Present And Former Liv. God Sri Ganesh Sri Bhairab Pres. Committee

Present And Former Liv. God Sri Ganesh Sri Bhairab Pres. Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Present And Former Liv. God Sri Ganesh Sri Bhairab Pres. Committee, Lagan Tole, Kathmandu.

ऐतिहासिक नेपालको मल्लकालमा प्रतिस्थापित जीवित देवी देवताहरुको श्री गणेश, श्री भैरव र श्री कुमारी प्रथा जुन विश्वकै एक मात्र जीवित देवी देवताहरुका रुपमा हाल आधुनिक काल भई गणतान्त्रीक मुलुकमा राज्य स्तरबाट धेरै नै महत्वका साथ अत्यन्त ठूलो स्थान दिइ आएको छ । बौद्ध र हिन्दु सम्प्रदाय विच धार्मिक सहिष्णुताको एक महत्वपूर्ण उपलब्धीको रुपमा प्रतिस्थापित हुँदै दिनानुदिन धार्मिक पर्यायको आधारशिलामा मात्र नभ

ई समग्रमा पर्यटन प्रबद्र्धनको समेत मुख्य आधार बन्दै आएको छ । यो जीवन्त परम्परा (प्रथा) अझ नेपालको राष्ट्रिय पर्व इन्द्रजात्रा पर्वका अवसरमा तिनै जीवित देवी देवताहरु क्रमशः श्री गणेश, श्री भैरव र श्री कुमारीको तीन दिन सम्म रथ यात्रा सञ्चालन गर्ने परम्परा रहेको छ । जहाँ राष्ट्रप्रमुख देखी देश विदेशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहन्छ । यो परम्पराले राष्ट्रको मौलिकतामा जीवन्तता दिन चीरकाल सम्म ठूलो भूमिका निर्वाह गरेको छ र गरिरहने छ । राष्ट्रको गौरव र अनुपम महिमा बोकेको नेपालको यो जीवित देवी देवता, श्री गणेश, श्री भैरव र श्री कुमारी प्रथा विश्वकै एक मात्र जीवन्त प्रथा हो । मल्ल काल देखि नै जीवित देवी देवताका रुपमा मान्यता प्राप्त यी तीनै देवी देवताहरु मध्ये स्थापना काल देखि नै श्री कुमारीको महिमा मात्र प्रचार प्रसार र व्यवस्थापन प्रकृया सुदृढ भएको पाइन्छ तर त्यसै प्रथाको दोश्रो पाटोका रुपमा रहेको श्री गणेश र श्री भैरवको महिमा एवं प्रचार प्रसार र व्यवस्थापन प्रकृया भने झन झन जटिल एवं दयनिय हुँदै गएको छ । जसको फलस्वरुप श्री गणेश र श्री भैरव जस्तो गरिमामयी पद हस्तान्तरण गरी लिन परिपक्व परिवार समेत निरुत्साहित भई परम्परा (प्रथा) नै लोप हुने होकी भन्ने डर प्रबल हुँदै गइरहेकोले यो परम्पराको व्यवस्थापनमा भएका समस्याहरुलाई अन्त्य गर्न र वर्तमान मात्र नभई भू.पु. श्री गणेश र श्री भैरवहरुलाई पनि आवश्यक व्यवस्थापन गर्न एवं वर्तमान र भु.पु. श्रीहरुको संरक्षण गर्ने लक्ष्य सहित भु.पु. श्री गणेश र श्री भैरवहरुलाई संस्था दर्ता ऐन २०३४ अन्तर्गत यस वर्तमान तथा भु.पु. जीवित श्री गणेश श्री भैरव संरक्षण समितिको आवश्यकता महशुुश गर्दै भु.पु. श्री गणेश र श्री भैरवहरु र वर्तमान श्रीहरुका प्रतिनिधिहरु एकबद्ध भई यसका लागि आवश्यक विधान तर्जुमा गरेका छौं ।

16/10/2025
पूर्व द्यः भाजु  श्री भैरव (इन्द्र बहादुर शाक्य) हामी बीच रहेनन् ।नेपालकाे एक जिवन्त परम्परा राजकीय जिवित श्री गणेश, श्र...
09/10/2025

