22/08/2026
बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा आज भदौ ६ गते शनिबार नेपाल जापान बालपुस्तकालय, लैनचौरमा १२ जना बालसाहित्य स्रष्टाले जनावरलाई पात्र बनाई लेखेका बालकथाको समीक्षा कार्यक्रम सम्पन्न भयो । ती कथा गत वैशाखमा आयोजित कथा लेखन कार्यशालामा लेखिएका थिए । जनावरप्रति माया, संरक्षण र करुणा विकास गर्न लेखिएका कथाले धरती सबैको हो र सबै जीवजन्तुले यस पृथ्वीमा निर्धक्क बाँच्न पाउनु पर्छ भन्ने विषयवस्तुको उठान गरेका छन् ।