकोत्तर तह (पीजी) अध्ययनरत विद्यार्थीलाई निर्वाह भत्ता दिनु परे शैक्षिक कार्यक्रम सञ्चाल...

स्नातकोत्तर तहको पढाइ पूर्ण रुपमा निःशुल्क गर्नुको साटो झन् श्रम गरे बापत पाउनुपर्ने न्यूनतम निर्वाह भत्ता समेत दिन अटेर...
09/09/2024

स्नातकोत्तर तहको पढाइ पूर्ण रुपमा निःशुल्क गर्नुको साटो झन् श्रम गरे बापत पाउनुपर्ने न्यूनतम निर्वाह भत्ता समेत दिन अटेर गरिरहेका नेपालका निजी मेडिकल कलेजका अभिव्यक्ति र कार्यशैली प्रति RDA-PAHS घोर भ्रत्सना गर्दछ र स्वास्थ्यकर्मीका लागि सुरक्षीत कार्यस्थल संघर्ष समितिको यस कदममा ऐक्यबद्वता जनाउँछ।

नेपालका विभिन्न निजी मेडिकल कलेज हरुले आवासीय चिकित्सक हरुमाथि गर्दै आएका आर्थिक शोषण विरुद्धको अभियानमा RDA-PAHS को पनि...
02/09/2024

नेपालका विभिन्न निजी मेडिकल कलेज हरुले आवासीय चिकित्सक हरुमाथि गर्दै आएका आर्थिक शोषण विरुद्धको अभियानमा RDA-PAHS को पनि ऐक्यबद्धता।

Solidarity and Heartfelt Condolences.
15/08/2024

Solidarity and Heartfelt Condolences.


United for a cause…. We are with KMC residents and Dr. Bishad Dahal…
29/12/2023

United for a cause…. We are with KMC residents and Dr. Bishad Dahal…

Address

Lagankhel
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Resident Doctors' Association of PAHS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share