16/05/2026
नयाँ नेतृत्व आएको २/३ महिना पनि भएको छैन। तर मानिसहरूले हरेक कुरामा नकारात्मक टिप्पणी गर्न थालिसकेका छन्।
दशकौं देखि पालैपालो सत्ता चलाउने दलहरूको कार्यकालमा नेपाल झन् झन् खोक्रो बन्दै गयो। तर अहिलेको सरकार आएको भर्खरै हो। केही राम्रो गर्ने सोचका साथ उनीहरू अघि बढ्ने प्रयासमा छन्।
कम्तीमा केही समय त धैर्यतापूर्वक हेरौं। हरेक काममै विरोध गर्नु आवश्यक छैन। प्रतिपक्षले पनि सही काममा साथ दिऊन्, गलत भयो भने त्यतिबेला खबरदारी गर्न ठीक हुनेछ।
अबको ६ महिना वा एक वर्षपछि मूल्यांकन गरौंला। आत्तिनु आवश्यक छैन। सरकारलाई काम गर्न दिऔं।
#नयाँसरकार #धैर्यता #नेपालीराजनीति #कामगर्नदिऔं