पूर्व द्यः भाजु श्री भैरव (इन्द्र बहादुर शाक्य) हामी बीच रहेनन् ।

नेपालकाे एक जिवन्त परम्परा राजकीय जिवित श्री गणेश, श्री भैरव र श्री कुमारी परम्परालाई आफ्नाे बाल्यकाल राष्ट्रलाई समर्पित गर्दै वि.सं २००६ साल देखि २०१४ सम्म जीवित देवता श्री भैरवका रूपमा आसनमा विराजमान रहेका जिवन्त परम्पराका एक अभिन्न सदस्य, आजकाे दिन सम्म जिवित रहनुभएका पुर्व श्री गणेश र श्री भैरव मध्यका जेष्ठ पुर्व श्री भैरव, यस वर्तमान तथा भुपु जिवित देव श्री गणेश श्री भैरव संरक्षण समितिका संस्थापक श्रद्देय श्री इन्द्र बहादुर शाक्य (वि.सं १९९७- २०८२ साल) ज्यूकाे हिजाे साँझ दुखद निधन भएकाे समाचारले हामी सबै स्तब्ध भएका छाैं।

यस जिवन्त परम्पराकाे एक मेरूदण्ड तथा जिवन्त इतिहासका रूपमा रहेका उहाँकाे असामयिक अवसानले परिवार, समाज र सम्पूर्ण समुदायमा अपूरणीय क्षति पुगेको छ।

यस दुःखद घडीमा हामी दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। शोक सहन सक्ने धैर्य र शक्ति परिवारलाई प्राप्त होस् भन्ने हामी कामना गर्दछौं।

वर्तमान तथा भुपु जिवित देव श्री गणेश श्री भैरव संरक्षण समिति

श्री गणेश श्री भैरव खट व्यवस्थापन उप समिति
परिवार

18/02/2025

उपप्रमुख डंगोलको नेतृत्वमा पहिलो न्यायिक सम्मेलनः सम्मेलनको दस्तावेज ‘न्यायिक समिति दिग्दर्शन’

२०७९ सालको चैत १६ र १७ गते काठमाडौं महानगरपालिकाले न्यायिक समितिको ऐतिहासिक पहिलो राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा आयोजित उक्त सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा, २०७९ जारी गर्दै सम्पन्न भयो । त्यहि ऐतिहासिक सम्मेलनको गतिविधिको दस्तावेज ‘न्यायिक समिति दिग्दर्शन’ अहिले बजारमा आएको छ । सर्वोच्च अदालतकी न्यायधीश सपना मल्ल प्रधानले विमोचन गर्नुभएको १९८ पृष्ठको दस्तावेज यो दिग्दर्शन एउटा संग्रहणीय सामग्री बनेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश प्रकाशमानसिंह राउतलगायतको शुभकामना सन्देश रहेको यो पुस्तकमा चार खण्ड समावेश गरिएको छ ।
पहिलो खण्डलाई अग्रभाग भनिएको छ । अग्रभागमा न्यायिक समिति पहिलो सम्मेलन काठमाडौं, घोषणा, २०७९, न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन २०७९ को निर्णय र न्याय सम्पादनको स्थानीय अभ्यास प्राचीनकालदेखि न्यायिक समितिसम्म समावेश गरिएको छ ।

‘अवरणको भित्रि पृष्ठमा घडीको संकेतसहित विलियम सेक्सपियरको चर्चित भनाई ‘आज आज, भोलि भोलि भनी नटार, विलम्बले खतरनाक परिणाम निम्त्याउँछ’ राखिएको छ भने दोस्रो खण्डमा प्रस्तुतीकरणलाई समावेश गरिएको छ ।

