08/02/2026
नेपाल स्की संघले मुस्ताङ जिल्लाको बारागांउ मुक्तिनाथ क्षेत्रमा यहि २०८२ साल माघ २० गते देखि २४ गते सम्म प्रशिक्षण तथा ५ औं राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको छ। स्की संघले बारागांउ मुक्तिनाथ क्षेत्रमा ४ ठौं पल्ट आयोजना गरिएको हो। सन् २०२२ मा चौथौ राष्ट्रिय प्रतियोगिता आयोजना गरे पश्चात हिउँ को कारण ३ साल आयोजना हुन सकेन। हिजो शनिबार २४ गते सम्पन्न भएको ५औं स्की राष्ट्रिय प्रतियोगितामा ४० जना खेलाडी मध्ये १४ जना पुरुष र १० जना महिला खेलाडी मात्र प्रतियोगिताको लागि योग्य भएको थियो। प्रतियोगितामा बिजयी निम्नानुसार छन्:
पुरुष सिनियर
१. प्रथम - छेवाङ मिंग्युर तामाङ : रसुवा
२. दोश्रो- समिप लामिछाने: झापा
३. तेस्रो -पुन्दरीक पाण्डे -दोलखा
पुरूष जुनियर
१. प्रथम -सामदेन गेल्बु शेर्पा -दोलखा
२. दोश्रो - अर्थ सिं बोहरा - भक्तपुर
३. केसाड (keshang) गुरुङ- मुस्ताङ
महिला जुनियर
१ प्रथम: नयना शाक्य- काठमाडौं
२. दोश्रो - मेनका कुमारी आले- महोत्तरी
३. तेस्रो - आसिया तामाङ - काठमाडौं
महिला सिनीयर
१.प्रथम - संगिता लामा- नुवाकोट
२. दोश्रो- आयुशी महर्जन
पुरूष सिनियरमा प्रथम हुने छेवाङ मिंगुर तामाङ नेपालबाट सन् २०२५ मा दक्षिण कोरीयामा आयोजना भएको ४ औं विन्टर युथ ओलम्पिक खेलमा सहभागी भैसकेका खेलाडी हुन भने दोश्रो हुने समिप लामिछाने २०२५ मा चिनमा आयोजना भएको एसियन स्की प्रतियोगिता मा सहभागी भै सकेका खेलाडी हुन।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा नेपाल स्की संघका अध्यक्ष जीबन राम श्रेष्ठ र संघका उपाध्यक्षहरू शम्भु लामा, अन्जु भट्टराई , कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठ, बारागांउका मुखिया ग्याल्जेन गुरूङ ले गर्नु भएको थियो ।
उक्त अवसरमा नेपाल ओलम्पिक कमिटी तथा संघका अध्यक्ष जीबन राम श्रेष्ठ ले खेलाडी लाई बधाई ज्ञापन गर्दै नेपालको हिमाली जिल्ला मध्य स्की खेलको लागि सबैभन्दा उपयुक्त ठाउँ मुस्ताङ को मुक्तिनाथ क्षेत्र भएको हुँदा शितकालिन खेलको(winter sports )बिकास र बिश्वका शितकालिन खेल खेल्ने खेलाडीको लागि गन्तब्य बनाउन सकिने र यो क्षेत्र धार्मिक दृष्टिले पनि निकै प्रख्यात पबित्र भुमि पनि रहेको ले नेपालमा खेल पर्यटनको बिकास गर्न सकिने प्रचुर संभावना भएको हुंदा ब्यबस्थित पुर्बाधार बिकासको लागि प्रदेश सरकार र संघिय सरकारले ध्यान दिनु पर्ने बताउनु भयो। कार्यक्रमको संचालन संघका महासचिव बिजय श्रेष्ठ ले गर्नु भएको थियो।