ललितपुर महानगरपालिका वडा नं. १९

  • Home
  • Nepal
  • Lalitpur
  • ललितपुर महानगरपालिका वडा नं. १९

ललितपुर महानगरपालिका वडा नं. १९ Lalitpur Metropolitan City , Ward No. 19 office

09/06/2026
सुचना सुचना सुचना
01/06/2026

सुचना सुचना सुचना

यो ऐतिहासिक दिनले हामी सम्पूर्ण वडाबासीहरूमा  तथा देशबासीमा आपसी सद्भाव, भ्रातृत्व, राष्ट्रिय एकता र वडाको चौतर्फी विकास...
29/05/2026

यो ऐतिहासिक दिनले हामी सम्पूर्ण वडाबासीहरूमा तथा देशबासीमा आपसी सद्भाव, भ्रातृत्व, राष्ट्रिय एकता र वडाको चौतर्फी विकासमा हातेमालो गर्दै अघि बढ्न थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।
'सशक्त वडा, समृद्ध महानगर'

सुचना
27/05/2026

सुचना

26/05/2026

मिति २०८२ जेठ १३ गते देखि वडामा जेष्ठ नागरिकहरुकाे सुगर प्रेसरकाे औषधि वितरण भैरहेकाेले प्रिस्किपसन दिनुहुने महानुभावहरुले वडामा सम्पर्क गर्नु हुन अनुराेध गर्दछु ।

कौशि खेती तालिम सम्बन्धि सुचना ।
15/05/2026

कौशि खेती तालिम सम्बन्धि सुचना ।

14/05/2026

📢 ललितपुर–१९ का युवाहरूका लागि 'Project SOP' IT तालिम! 📢

ललितपुर महानगरपालिका वडा नं. १९ का आदरणीय बासिन्दाहरू तथा युवा मित्रहरू,

वडा कार्यालयको विशेष पहलमा हाम्रो समुदायका युवाहरूलाई प्रविधिमैत्री बनाउन "Project SOP" (१० दिने विशेष IT तालिम) सञ्चालन हुन गइरहेको छ। १६ वर्षभन्दा माथिका जोकोहीले यो तालिममा सहभागी हुन सक्नुहुनेछ।

तालिममा हामी के सिक्छौँ?
🔹 Computer Hardware: ल्यापटप र कम्प्युटर बनाउने र पार्टपुर्जा बुझ्ने तरिका।
🔹 Software & OS: विन्डोज हाल्ने र सफ्टवेयरका समस्या समाधान गर्ने।
🔹 Future Tech: AI (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग र सुरक्षित इन्टरनेट।
🔹 Career Skills: डिजिटल मार्केटिङ र प्रोफेसनल ईमेल लेखन।

भर्ना सम्बन्धी जानकारी:
📍 दर्ता मिति: जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म
🚀 कक्षा सुरु: जेष्ठ १० गतेदेखि
📍 स्थान: वडा कार्यालय, ललितपुर–१९

यो तालिम केवल कक्षा मात्र होइन, यो युवाहरूलाई आत्मनिर्भर बनाउने एउटा अभियान हो। सीमित सिट भएकाले समयमै आफ्नो नाम दर्ता गराउनुहोला।

📢 अत्यन्त जरुरी सूचना: वडा नं. १९, ललितपुर महानगरपालिका 📢ललितपुर महानगरपालिका वडा नं. १९ का सम्पूर्ण आदरणीय वडाबासीहरूमा...
14/05/2026

📢 अत्यन्त जरुरी सूचना: वडा नं. १९, ललितपुर महानगरपालिका 📢

ललितपुर महानगरपालिका वडा नं. १९ का सम्पूर्ण आदरणीय वडाबासीहरूमा हार्दिक अभिवादन!

यस वडा कार्यालयद्वारा मिति २०८३/०१/२२ देखि २०८३/०१/२६ सम्म संकलन गरिएको मेडिकल प्रोफाइल (Medical Profile) को कार्य हाल प्रक्रियामा (In Progress) रहेको जानकारी गराउन चाहन्छौँ।

⚠️ जरुरी नोट:
यदि तपाईंलाई आफ्नो मेडिकल रिपोर्ट तुरुन्त आवश्यक परेमा वा कुनै Emergency अवस्था भएमा, कृपया सिधै वडा कार्यालयमा सम्पर्क राख्नुहुन वा तल दिइएको नम्बरमा फोन गर्नुहुन अनुरोध छ:

📞 सम्पर्क नम्बर: ९८४१३५०९३१
🏢 स्थान: वडा कार्यालय, ललितपुर-१९

तपाईंहरूको धैर्यता र सहयोगको लागि धन्यवाद।

Address

Agnishal
Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when ललितपुर महानगरपालिका वडा नं. १९ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ललितपुर महानगरपालिका वडा नं. १९:

Share