Mamaghar Anathalaya Ashram

Mamaghar Anathalaya Ashram Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mamaghar Anathalaya Ashram, Nonprofit Organization, Badegaun, Godawari, Lalitpur.

06/10/2026
सेवा नै धर्म हो हार्दिक धन्यवाद तथा नमन 🙏🙏🌹🌹🎉🎉आज मिति २०८३ आश्विन १५ गते का दिन बागमती प्रदेश ललितपुर जिल्ला ललितपुर महा...
01/10/2026

सेवा नै धर्म हो
हार्दिक धन्यवाद तथा नमन 🙏🙏🌹🌹🎉🎉
आज मिति २०८३ आश्विन १५ गते का दिन बागमती प्रदेश ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर २३ निवासी समाजसेवी व्यक्तित्व आदरणीय अनुपा भण्डारीज्यूले श्री आश्विन जलानज्यूको पच्चीसौँ जन्मदिनको सु अवसरमा आश्रममा रहेका अभिभावकविहीन बालबालिकाहरूको लागि भोजन पश्चात रु २१०००/-(२१ हजार रुपैयाँ) नगद र स्टेसनरी शैक्षिक सामग्री मिठाई र केक काटेर जन्मोत्सव मनाउनुभएको हुँदा आश्रम परिवार हार्दिक धन्यवाद तथा नमन प्रकट गर्दछौं।
समाजसेवी व्यक्तित्व आदरणीय दिजु अनुपा भण्डारीज्यूले आश्रमका लागि पटकपटक जन्मदिन तथा सहयोग पुर्‍याउनुभएको हुँदा आज पनि उहाँले यस आश्रममा आएर आश्विन जलानज्यूको जन्मदिनको शुभ अवसरमा मनाउनुभएको हुँदा उहाँको जन्मदिनको लाखौं लाख शुभकामना। व्यक्त गर्दै विगतमा उहाँले अध्ययनको सिलसिलामा विभिन्न देश विदेश गई शिक्षा हासिल गरी स्वदेशमा पिताजीको कारोबार वर्ल्लिङ सम्हाल्दै रहनुभएको हुँदा उहाँको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले चालेका प्रत्येक पाइलाहरू सफल होस् भन्दै श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं 🙏🙏🌹🌹🎉🎉
मामाघर अनाथलय सपोर्ट एण्ड केयर सेन्टर
बाडेगाउँ १४ गोदावरी ललितपुर

सेवा नै धर्म हो हार्दिक धन्यवाद तथा नमन 🙏🙏🌹🌹🎉🎉   आज मिति २०८३ आश्विन ११ गतेका दिन दार्चुला जिल्ला शैल्य शिखर नगरपालिका व...
27/09/2026

सेवा नै धर्म हो
हार्दिक धन्यवाद तथा नमन 🙏🙏🌹🌹🎉🎉
आज मिति २०८३ आश्विन ११ गतेका दिन दार्चुला जिल्ला शैल्य शिखर नगरपालिका वार्ड नम्बर ९ गोकुलेश्वर मा जन्म भई कर्मको सिलसिलामा हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर १४ हाडीगाउँ स्थित मालिकार्जुन फार्मेसीका स्वास्थ्यपक स्वास्थ्यकर्मी बिरामीहरूका लागि दिनरात नभनी सेवा सुविधा दिनुहुने हाम्रा अग्रज व्यक्तित्व श्री पवन राज बिष्टज्यूको २३ औँ जन्मदिनको पावन अवसरमा आश्रममा रहेका बालबालिकाहरूको लागि भोजन गराउनुभएको हुँदा मामाघर आश्रम परिवार हार्दिक धन्यवाद तथा नमन प्रकट गर्दछौं।
साथै पवन राज बिष्टज्यूको स्वास्थ्य लाभको कामना गर्दै उहाँले गर्नुभएको स्वास्थ्य सम्बन्धी सेवालाई सधैं मामाघर अनाथलय आश्रम परिवारमा पनि साथ सहयोग सधैंभरि रहिरहोस् भन्ने कामना गर्दै श्री पशुपतिनाथसँग उहाँले आटेका सोचेका सम्पूर्ण कामनाहरु पुरा हुन् भन्दै मामाघर आश्रम परिवार हार्दिक धन्यवाद तथा नमन प्रकट गर्दै उहाँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दछौं। 🙏🙏🙏🌹🌹🎉🎉
मामाघर अनाथलय सपोर्ट एण्ड केयर सेन्टर
बाडेगाउँ १४ गोदावरी ललितपुर

🙏 सोह्र श्राद्धको समयमा आफ्ना पितृको तिथिको अवसर पारेर आश्रमका नानीबाबुहरुलाई भोजन, प्रसाद खुवाउन चाहनुहुने महानुभावहरुल...
27/09/2026

🙏 सोह्र श्राद्धको समयमा आफ्ना पितृको तिथिको अवसर पारेर आश्रमका नानीबाबुहरुलाई भोजन, प्रसाद खुवाउन चाहनुहुने महानुभावहरुले सम्पर्क गर्न सक्नुहुनेछ।

मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर, नेपाल
ठेगाना: गोदावरी न. पा. - १४, बाँडेगाउँ, ललितपुर
सम्पर्क नम्बर: 9851357009, 9802370083

Address

Badegaun, Godawari
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Mamaghar Anathalaya Ashram posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share