Shankhuwa Sabha Kathmandu Journalist's Association - SKAJ

Shankhuwa Sabha Kathmandu Journalist's Association - SKAJ Shankhuwa Sabha - Kathmandu Journalist Association

सबैलाई निमन्त्रणा , सम्बन्धितले यसैलाई निम्तो मान्नु होला।।।Invitation to all, Free Entry .
23/08/2025

सबैलाई निमन्त्रणा , सम्बन्धितले यसैलाई निम्तो मान्नु होला।।।Invitation to all, Free Entry .

हार्दिक बधाई   यस संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)का अध्यक्ष श्री शंकर खनाल नेपाल पत्रकार महासंघ इमेज च्या...
12/12/2024

हार्दिक बधाई

यस संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)का अध्यक्ष श्री शंकर खनाल नेपाल पत्रकार महासंघ इमेज च्यानल टेलिभिजन प्रतिष्ठानको अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

उद्वव भट्टराई
महासचिव

मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ वितरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । अग्रज पत्रकार तथा साहित्यकार संखुवासभ...
01/12/2024

मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ वितरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । अग्रज पत्रकार तथा साहित्यकार संखुवासभा चैनपुरका ज्ञान उदासलाई ताम्रपत्रसहित ५० हजार रुपैयामार्फत यस बर्षको सम्मान प्रदान गरिएको छ । उहाँलाई बधाई । कार्यक्रममा उपस्थित भएर हौसला बढाउनु हुने प्रमुख अतिथि माननीय जलस्रोत, उर्जा तथा सिंचाई मन्त्री दिपक खड्का, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मनराम प्रतिष्ठानका अध्यक्ष सुजनकुमार श्रेष्ठ, संरक्षक मनमाया श्रेष्ठ लगायत उपस्थित सबैमा हार्दिक धन्यवाद ।

एसकाज परिवार

मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णयसंखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्र...
26/11/2024

मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ ज्ञान उदासलाई दिने निर्णय

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन (एसकाज) र मनराम प्रतिष्ठानले संयुक्तरुपमा प्रत्येक बर्ष प्रदान गर्दै आएको मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०८१ यस बर्ष अग्रज पत्रकार ज्ञान उदासलाई दिने निर्णय गरेको छ ।

पत्रकारिता तथा साहित्यमार्फत समाजलाई लामो समयदेखि निरन्तर योगदान दिइरहेको भन्दै संखुवासभा चैनपुर नगरपालिका ६ हाल काठमाडौ बस्ने ८१ बर्षिया उदासलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

२००० साल मंशिर २४ गते वुवा स्व. श्री कृष्णप्रसाद उदास र आमा स्व.बालकुमारी उदासको कोखबाट जन्मिएका उदासलाई लामो समयदेखि निरन्तर पत्रकारिता तथा साहित्य क्षेत्रमा रही समग्र देश र संखुवासभा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानका साथ पुरस्कार वितरण गर्ने निर्णय गरिएको एसकाजका अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो ।
एसकाजका सल्लाहकार दुर्गा खनालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिले सिफारिस गरेको आधारमा एसकासले अग्रज पत्रकार उदासलाई पुरस्कार दिने निर्णय गरेको हो ।
२०३९ सालदेखि हालसम्म निरन्तर नयाँ खवर कागज साप्ताहिकको सम्पादक÷प्रकाशक भएर काम गरिरहनु भएका उदासले संखुवासभामा रहँदा र काठमाडौंमा हुँदा पत्रकारिता र साहित्य मार्फत योगदान पु¥याइरहनु भएको छ ।

उदासले ९ बटा साहित्यिक कृति प्रकाशन गरिसकनु भएको छ भने ४ वटा कृतिको सम्पादन गर्नु भएको छ । प्रेस काउन्सिल नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलबाट भर्खरै अग्रज पत्रकारिता पुरस्कार पाउनु भएका उदासले दर्जनौ सम्मान तथा पुरस्कार पाइसक्नु भएको छ ।

मनराम–एसकाज पत्रकारिता पुरस्कार आगामी शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच हस्तान्तरण हुनेछ ।

समाजसेवा तथा शैक्षिक क्षेत्रमा क्रियाशिल संस्था ‘मनराम फाउण्डेसन’ संग एसकाजले सहकार्य गरेर ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७३’ स्थापना गरेपछि पहिलो पुरस्कार पत्रकार गंगा विष्टलाई प्रदान गरिएको थियो । त्यसैगरी पत्रकार इन्द्र गिरी २०७४, पत्रकार दीपेन्द्र शाक्य २०७५, पत्रकार कृष्णराज शाक्य २०७६ लाई मनराम–एसकाज पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । ‘मनराम–एसकाज पत्रकारिता पुरस्कार–२०७७’ नवीन गुरुङ, प्रेमप्रसाद निरौलालाई २०७८’, मातृका तिमल्सिनालाई २०७९ र भोला गौलीलाई २०८० बाट सम्मानित गरिएको थियो ।

नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।
28/07/2024

नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।

संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन (एसकाज)ले आगामी कार्यकालका लागि शंकर खनालको अध्यक्षतामा नयाँ कार्यसमित.....

15/05/2024

संखुवासभा समाज कतारले ‘खुशी कला र स्वस्थ जीवनशैली’ प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । योग एवम् आहार विशेषज्ञ तथा...

हार्दिक बधाई शुभकामना   Banking तर्फ "CEO of the year" बाट सम्मानित हुनु भएकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख ...
14/10/2023

हार्दिक बधाई शुभकामना

Banking तर्फ "CEO of the year" बाट सम्मानित हुनु भएकोमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) संखुवासभा चैनपुर निवासी श्री किरण कुमार श्रेष्ठज्यू लाई हार्दिक बधाई शुभकामना व्यक्त गर्दछौ।

संखुवासभा काठमाडौ जर्नलिस्ट एशोसिएशनए(एसकाज)

https://sajhakura.com/
25/09/2023

https://sajhakura.com/

यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीले पाउनु हुने भएको छ । २०५० स.....

https://yohokhabar.com/2023/09/93444/
25/09/2023

https://yohokhabar.com/2023/09/93444/

काठमाडौँ– यस बर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पुराना पत्रकार भोलानाथ गौलीले पाउनु हुने भएक.....

Address

Babarmahal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shankhuwa Sabha Kathmandu Journalist's Association - SKAJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share