Tamang Community Photo Gallery

Tamang Community Photo Gallery █ ║ ▌│█│ ║▌║││█║▌│║█
Welcome ! This is the official page for Tamang Community Photo Gallery! Tamang Community Photo Gallery

"Our Global Tamang Community !"
"Preserve & Promote Tamang Culture, Language, Religion, Tradition & Heritage!"
“घरमा परिवारसँग र तामाङ्गहरु भेट हुदा तामाङ्ग भाषमा बोल्ने बानि बसालौं, भाषा रहे हामी तामाङ्ग रहन्छं, हाम्रो तामाङ्ग पहिचान र अस्तित्व रहन्छ ।”
“तामाङ्ग साँस्कृति, भाषा, धर्म, भेषभूषा, साँस्कार र परम्पराको सम्रक्षणा र सम्बर्धन गरौं ।”
(Please Support us by sharing articles, photos etc..

.. as well as liking, commenting & Sharing with your friends.)
~ Tamang Community Photo Gallery Team


All rights reserved 2015.

के राजा फर्किन सम्भव छत?२४० बर्ष पुरानो राजतन्त्र २/४ जनाले चाहेर मात्रै फालिन सम्भव थियो त?१० बर्षे लामो जनयुद्द त्यसपछ...
31/03/2025

के राजा फर्किन सम्भव छत?२४० बर्ष पुरानो राजतन्त्र २/४ जनाले चाहेर मात्रै फालिन सम्भव थियो त?१० बर्षे लामो जनयुद्द त्यसपछिको १९ दिने जन आन्दोलन सम्झिदा पनि कहाली लाग्दो छ।

दोश्रो जनआन्दोलन २०६२/६३
नेपालको दोश्रो जनआन्दोलन २०६२ चैत्र २४ गते शुरु भएको थियो । यस आन्दोलनलाई १९ दिने आन्दोलन पनि भनेर चिनिन्छ । यसै आन्दोलनको बलले नै नेपालमा गणतन्त्र स्थापना भएको थियो । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले अचानक दलहरु माथि प्रतिवन्ध लगाउँदै सम्पूर्ण अधिकार आफूमा निहित राखे । बाबुको २०१७ सालको कदमको अनुसरण त गरे तर सुझबुझ वा पर्याप्त तैयारी गर्न सकेनन् । जसले गर्दा राजनैतिक दलहरु रुष्ट भए ।

तर राजनैतिक दलहरुका कृयाकलापबाट दिक्क भएका र माओवादीको हत्या र हिंसाबाट आजित भएका जनताहरु भने एक किसिमले खुशी भएका थिए । तर राजाको वरपर बसेर सल्लाह दिनेहरुले सही सल्लाह दिन सकेनन् । राजाका कदमका कारण राजनैतिक दलहरु माओवादी दलको निकट हुन पुगे । जसको परिणाम १४ महिना पछि घोषित संयुक्त आन्दोलन थियो । जसलाई दोश्रो जनआन्दोलनका नामले चिनिन्छ ।

२०६२ चैत्र २३ गतेको राती देखी देशका प्रमुख शहरहरुमा कर्फ्यूको घोषणा सरकारले गरिसकेको थियो । जनतामा एक प्रकारको त्रास जन्मिसकेको थियो । चैत्र २४ को बिहान देखी सरकारको धरपकड कार्यक्रम शुरु भयो भने जनताको आन्दोलनको तैयारी भयो । यहि पहिलो दिन नै सिराहामा निस्केको जुलुसमा गोली प्रहार हुँदा दर्शनलाल यादवको मृत्यु भयो । पहिलो दिन नै एक एक ब्यक्तिको मृत्युको समाचार आँधी झै फैलियो । देश भर आन्दोलनले उग्र रुप लिन पुग्यो ।

२६ गते ठाँउ ठाँउमा गोली प्रहार भयो । यसै दिन पोखरामा दुरसञ्चारको सुरक्षार्थ बसेको सैनिकले गोलि चलाउँदा पोखराका भिमसेन दाहालको मृत्यु भयो । २७ गते चितवनबाट समाचार आयो, २६ गते गोलि लागेर घाइते बनेकी तुलसा क्षेत्रीको निधन भयो भन्ने । यसै दिन बनेपामा पनि गोलि लागेर शिवहरी कुँवरको मृत्यु भयो ।

२८ गते आन्दोलनमा शहिद प्रति श्रद्धाञ्जलीको कार्यक्रम सहिद मञ्चमा राखियो । यसै दिन गोंगबु, चाबहिल एवं कलंकीमा गोलि प्रहार भएर निकै घाइते भए । चैत्र ३० गते नवलपरासीमा विष्णु पाण्डेको गोलि लागेर मृत्यु भयो । ३१ गते देशैभरका चिकित्सकहरुले आन्दोलन प्रति ऐक्यबद्धता जनाएर हातमा कालो पट्टी बाँधेर काममा लागे । १ गते देशमा चर्केको आन्दोलन तथा प्रहरीको अत्यधिक दमनले गर्दा संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानबाट राजालाइ बिपक्षी दलहरुसंग वार्ता गर्न अनुरोध गरे । २ गते देशैभरका शिक्षक संगठन प्याब्सन एनप्याब्सन लगायत अविभावक संघले आन्दोलनमा साथ दिएको घोषणा गरे ।

चैत ३ गते मन्त्रालय तथा अन्य कर्मचारी संगठनहरुले पनि आन्दोलनको समर्थनमा संयुक्त बक्तव्य निकाले । ४ गते आन्दोलन उग्र भयो भने राजाबाट पनि वार्ताको शुरुवात भयो । यसै दिन निजगढमा गोलि लागी हिरालाल गौतमको निधन भयो । ५ गते बैंकहरुले पनि बन्द गरे भने यसै दिन नेपालगञ्जमा सेतु बि।क।को गोलि लागेर मृत्यु भयो । ६ गते काठमाडौका जनताले १८ घण्टे कर्फ्यू झेले । यसै दिन झापामा भएको आन्दोलनमा गोलि लागेर राजन गिरी तथा सुरज विश्वकर्माको निधन भयो । ७ गते सरकार अझ कठोर बन्यो । यसै दिन काठमाडौमा बासु घिमिरे दिपक बि।क। तथा सगुन ताम्राकारको निधन भयो । साथै गुलरियामा यमलाल लामिछानेको पनि मृत्यु भयो । यसरी एकै दिन चार जना शहिद भए ।

८ गते राजाबाट कार्यकारिणी अधिकार जनतालाई फिर्ता गर्ने घोषणा गरे । तर ९ गते राजाको यस घोषणाको विरोधमा जनता फेरी सडकमा निस्किए । १० गते संविधानविदहरुले राजालाई संसद पूनर्स्थापना गर्न सकिने सुझाव दिए । बैशाख ११ गते राती साढे ११ बजे राजाबाट सातदलको माग पुरा गरे । सातदलको माग वमोजिमको घोषणा तथा संसद पूनर्स्थापनाको घोषणाले राती नै जनताले खुशियालीको जुलुस निकाले । यसरी चैत्र २४ देखी बैशाख ११ सम्मको १९ दिने जनआन्दोलन समाप्त भयो ।

जनताहरु बैशाख १२ गते सडकमा निस्किएर खुशियाली मनाउन थाले । यसरी आन्दोलनको समाप्ती पछि देशले छिट्टै निकास पाउने आशा जनतामा उब्जिएको थियो ।

Address

Kathmandu

Telephone

+60162846170

Website

Alerts

Be the first to know and let us send you an email when Tamang Community Photo Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tamang Community Photo Gallery:

Share