प्रस्तुतीकरण खण्डमा क्षेत्राधिकार र विवाद निरुपणमा अपनाउनुपर्ने कार्यविधि, मेलमिलाप प्रक्रिया र प्रवर्धन, न्यायिक समितिको अवधारणा, क्षेत्राधिकार क्षेत्र र प्रचलन, न्यायिक निर्णयका अनिवार्य प्रक्रिया र कार्यविधि, मेलमिलाप र निर्णय कार्यान्वयनः संस्थागत प्रवन्ध र प्रक्रियालाई समावेश गरिएको छ ।
खण्ड–तीनमा सम्मेलनको औपचारिक शत्रमा व्यक्त धारणाहरु र अन्तिम खण्डमा सम्मेलनमा सहभागीको विवरण र तस्बिरहरु समावेश गरिएको छ ।
दिग्दर्शनमा राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै काठमाडौं महानगरपालिकाले न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन गरेर यसबाट प्राप्त निचोडलाई सबै स्थानीय तहको जानकारीमा पुर्याउन न्यायिक समिति दिग्दर्शन प्रकाशन गर्ने कुरा सराहनीय काम भएको उल्लेख गर्नुभएको छ । उहाँले न्यायिक समितिमा आउने उजुरी अनलाइन प्रणालीबाट दर्ता गर्ने, कामको थालनी गरेको, अनलाइन प्रणालीमा काम गर्न नसक्नेका लागि न्यायिक सहजकर्तामार्फत वडाबाट निःशुल्कसेवा दिन थालेको जस्ता कुराले न्यायिक संघीयतामा महानगरपालिका सिकाई विद्यालयका रुपमा उभिएको अनुभूति भएको पनि उल्लेख गर्नुृभएको छ ।
दिग्दर्शनमा प्रधानमन्त्री ओलीले पनि सन्देशमार्फत काठमाडौं महानगरपालिकाको न्यायिक समितिले अनुकरणीय र सिकाइयोग्य अभ्यास गरिरहेको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ । स्थानीय तहको न्यायिक क्षेत्राधिकार भित्रका विवाद वडाबाटै दर्ता वा दरपीठ गर्ने, महिला सञ्जालको अगुवाईमा मेलमिलापकर्ताबाट विवादका पक्षलाई मेलमिलाप गराउने जस्ता कार्य गर्नुलाई पनि महानगरपालिकाको उपलब्धि भन्नुभएको छ ।
न्याय महङ्गो छैन, न्याय प्राप्त गर्न समय लाग्दैन भन्ने नागरिकलाई महशुस गराउन महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमले ठूलो परिवर्तन ल्याउने विश्वास गरेको पनि उल्लेख गर्नुभएको छ ।
‘विपन्न, विपदमा परेका र यथार्थमा कानुनी सहायताको अपेक्षीहरुलाई काननु व्यवसायीबाट निःशुल्क कानुनी सेवा उपलब्ध गराउनु परिवर्तन ल्याउने मध्येको एउटा कार्यक्रम हो,’ उहाँले भन्नुभएको छ, ‘यसरी जनसाधारणमा न्यायको पहुँच बढाउन काम गरिरहेको काठमाडौं महानगरपालिकाको न्यायिक समितिले देशभरिका अन्य न्यायिक समितिलाई मार्गनिर्देश गर्ने खालको दिग्दर्शन प्रकाशन गरेर आफूसँग भएको ज्ञान, सीप र क्षमता उदारतापूर्वक बाँडेको छ ।’
उहाँले उपप्रमुख डंगोलको कामको खुलेर प्रसंशा गर्दै आउनु भएको छ । उहाँले सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र, त्यसमाथि भएका टिप्पणी र अनुभव प्रस्तुतिसँगै सामूहिक छलफलबाट आएको निष्कर्ष परिपक्क दस्तावेज हो भन्ने लागेको पनि उल्लेख गर्नुभएको छ ।
प्रधानन्यायधीश राउतले दिग्दर्शन प्रकाशनको कामलाई रचनात्मक काम भन्नुभएको छ ।
उहाँले काठमाडौं महानगरपालिकाले देशभरिका सम्पूर्ण स्थानीय तहका न्यायिक समितिहरुलाई आमन्त्रण गरी आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनबाट स्थानीय तहबीचको समन्वय र सहकार्यलाई प्रवदर्धन गर्दै आपसी सुसम्बन्धलाई सुदृढ बनाउन भूमिका निर्वाह गरेको महशुस गरेको उल्लेख गर्नुभएको छ ।
‘दिग्दर्शन स्थानीय न्यायिक समितिहरु, न्यायिक समितिका सरोकारवाला निकाय र पदाधिकारी एवं स्थानीय न्यायिक निकायबाट हुने न्याय सम्पादनको बारेमा जानकारी राख्न इच्छुक सबैका लागि महत्वपूर्ण दस्तावेज तथा अभिलेख बन्न सकोस् भन्ने कामना गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘न्यायिक समितिहरुको संस्थागत विकास र कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिमा देशैभरिका स्थानीय तह क्रियाशील छन् भन्ने विश्वास लिएको छु ।’

दिग्दर्शनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख डंगोललगायतले पनि आफ्नो धारणा प्रस्तुत गर्नुृभएको छ । साहले न्यायमा जनपहुँच बढाउन न्यायको स्थानीयकरण शीर्षकमा र उपप्रमुख डंगोलले वास्तविक न्यायका निम्ति न्यायिक समिति शीर्षकमा आफ्ना सन्देशहरु उल्लेख गर्नुभएको छ ।

30/10/2024

Address

Lagan Tole
Kathmandu

Telephone

9851231450

Website

Alerts

Be the first to know and let us send you an email when Present And Former Liv. God Sri Ganesh Sri Bhairab Pres. Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share