Jansewa Youth Club-Central

Jansewa Youth Club-Central Jansewa Youth Club (JYC) is an youth organization/club based in
Mirchaiya municipality of Siraha. Frequently used Language of Mirchaiya is Maithali.

Mirchaiya formerly known as Ramnagar Mirchaiya is a municipality in Siraha District in the Sagarmatha Zone (Eastern Development Region) of south-eastern Nepal. The municipality was established on 18 May 2014 by merging the existing Rampur Birta, Malhaniyakhori, Radhopur, Ramnagar Mirchaiya, Phulbariya, Sitapur PraDa and Maheshpur Gamharia Village Development Committees.[1][2] At the time of the 20

17 municipality records, it had a population of approx. 52,000 people living in approx 8,496 individual households.[3] This is one of the main business markets for Katari and the southern part of the Siraha district. Raw material produced here includes padday, miazem, and sugar cane. However, People of this locality is well educated they can speak English, Nepali, Hindi and some other local language according to their ethnicity (language carry forward from ancient period). The famous festival of Mirchaiya is Durgapuja (Dashain,Vijaya Dashami), Jhanda Mela, Holi, Chhat puja, Shreepanchami, Dipawali. The mode of transportation mostly used include: bus, car, bike, bicycle, rickshaw, tempo, and mini bus.

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! यो नयाँ वर्ष तपाईंका लागि नयाँ आशा, नयाँ सोच र नयाँ सफलताको सुरुवात बनोस्। विगतका दुःख, पीडा र असफलतालाई पछाडि छोड्दै आगामी दिनहरूमा खुशी, शान्ति, स्वास्थ्य र समृद्धिले तपाईंको जीवन उज्यालो बनाओस्। तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख–समृद्धि र उन्नतिको कामना गर्दछौ। 🎉🎉❤️
Jansewa Youth Club-Central
JYC Mirchaiya-8
JYC Mirchaiya

आज मिति २०८२/१०/२६ गतेHelping Heart Nepal र जनसेवा युवा क्लबको संयुक्त सहकार्यमा मिर्चैया–०८, भगवतपुर निवासी श्री जिब्छा...
09/02/2026

आज मिति २०८२/१०/२६ गते
Helping Heart Nepal र जनसेवा युवा क्लबको संयुक्त सहकार्यमा मिर्चैया–०८, भगवतपुर निवासी श्री जिब्छा ठाकुरज्यूलाई सहयोग प्रदान गरिएको छ। उहाँको‌ दुबै मिर्गौला फेल भईसकेकोले आफ्नै घरमा बेड रेस्टको अवस्थामा उपचाररत हुनुहुन्छ।
यस कठिन परिस्थितिमा पीडित परिवारलाई केही राहत पुगोस भन्ने उद्देश्यले Helping Heart Nepal तथा जनसेवा युवा क्लबको पहलमा राशन वितरण कार्यक्रम सम्पन्न गरिएको हो।यस सामाजिक कार्यमा सहयोग, साथ र विश्वास प्रदान गर्नुभएकोमा Helping Heart Nepal प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। साथै, आगामी दिनहरूमा पनि जनसेवा युवा क्लबसँग सहकार्य गर्दै यस्ता मानवता र सेवामूलक कार्यहरूमा निरन्तर सहयोग प्राप्त हुने आशा व्यक्त गर्दछौँ।
अन्त्यमा, यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हृदयदेखि धन्यवाद।

हरेक वर्ष झै यस वर्ष पनि जनसेवा युवा क्लब ले श्री श्री १०८ श्री बसन्त पञ्चमीको पावन अवसरमा विद्याकी देवी माता सरस्वतीको ...
23/01/2026

हरेक वर्ष झै यस वर्ष पनि जनसेवा युवा क्लब ले श्री श्री १०८ श्री बसन्त पञ्चमीको पावन अवसरमा विद्याकी देवी माता सरस्वतीको पूजा गरेको छ।
Happy सरस्वती everyone
बिद्या कि देबि सरस्वती माता ले सधै सकारात्मक सोच र राम्रो बिचार मात्र भरिदिनुहोस र सधै सफल्ता नै सफल्ता मा जीवन अघि बढोस् ❤️
धन्यवाद
आयोजक
जनसेवा युवा क्लब परिवार
स्थान: रामजानकी मन्दिर मिर्चैया-८, भगवतपुर
Jansewa Youth Club-Central
JYC Mirchaiya

