WOREC

WOREC Social Transformation: Our Destination |
34 years of Activism for Dignity, Equality and Justice Strategic Objectives
a. b. c. d. e. Working areas of WOREC Nepal
(1)

Vision: A society based on social justice where women’s rights is guaranteed. Goal: Ensure economic, social and cultural rights and minimize violence against women through women’s empowerment. Organize and mobilize women to ensure their own rights and end violence against them. Build the capacity of women rights activists and targeted groups to enhance women’s rights. Organize advocacy campaigns f

or social justice and women’s rights. Sensitize the mass for transformation of the culture based on patriarchal norms and values into the culture based on gender equality. Co-ordinate with the like minded institutions and organizations.

World Humanitarian Day 2026: Disaster Does Not Discriminate—SocietyOn this World Humanitarian Day 2026, let us remember ...
19/08/2026

World Humanitarian Day 2026: Disaster Does Not Discriminate—Society
On this World Humanitarian Day 2026, let us remember that true humanitarianism is not measured by how efficiently we deliver aid after disaster strikes, but by how boldly we dismantle the inequalities that decide who suffers first, who is heard last, and whose life is valued least.- Suva BC

World Humanitarian Day 2026: Disaster Does Not Discriminate—Society

मिडिया र सामाजिक सञ्जालमा महिलालाई कसरी देखाइन्छ?महिलाको अधिकार, पहिचान, क्षमता र नेतृत्वलाई छायामा पारेर उनीहरूको शरीर,...
19/08/2026

मिडिया र सामाजिक सञ्जालमा महिलालाई कसरी देखाइन्छ?
महिलाको अधिकार, पहिचान, क्षमता र नेतृत्वलाई छायामा पारेर उनीहरूको शरीर, सौन्दर्य र यौनिकतालाई मात्र केन्द्रमा राख्ने प्रवृत्ति किन अझै कायम छ?
जब महिलालाई व्यक्तित्व, विचार र नेतृत्व भएको नागरिकभन्दा हेर्न र उपभोग गर्न मिल्ने वस्तुका रूपमा प्रस्तुत गरिन्छ, त्यसले महिला वस्तुकरणलाई सामान्य बनाउँछ र उनीहरूको आवाज तथा उपलब्धिलाई ओझेलमा पार्छ।
#महिलाअधिकार #महिलाकोआवाज

मिडिया र सामाजिक सञ्जालमा महिलालाई कसरी देखाइन्छ?महिलाको अधिकार, प...

19/08/2026

ओरेक विश्व मानवीय सहायता दिवसको अवसरमा द्वन्द्व, विपद्, विस्थापन तथा अन्य सङ्कटका समयमा प्रभावित समुदायसँग उभिने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछ ।
महिलाहरुले सङ्कटको समयमा अग्रपङ्क्तिमा रहेर हिंसा प्रभावित तथा पीडितहरूलाई सहयोग, अधिकारको संरक्षण र समुदायलाई आवश्यक सेवासँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
लैंगिकता र आफ्नो भूमिकाका कारण थप जोखिम तथा चुनौतीहरूको सामना गर्दै मानवीय सहायताको क्रममा जीवन गुमाएका महिला तथा सबै मानवीय सहायताकर्मीहरूलाई स्मरण गर्दै अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूको सुरक्षा, पहिचान, सम्मान र जवाफदेहिताको सुनिश्चितताका लागि आह्वान गर्दछौँ ।
मानवीय सहायताकर्मीहरूको जीवन र योगदानलाई सम्मान गर्दै सुरक्षा सुदृढ गरौँ, दण्डहीनतालाई चुनौती दिऔँ र अरूको जीवन तथा अधिकारका लागि काम गर्ने व्यक्तिहरूले सुरक्षित र सम्मानजनक वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने विश्व निर्माण गरौँ ।
#विश्वमानवीयसहायतादिवस

बाराको सिमरामा ३ वर्षीय बालिका माथि भएको जघन्य अपराधको घटना प्रति गम्भीर ध्यानाकर्षणबारा जिल्लाको जितपुरसिमरा उपमहानगरपा...
19/08/2026

बाराको सिमरामा ३ वर्षीय बालिका माथि भएको जघन्य अपराधको घटना प्रति गम्भीर ध्यानाकर्षण
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरा, भक्तिटोलकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरी माथि भएको जघन्य अपराधप्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक) को गम्भीर ध्यानाकर्षण भएको छ ।
ओरेक यस घटनाको तत्काल, निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरी घटनामा संलग्न दोषीलाई पहिचान तथा कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ । अनुसन्धानका क्रममा घटनास्थल तथा उपलब्ध प्रमाणहरूको संरक्षण, वैज्ञानिक परीक्षण र प्रमाणमा आधारित अनुसन्धान सुनिश्चित गरिनुपर्छ । साथै, अनुसन्धान प्रक्रियालाई कुनै पनि राजनीतिक, सामाजिक वा अन्य दबाबबाट मुक्त राखी पीडित परिवारलाई न्याय प्राप्त हुने वातावरण सुनिश्चित गर्नका लागि जोडदार माग गर्दछ ।

शिक्षाले जीवन बदल्छ, अवसरले नेतृत्व जन्माउँछ।   एक समय आफ्नै अधिकारका लागि बोल्न डराउने उनी, आज उत्पीडन र जोखिममा परेका ...
18/08/2026

शिक्षाले जीवन बदल्छ, अवसरले नेतृत्व जन्माउँछ।
एक समय आफ्नै अधिकारका लागि बोल्न डराउने उनी, आज उत्पीडन र जोखिममा परेका सयौं किशोरीहरूको अधिकारका लागि आवाज उठाइरहेकी छन्।
उडान, केयर नेपाल, किशोरी अधिकार मन्च र ओरेक नेपालको साथले उनले नयाँ जीवन, नयाँ आत्मविश्वास र समाज परिवर्तनको बाटो पाएकी छन्। सही अवसर, शिक्षा र साथ पाए किशोरीहरू केवल आफ्नो भविष्य होइन, समाजको भविष्य पनि बदल्न सक्षम हुन्छन्।

CARE Nepal

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको एउटा सानो गाउँ— लम्तिहव...

