WOREC

Call Directions Website Contact the organization

WOREC Social Transformation: Our Destination |
34 years of Activism for Dignity, Equality and Justice Strategic Objectives
a. b. c. d. e. Working areas of WOREC Nepal

Vision: A society based on social justice where women’s rights is guaranteed. Goal: Ensure economic, social and cultural rights and minimize violence against women through women’s empowerment. Organize and mobilize women to ensure their own rights and end violence against them. Build the capacity of women rights activists and targeted groups to enhance women’s rights. Organize advocacy campaigns for social justice and women’s rights. Sensitize the mass for transformation of the culture based on patriarchal norms and values into the culture based on gender equality. Co-ordinate with the like minded institutions and organizations.

🩺 एकीकृत स्वास्थ्य शिविर  #ओरेकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग तथा   र  बे...
20/09/2026

🩺 एकीकृत स्वास्थ्य शिविर
#ओरेकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग तथा र बेलकोटगढी नगरपालिका–७ को सहकार्यमा बेलकोटगढी नगरपालिका–७ स्थित श्री शिलादेवी माध्यमिक विद्यालयमा आज, असोज ४, २०८३ मा एकदिने #एकीकृत_स्वास्थ्य_शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
महिला स्वास्थ्यमा जनचेतना अभिवृद्धि तथा समुदायमा निःशुल्क स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित शिविरमा २१६ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो, जसमा १७२ महिला र ४४ पुरुष सहभागी हुनुहुन्थ्यो।
शिविरमा VIA परीक्षण, OPD सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो। साथै, #सयपत्री_संवाद अन्तर्गत महिला हिंसा र किशोरी स्वास्थ्यसम्बन्धी परामर्श तथा जानकारी प्रदान गर्नुका साथै विभिन्न जानकारीमूलक स्टलहरू सञ्चालन गरिएको थियो।
समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना, सेवा र आवश्यक जानकारीको पहुँच विस्तार गर्दै महिला तथा किशोरीहरूको स्वास्थ्य र अधिकार सुनिश्चित गर्न यस्ता पहलहरू महत्वपूर्ण छन्।

#ओरेक #एकीकृतस्वास्थ्यशिविर #महिलास्वास्थ्य #किशोरीस्वास्थ्य #स्वास्थ्यअधिकार #विपद्प्रतिकार्य #सयपत्रीसंवाद
National Disaster Risk Reduction & Management Authorityबेलकोटगढी नगरपालिका, नुवाकोट

20/09/2026

एकीकृत स्वास्थ्य सिविर
हामी बेलकोटगढि ७,श्री शिलादेवी माध्यामिक स्कुलमा छौं । आउनुहोस् , आफ्नु स्वास्थ चेकजाँच गरौं ।

महिला मैत्री स्थल: संवाद र अनुभूति 💜रसुवा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित महिला मैत्री स्थल (Women Friendly ...
17/09/2026

महिला मैत्री स्थल: संवाद र अनुभूति 💜
रसुवा, धादिङ र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित महिला मैत्री स्थल (Women Friendly Spaces – WFS) मार्फत विपद् प्रभावित महिला तथा बालिकाहरूसँग निरन्तर संवाद र सहकार्य भइरहेको छ।
WFS मा हामी:
🌸 प्रभावित महिला तथा बालिकाका अनुभव, भावना र आवश्यकताहरू सुन्ने
🌸 मनोसामाजिक प्राथमिक उपचार (PFA) मार्फत भावना व्यक्त गर्न सुरक्षित वातावरण सिर्जना
🌸 WFS मा उपलब्ध सेवा, सहयोग र रेफरलसम्बन्धी जानकारी
🌸 सहज र आरामदायी अभ्यासमार्फत तनाव कम गर्न सहयोग
🌸 घरदैलो भेटघाट मार्फत WFS सम्म पुग्न नसकेका परिवार तथा समुदायसँग जोडिने

Women Friendly Spaces: A Space to Listen, Connect and Feel Safe
Across Rasuwa, Dhading and Nuwakot, WOREC is continuing to engage with women and girls affected by the disaster through Women Friendly Spaces (WFS).
At the WFS, we are:
🌸 Listening to women’s and girls’ experiences, and feelings
🌸 Providing a safe and supportive environment for Psychological First Aid (PFA).
🌸 Sharing information about WFS services, available support.
🌸 Facilitating simple relaxation and comfort practices to support emotional well-being
🌸 Creating space for women and girls to express themselves and be heard
🌸 Reaching families and communities through door-to-door outreach for those who may not be able to access the WFS directly
You are not alone. We are with you. 💜

🌈 रङहरूमा भावनाबालबालिकाहरूले रङहरूसँग खेल्दै आफ्ना भावना, कल्पना र अनुभवलाई चित्रमार्फत अभिव्यक्त गरिरहेका छन्। केही सम...
15/09/2026

