27/03/2026
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू तथा उहाँको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का सम्पूर्ण माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं 🇳🇵
जनताको अथाह आशा र अटल भरोसा तपाईंहरूमाथि रहेको छ। निर्वाचनमार्फत अभिव्यक्त जनादेशअनुसार सुशासन, दिगो विकास, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय तथा ऐतिहासिक उपलब्धिहरू हासिल होऊन् भन्ने हार्दिक कामना व्यक्त गर्दछौं।
पद ग्रहणसँगै आउने जिम्मेवारी र चुनौतीहरूलाई साहस, इमान्दारिता र दृढ प्रतिबद्धताका साथ सफलतापूर्वक सामना गर्दै प्रभावकारी, पारदर्शी र उत्तरदायी शासन प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
नयाँ ऊर्जा, दूरदृष्टि र दृढ संकल्पका साथ राष्ट्रलाई समुन्नत, समावेशी र आत्मनिर्भर दिशातर्फ अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गर्दछौं। जनताको भरोसालाई सम्मान गर्दै देशलाई स्थिरता, शान्ति र प्रगतितर्फ डोर्याउनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू तथा उहाँको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्का सम्पूर्ण माननीय मन्त्रीज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं 🇳🇵
जनताको भरोसाअनुसार सुशासन, विकास, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीयब्धि हासिल होऊन् भन्ने कामना गर्दछौं। प्रभावकारी, पारदर्शी र उत्तरदायी शासनमार्फत देशलाई समुन्नत दिशातर्फ अघि बढाउनुहोस् भन्ने अपेक्षा छ।
सामाजिक सेवा समूह फाउन्डेशन नेपाल परीवार ।