युवाहरूका भिन्न परिवेश, साझा आकांक्षा: युवाको भविष्य निर्माणमा सामाजिक संरचनाको भूमिका, अवसर र परिवर्तनका यात्रालाई सामा...
18/08/2026

युवाहरूका भिन्न परिवेश, साझा आकांक्षा: युवाको भविष्य निर्माणमा सामाजिक संरचनाको भूमिका, अवसर र परिवर्तनका यात्रालाई सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक सन्दर्भले कसरी आकार दिन्छ? यसै विषयमा केन्द्रित हुँदै ओरेक र अंकुर को आयोजनामा विशेष अनलाइन युवा संवाद/वेबिनार आयोजना हुँदैछ।
युवाहरूका आवाज, अनुभव र आकांक्षालाई केन्द्रमा राख्दै संवाद गरौँ, प्रश्न गरौँ र समान तथा न्यायपूर्ण भविष्यको कल्पना गरौँ।
📅 मिति: २१ अगस्ट २०२६
🕝 समय: दिउँसो २:३० बजे
💻 माध्यम: अनलाइन
https://zoom.us/j/95682157070?pwd=S0MRwJvlKVNfD9JlqV2s9bqUxruQrn.
Meeting ID: 956 8215 7070
Passcode: 534274

🎙️ कुटुनी नयाँ एपिसोडगत साता हामीले लैंगिक संवेदनशील विपद् प्रतिकार्यका बारेमा छलफल गरेका थियौँ—विपद्को पूर्वतयारीदेखि प...
18/08/2026

🎙️ कुटुनी नयाँ एपिसोड
गत साता हामीले लैंगिक संवेदनशील विपद् प्रतिकार्यका बारेमा छलफल गरेका थियौँ—विपद्को पूर्वतयारीदेखि प्रतिकार्यसम्मका प्रक्रियालाई कसरी लैंगिक संवेदनशील बनाउने र विपद्को समयमा महिला तथा बालिकामाथि हिंसाको जोखिम किन बढ्छ भन्ने विषयमा।
तर, विपद् आएपछि र विपद्पछिको अवस्थामा पनि ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष छ। महिला, बालबालिका, किशोरी तथा ज्येष्ठ नागरिकहरूको उमेर, शारीरिक अवस्था, आवश्यकता र सामाजिक अवस्थाअनुसार जोखिम र आवश्यकता फरक हुन्छन्। विशेषगरी महिला, बालिका र किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका सवालहरू विपद्को समयमा अझ महत्वपूर्ण भएर आउँछन्।
💜 यसै विषयमा आजको कुटुनी एपिसोडमा हामी सुमित्रा जीसँग कुराकानी गर्दैछौँ।
🎧 सुन्नुहोस्, बुझ्नुहोस् र लैंगिक संवेदनशील विपद् प्रतिकार्यका लागि आवाज उठाउनुहोस्।

Worec Udayapur WOREC Activism Worec Udayapur Worec Kailali Worec Morang

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

भिन्न परिवेश, साझा आकांक्षा। 🌱२७औँ अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा “लैङ्गिक हिंसा तथा लागू दुर्व्यसन न्यूनीकरणम...
16/08/2026

भिन्न परिवेश, साझा आकांक्षा। 🌱

२७औँ अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा “लैङ्गिक हिंसा तथा लागू दुर्व्यसन न्यूनीकरणमा युवा तथा सरोकारवालाको भूमिका” विषयक अन्तरसंवादमा सहभागी हुने अवसर प्राप्त भयो।

शक्ति युवा सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा WOREC तथा WOREC को युवा प्लेटफर्म अंकुर (ANKUR) समेत सहकार्यकर्ता संस्थाका रूपमा जोडिँदै युवाको सक्रिय सहभागिता, नेतृत्व र सरोकारवालाबीचको सहकार्यलाई सशक्त बनाएको थियो।

हिंसामुक्त, दुर्व्यसनमुक्त र समुन्नत समाज निर्माणका लागि युवाको आवाज, नेतृत्व र अर्थपूर्ण सहभागिता अपरिहार्य छ। साझा आकांक्षालाई साझा जिम्मेवारीमा बदल्दै सकारात्मक परिवर्तनतर्फ अघि बढौँ। ✊🌿

🌱 Nothing About Us, Without Us: GEDSI and Youth Perspectives for Climate Justice in Nepal 🌍✊🏽WOREC Nepal is pleased to c...
15/08/2026

🌱 Nothing About Us, Without Us: GEDSI and Youth Perspectives for Climate Justice in Nepal 🌍✊🏽
WOREC Nepal is pleased to contribute to LCOY Nepal 2026 as a GEDSI Partner, creating meaningful space for diverse voices, lived experiences, and youth perspectives in shaping Nepal’s climate action.
As a panelist in the session “Nothing About Us, Without Us: GEDSI and Youth Perspectives for Climate Justice in Nepal,” We are honoured to bring a Gender Equality, Disability and Social Inclusion (GEDSI) perspective to the conversation on climate change and climate justice.WOREC Nepal × LCOY Nepal 2026

Address

Balkumari
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97715186073

Alerts

Be the first to know and let us send you an email when WOREC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to WOREC:

Shortcuts

Share