23/07/2026
नेपाल उद्योग वाणिज्य महासघं बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिसँग परिचयात्मक छलफल तथा अन्तरक्रिया सम्पन्न।
उद्योग–व्यवसायको वर्तमान अवस्था, दिगो विकासका लागि आवश्यक वातावरण र सरकारको औद्योगिक नीति कार्यान्वयनमा निजी क्षेत्रको सहभागिताबारे सार्थक छलफल भयो।
नवनिर्वाचित अध्यक्ष श्री वेदबहादुर श्रेष्ठज्यू तथा सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना।
गोदावरी उद्योग वाणिज्य सघं व्यवसायीहरूको हकहित, व्यवसायमैत्री वातावरण र सशक्त प्रतिनिधित्वका लागि यस्ता अन्तरक्रियालाई प्राथमिकता दिँदै आएको छ। आगामी दिनमा पनि दिगो आर्थिक विकासका लागि प्रतिबद्ध रहनेछौँ।