Nagdaha United Club

Nagdaha United Club Its a local social club located at Lalitpur Municipality Ward no. 24, Dhapakhel ,Maligaon.

यहीँ आउदो शुक्रबार श्रावण २५ गते नागपन्चमीको दिन ललितपुर, धापाखेलमा अवस्थित नागदहमा मेलामा पाल्नु हुन सबैमा हार्दिक अनुर...
07/08/2024

यहीँ आउदो शुक्रबार श्रावण २५ गते नागपन्चमीको दिन ललितपुर, धापाखेलमा अवस्थित नागदहमा मेलामा पाल्नु हुन सबैमा हार्दिक अनुरोध गर्दछु। 🙏❤️

🏆we are the winners❤️
06/06/2023

🏆we are the winners❤️

Congratulations team for winning this TROPHY 🏆 &Thank you so much for organizing this Tournament Bluebird College❤️
06/06/2023

Congratulations team for winning this TROPHY 🏆
&Thank you so much for organizing this Tournament Bluebird College❤️

https://youtu.be/nko0rdEWekg
22/03/2023

https://youtu.be/nko0rdEWekg

The proliferation of invasive species is a major problem throughout the world. In Nepal, Jalkumbhi or water lettuce has taken over many water bodies. Wetland...

❤️❤️
15/01/2023

❤️❤️

Nagpanchami ❤️
02/08/2022

Nagpanchami ❤️

Pheasant Tailed Jacana (जल अप्सरा )was sighted first time in  Nagadaha on 25 June 2022. let's keep sustaining the habita...
19/07/2022

Pheasant Tailed Jacana (जल अप्सरा )was sighted first time in Nagadaha on 25 June 2022. let's keep sustaining the habitat. let's avoid the new construction.

By: Jaya Bhandari

नागदह , टौदह र पनौती जात्राको सम्बन्ध 🐍🐍हिजो राती ११:४०-१२:०० एकदम मज्जाले हावा हुरि सहित पानी पर्यो । म बिहान सबेरै Rai...
15/06/2022

नागदह , टौदह र पनौती जात्राको सम्बन्ध 🐍🐍

हिजो राती ११:४०-१२:०० एकदम मज्जाले हावा हुरि सहित पानी पर्यो । म बिहान सबेरै Rain Gauge हेर्न जाँदा ६० mm पानी परेको रहेछ। हावाहुरीले गर्दा मकैका बोटहरु र अन्य बिरुवाहरु ढलेका थिए, लर्किएका थिए। संयोगबस हिजो पनौती जात्रा परेको थियो ।

टौदहमा बासुकी नाग र नागदहमा नागिनको बासस्थान भनेर मैले सानैदेखि सुनेको थिएँ । हरेक बर्ष पनौतीको जात्रामा बासुकी नाग नागदह हुँदै जात्रा हेर्न जाने र फर्किने बेला नागदह मै बास बस्ने किंवदन्ती प्रख्यात छ।

पनौती जात्रामा नागदह हुँदै सवारी हुने बासुकी नाग जात्रा भन्दा केहि दिन पहिला नै प्रवेश गर्दछ । यो शिठी नःख भन्दा केहि आसपास दिनहरुमा पर्दछ । नाग प्रवेश संगै पनौती बजारभरी हावा हुरी सहित पानी पर्दछ । त्यसपछि बासुकी नाग हावा पानी हुरीसंगै पनौतीको गोरखनाथ डाँडामा बस्ने किम्बदन्ती हालसम्म छदैछ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए ।

नागदहमा हावा हुरि सहित बेस्सरी पानी पर्नु, पनौती को जात्रा हुनु , संयोग मात्र हो र?के तपाइँ यस्ता किंवदन्तीमा विश्वास राख्नुहुन्छ?

By-Manoj Mali

08/06/2022

एउटा विद्यार्थीले प्रधानाध्यापकसंग भन्यो ।
सर सर !हिंजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महंगो घड़ी हरायो ।
प्रधानाध्यापक : कहांबाट हरायौ
विद्यार्थी: यहीं कक्षा कोठाबाट हरायो सर !
प्रधानाध्यापक : कसरी हरायो?
विद्यार्थी: म टिफिन टाइममा घडी यहीं टेबुलमा राखेर बाहिर गएको थिए, आउंदा टेबुलमा घडी छैन सर !
प्रधानाध्यापक : त्यसोभए यो समय भित्र त कक्षा काेठामा तिमीहरू बाहेक अरू कोही आएका छैनन् ।
प्रधानाध्यापक ।: तिमीहरू सबै लाइनमा लाग । र, सबैले आ-आफ्नो आँखामा पट्टी बाँध । सबैले त्यसै गरे । प्रधानाध्यापकले सबैको पकेट छामे। एउटाको पकेटमा घडीभेटियो र घडी बुझाए ।

चोरी गर्ने केटा डरायो । उसले अब मैले चोरेको कुरा कक्षाभरी फैलन्छ भन्ने त्रासमा रह्यो । एकदिन दुईदिन गर्दै समय वित्यो । तर, उक्त कुरा फैलिएन । उनीहरू कलेज जीवन सिध्याएर आआफ्नो कर्ममा लागे ।
चोर्ने केटा ठूलो उद्योगको मालिक बन्यो । एक दिन उसलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त कार्यक्रममा आफ्नो प्रधानाध्यापक पनि आएका थिए । केटा प्रधानाध्यापकसंग गएर प्रधानाध्यापकलाई धन्यवाद ज्ञापन गर्दै भन्यो “आज म जो स्थानमा छु सर हजुरकै देन हो । म हजुरको त्यो गुन कहिल्यै भुल्ने छैन ।” प्रधानाध्यापक आश्चर्यमा पर्दै भने “मैले त्यस्तो के गरें र ? तिमी यो सब के भन्दैछौ ?” विद्यार्थीले भन्यो हजुरले त्यो दिन मैले चोरेकाे कुरा कसैलाई भनिदिनु भएन । र, म आज जिन्दा मात्र हैन, यो स्थानमा छु, त्योकुरा विद्यालयमा फैलिएकाे भए म त्यही दिन आत्महत्या गर्थें ।”
प्रधानाध्यापक आश्चर्यमा पर्दै भने: “त्यो केटा तिमी थियौ ?” विद्यार्थी फेरी आश्चर्यमा पर्दै भन्याे “सर ! हजुरले मलाई भुल्नु भयो ?”
प्रधानाध्यापक: मैले त्याे दिन तिमीहरू संगै मेरो आंखा पनि कालो पट्टीले बांधेको थिए । ताकि घडी लिने विद्यार्थी मैले नचिनु । म चाहन्थे कि मेरो विद्यार्थी मेरो नजरबाट नगिरोस् । यो कुरा सुनेर विद्यार्थी झन् आंखाभरी आँसु लिंदै प्रधानाध्यापकलाइ अंगालेर रोयो ।
गल्ती कसबाट हुंदैन? तर, आज हामी अरूको गल्ती खोज्दै हिंड्छौं । बनावटी कथा बनाएर पनि अरूकाे चरित्र हत्या गर्छौं। जबकि हामी कोही गल्ती नगर्नेमा पर्दैनौं। सबैले सानाे-ठूलो गल्ती गरि रहेका हुन्छौं । के कसैको गल्ती हामीले माफ़ गर्न सक्दैनौं ? गल्ती ढाक्न सक्दैनौं ?के सुध्रने माैका दिन सक्दैनौं ?

Address

Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779861596135

Website

Alerts

Be the first to know and let us send you an email when Nagdaha United Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share