🌈 रङहरूमा भावना
बालबालिकाहरूले रङहरूसँग खेल्दै आफ्ना भावना, कल्पना र अनुभवलाई चित्रमार्फत अभिव्यक्त गरिरहेका छन्। केही समयका लागि विपद्को तनावबाट टाढा, उनीहरू आफ्नै संसारमा रमाउँदै, सिर्जना गर्दै र खुसीका पलहरू बिताइरहेका छन्।
हरेक बालबालिकालाई सुरक्षित रूपमा खेल्ने, रमाउने र आफ्ना भावना व्यक्त गर्ने ठाउँ चाहिन्छ। 💜

🌈 Colours, Creativity and Childhood
Children from flood-affected communities are enjoying moments of joy through colours—expressing their emotions, imagination and experiences through art. 🎨💛 For a while, they can step away from the stress of the disaster, enjoy their time, move freely, create, and simply be children.
Every child deserves a safe space to play, express, create and heal. 💜

🎙️ Kutuni | Episode 33ओरेक र विपद् प्रतिकार्य: अनुभव, समीक्षा र आगामी योजना रसुवा, धादिङ र नुवाकोटमा गएको विनाशकारी बाढी...
14/09/2026

🎙️ Kutuni | Episode 33
ओरेक र विपद् प्रतिकार्य: अनुभव, समीक्षा र आगामी योजना रसुवा, धादिङ र नुवाकोटमा गएको विनाशकारी बाढीपछि ओरेकले सञ्चालन गरिरहेको विपद् प्रतिकार्य तथा स्नेह अभियानका अनुभव, सिकाइ र चुनौतीहरूबारे यसपटकको कुटुनीमा विशेष संवाद।
यस विषयमा संवाद गर्दै हुनुहुन्छ:
🎤 डा. रेणु अधिकारी
संस्थापक अध्यक्ष, ओरेक
🎤 सविता पोखरेल
अध्यक्ष, ओरेक
विपद् केवल भौतिक क्षतिको विषय होइन—यसले महिला, बालिका र सीमान्तकृत समुदायलाई फरक र थप जोखिममा पार्छ। त्यसैले विपद् प्रतिकार्यमा सुरक्षा, मर्यादा, मनोसामाजिक स्वास्थ्य, संरक्षण र न्यायलाई केन्द्रमा राख्नु आवश्यक छ।
📺 Kutuni | Episode 33
हेर्नुहोस्, सुन्‍नुहोस् र विपद् प्रतिकार्यबारेको यो महत्वपूर्ण संवादमा जोडिनुहोस्।

Following the devastating floods in Rasuwa, Dhading and Nuwakot, WO...

भावपूर्ण श्रद्धान्जली
14/09/2026

भावपूर्ण श्रद्धान्जली

विपद् बाट प्रभावित महिला तथा बालिकाहरूको सुरक्षा, सम्मान तथा स्वास्थ्यलाई केन्द्रमा, हामी सुरक्षित र विश्वासयोग्य वातावर...
14/09/2026

विपद् बाट प्रभावित महिला तथा बालिकाहरूको सुरक्षा, सम्मान तथा स्वास्थ्यलाई केन्द्रमा, हामी सुरक्षित र विश्वासयोग्य वातावरणमा आवश्यक सहयोग तथा सेवा प्रदान गर्छौं |
स्नेह केन्द्र:
सुरक्षित र महिलामैत्री स्थल
मनोसामाजिक सहयोग तथा परामर्श
महिला तथा बालिकाका विशेष आवश्यकता पहिचान र सहयोग

बाढीबाट प्रभावित बालबालिकाका लागि संरक्षण केन्द्र तयार, विपद् प्रतिकार्यमा झन्डै १ अर्ब परिचालन

काठमाडौँ । बाढीबाट प्रभावित बालबालिका, महिला तथा किशोरीको संरक्षणदेखि जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारसम्म सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता परिचालन पनि व्यापक बनेको छ। हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट करिब ६१ करोड रुपैयाँ बराबरको राहत तथा सहयोग परिचालन भएको छ भने थप करिब ७ करोड ४७ लाख रुपैयाँ नगद सरकारी राहत तथा उद्धार कोषमा जम्मा भएको छ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सुरक्षित संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। केन्द्रमा सरसफाइ, भान्छा निर्माण तथा मुख्य भवनमा टायल लगाउने काम भइरहेको छ। CCTV जडान सम्पन्न भइसकेको छ भने ब्लक ‘ए’ मा पुरानो जस्ता हटाएर पारदर्शी जस्ता राख्ने र अस्थायी शौचालय निर्माणको काम जारी छ।