20/10/2025

जनसेवा युवा क्लबको तर्फबाट
सबै परिवारजन, शुभेच्छुक तथा मित्रहरूलाई हार्दिक मंगलमय शुभकामना —

यस शुभ दिपावली २०८२ को पावन अवसरमा तपाईंहरूको जीवनमा सुख, शान्ति, स्वास्थ्य, प्रेम र समृद्धि भरियोस्।
अन्धकारमाथि उज्यालोको जीतको प्रतीक यो दिपावलीले सबैको मनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा ल्याओस्।

दीपको उज्यालोले जस्तै तपाईंहरूको जीवन पनि खुशी र सफलताले उज्यालो बनोस्।
हामी सबै मिलेर उज्यालो, एकता र सहकार्यको बाटोमा अघि बढौं।

शुभ दिपावली २०८२! 🪔✨
— जनसेवा युवा क्लब, मिर्चैयाँ 🎉

♥️

आज मिति २०८२/०६/२९ गते, मिर्चैया नगरपालिका वडा नं. ०६, मटियार्बा  गाउँमा जनसेवा युवा क्लब मिर्चैया साखाको आयोजनामा “सर स...
15/10/2025

आज मिति २०८२/०६/२९ गते, मिर्चैया नगरपालिका वडा नं. ०६, मटियार्बा गाउँमा जनसेवा युवा क्लब मिर्चैया साखाको आयोजनामा “सर सफाइ कार्यक्रम” सम्पन्न गरिएको छ।
यस कार्यक्रममा गाउँका बासिन्दा, युवाहरु ,स्वस्तिक पाठशाला
र क्लबका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो। सर सफाइ कार्यक्रम अन्तर्गत गाउँका सडक, सामुदायिक स्थल र वरिपरीका फोहर फाल्ने ठाउँहरू सफा गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य गाउँलाई सफा, हरित र स्वस्थ बनाउने तथा जनतामा सरसफाइको चेतना जगाउने रहेको थियो।
जनसेवा युवा क्लबले यस किसिमका सामाजिक तथा वातावरणीय अभियानहरू आगामी दिनहरूमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

♥️

11/10/2025
आज मिति २०८२/०६/२५, शनिबारका दिन मिर्चैया नगरपालिका वडा नं. ०९, कमलदहामा जनसेवा युवा क्लब, मिर्चैयाको आयोजनामा वृक्षारोप...
11/10/2025

आज मिति २०८२/०६/२५, शनिबारका दिन मिर्चैया नगरपालिका वडा नं. ०९, कमलदहामा जनसेवा युवा क्लब, मिर्चैयाको आयोजनामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यस कार्यक्रमको उद्देश्य हाम्रो वातावरणलाई हरियाली बनाउने, प्रदूषण नियन्त्रण गर्ने र भविष्यका पुस्ताका लागि स्वस्थ वातावरण सृजना गर्ने रहेको थियो।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, समाजसेवी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सबैको सहयोग र उत्साहका कारण कार्यक्रम अत्यन्तै सुन्दर र शान्तिपूर्ण वातावरणमा सम्पन्न भयो।

जनसेवा युवा क्लब, मिर्चैयाले भविष्यमा पनि यस्तै सामाजिक, वातावरणीय र जनकल्याणका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागी सबैजनालाई हार्दिक धन्यवाद तथा आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोग रहने आशा व्यक्त गरिएको छ। 🌱🌿🌳

♥️

18/09/2025

Notice Regarding, Committee Dissolution and formation of new committee !

06/11/2024

Well decorated Ghats and streets of Bhagwatpur(Mirchaiya-8) for chhath pooja celebration 💗

30/10/2024

ज्योतिर्मय दीपावलीको पावन अवसरमा जनसेवा युवा क्लबको तर्फबाट यहाँ सम्पूर्णमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो दिवालीले तपाईंको जीवनमा नयाँ उत्साह, उमंग, र खुसी ल्याओस्। दीपावलीको उज्यालोले सम्पूर्ण समाजमा प्रेम, मेलमिलाप र आपसी सद्भाव फैलाओस् भन्ने कामना।
जनसेवा युवा क्लब परिवार❤️

JYC Mirchaiya-8
JYC Mirchaiya

Join us JYC Mirchaiya JYC Mirchaiya-8
12/10/2024

Join us
JYC Mirchaiya
JYC Mirchaiya-8

Address

Katari Chowk
Lahan
033

Alerts

Be the first to know and let us send you an email when Jansewa Youth Club-Central posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jansewa Youth Club-Central:

Share