विपद्का कारण स्वास्थ्य जोखिममा परेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षालाई समेत उच्च प्राथमिकतामा राखिएको छ। भदौ २७ गते गोरखाको चुमनुव्री गाउँपालिका–चुम्खेत निवासी २३ वर्षीया यलिना लामालाई जटिल स्वास्थ्य समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर हवाई उद्धार गरिएको थियो। उनलाई तत्काल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याएर उपचारको व्यवस्था मिलाइएको छ।

महिला तथा किशोरीको संरक्षणका लागि रसुवाको उत्तरगया गाउँपालिकाका शिवालय र भीमसेनस्थानमा रहेका दुई अस्थायी संरक्षण स्थलमा महिला मैत्री स्थल (Women-Friendly Spaces) स्थापना गरिएको छ। UNFPA र ओरेक नेपालको समन्वयमा स्थापना गरिएका यी स्थलबाट विपद् प्रभावित महिला तथा किशोरीलाई सुरक्षित वातावरणमा आवश्यक सेवा, सूचना तथा सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

विपद् प्रभावित क्षेत्रमा राहत सामग्री परिचालनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग उल्लेख्य देखिएको छ। समाज कल्याण परिषद्बाट प्राप्त विवरणअनुसार हालसम्म ५७ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु. ४२ करोड १ लाख १५ हजार ३४० बराबरका राहत सामग्री उपलब्ध गराएका छन्। यसबाहेक ती संस्थाले रु. ४ करोड ४६ लाख ३२ हजार ६६९ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गरेका छन्।

त्यस्तै, ३६ राष्ट्रिय गैरसरकारी संस्थाले रु. १८ करोड ८६ लाख ३७ हजार ९८८ बराबरको सहयोग परिचालन गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट थप रु. ३ करोड १ लाख ८ हजार ८१८ प्रधानमन्त्री राहत कोषमा नगद जम्मा भएको छ।

यसरी बाढी प्रभावित क्षेत्रमा बालबालिकाको संरक्षण, महिला तथा किशोरीको सुरक्षा, जोखिममा रहेका गर्भवती तथा नवजात शिशुको उद्धार र राहत सामग्रीको परिचालनलाई एकीकृत रूपमा अघि बढाइएको छ। तत्कालीन मानवीय सहायता सुनिश्चित गर्दै प्रभावित समुदायको सुरक्षा, संरक्षण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र साझेदार संस्थाबीचको समन्वय थप मजबुत बनाइएको छ।

“Celebrate our differences. Stand together for our rights. S*x workers come from every community and every part of the g...
14/09/2026

“Celebrate our differences. Stand together for our rights.
S*x workers come from every community and every part of the gender and sexuality spectrum. Our experiences are diverse, but we share a common demand: to be seen as whole human beings, free from shame, discrimination, and exclusion. This S*x Worker Pride, we celebrate diversity, solidarity, justice, and autonomy.”

उत्तरगया- मजगाउँ, रसुवामा महिला मैत्री सुरक्षित स्थल (WFS)ओरेक नेपालले UNFPA Nepal  को सहयोगमा रसुवाको उत्तरगया, मजगाउँम...
13/09/2026

उत्तरगया- मजगाउँ, रसुवामा महिला मैत्री सुरक्षित स्थल (WFS)
ओरेक नेपालले UNFPA Nepal को सहयोगमा रसुवाको उत्तरगया, मजगाउँमा महिला मैत्री सुरक्षित स्थल (Women Friendly Space – WFS) स्थापना गरेको छ।
विपद् बाट प्रभावित महिला तथा बालिकाहरूको सुरक्षा, सम्मान तथा स्वास्थ्यलाई केन्द्रमा, हामी सुरक्षित र विश्वासयोग्य वातावरणमा आवश्यक सहयोग तथा सेवा प्रदान गर्छौं |
स्नेहा केन्द्र:
सुरक्षित र महिलामैत्री स्थल
मनोसामाजिक सहयोग तथा परामर्श
महिला तथा बालिकाका विशेष आवश्यकता पहिचान र सहयोग

Women Friendly Space (WFS) | Uttargaya- Majgau, Rasuwa
To support the safety, dignity, health and psychosocial well-being of women and girls affected by the disaster, WOREC Nepal, with support from UNFPA, has established a Women and Girls Friendly Space (WFS) in Uttargaya- Majgau, Rasuwa.
The WFS is located between two holding centres—Shivalaya and Bhimsensthan, making it accessible to women and girls staying in and around these temporary settlements.
The WFS provides a safe and trusted environment where women and girls can:
• Access information and support
• Receive psychosocial support and counselling
• Spend time in a supportive and dignified environment
You are not alone. We are with you. 💜

Address

Balkumari
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715186073

Alerts

Be the first to know and let us send you an email when WOREC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to WOREC:

Shortcuts

Share