Brahmakumaris Nepal

Brahmakumaris Nepal Raj Yoga meditation is a method of relaxing, refreshing and clearing the mind and heart. Meditation enables an integration of your spiritual identity.

28/09/2026

Brahmakumaris Jurist Wing annual retreat and meeting@ Brahmakumaris Nagarkot

Highlight of “Calm in Crisis” Youth Camp at Brahmakumaris Gongabu.
27/09/2026

Highlight of “Calm in Crisis” Youth Camp at Brahmakumaris Gongabu.

26/09/2026

Highlight of “Calm in Crisis” Youth Camp at Brahmakumaris Gongabu.

⚖️ मूल्यमा आधारित न्यायका लागि एकदिवसीय सम्मेलन सम्पन्नकाठमाडौं, २५ सेप्टेम्बर २०२६ ब्रह्माकुमारीज राजयोग एजुकेसन एण्ड र...
25/09/2026

⚖️ मूल्यमा आधारित न्यायका लागि एकदिवसीय सम्मेलन सम्पन्न

काठमाडौं, २५ सेप्टेम्बर २०२६
ब्रह्माकुमारीज राजयोग एजुकेसन एण्ड रिसर्च फाउन्डेशन, जुरिस्ट विङ, आबूराज भारत एवं ब्रह्माकुमारीज राजयोग सेवा केन्द्र काठमाडौंको संयुक्त आयोजनामा “शान्तिपूर्ण समाजका लागि मूल्यमा आधारित न्याय” (Value Based Justice for Peaceful Society) विषयक एकदिवसीय सम्मेलन सम्पन्न भयो।
कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीश महेश शर्मा पौडेल, पूर्व गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा. विजय मिश्र, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जुरिस्ट विङकी अध्यक्ष राजयोगिनी पुष्पा दिदी, राष्ट्रिय संयोजक राजयोगिनी लता अग्रवाल दिदी लगायतले न्याय क्षेत्रमा आध्यात्मिकता, मानवीय मूल्य, सत्यनिष्ठा र सद्विवेकको महत्त्वबारे विचार व्यक्त गर्नुभयो।
ब्रह्माकुमारीज नेपालकी निर्देशक राजयोगिनी डा. राज दिदीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा न्यायाधीश, रजिस्ट्रार, वरिष्ठ अधिवक्तालगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। नेपाली संगीत तथा सांस्कृतिक नृत्य प्रस्तुतिसहित सम्मेलन प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।

ब्रह्माकुमारीज जुरिस्ट विंगको सेवाअर्थ नेपाल पाल्नुभएका राजयोगिनी पुष्पा दिदीज्यू, लता दिदीज्यू लगायत सम्पूर्ण अतिथिहरूल...
24/09/2026

ब्रह्माकुमारीज जुरिस्ट विंगको सेवाअर्थ नेपाल पाल्नुभएका राजयोगिनी पुष्पा दिदीज्यू, लता दिदीज्यू लगायत सम्पूर्ण अतिथिहरूलाई ब्रह्माकुमारीज नेपाल परिवारको तर्फबाट हार्दिक स्वागत 🙏✨

ब्रह्माकुमारीज नेपाल युवा प्रभाग, काठमाण्डौद्वारा ब्रह्माकुमारीज गोंगबुमा Mind Spa, Spiritual conversation, Chanting Med...
19/09/2026

ब्रह्माकुमारीज नेपाल युवा प्रभाग, काठमाण्डौद्वारा ब्रह्माकुमारीज गोंगबुमा Mind Spa, Spiritual conversation, Chanting Meditation, Calm in Crisis लगायतका कार्यक्रम गरी सम्पन्न ...

✨सकारात्मक सोच, आत्मविश्वास र आन्तरिक शान्तिको बीजारोपण गर्ने उद्देश्यले Sangri-La Public School का विद्यार्थीहरूसँग ब्र...
09/09/2026

✨सकारात्मक सोच, आत्मविश्वास र आन्तरिक शान्तिको बीजारोपण गर्ने उद्देश्यले Sangri-La Public School का विद्यार्थीहरूसँग ब्रह्माकुमारीज अत्तरखेलमा “Life is Beautiful” कार्यक्रम सम्पन्न ... 💫

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपाल द्वारा रु १,०१,००,०००/- (अक्षरेपी एक करोड एक लाख मात्र...
07/09/2026

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपाल द्वारा रु १,०१,००,०००/- (अक्षरेपी एक करोड एक लाख मात्र) प्रदान गरिएको छ ।

रसुवाको भोटेकोशीमा आएको भिषण बाढीका कारण प्रभावित भएका परिवारहरूका साथै प्रभावित क्षेत्र पुनर्निर्माणका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी ब्रह्माकुमारी किरण दिदीज्यूद्वारा प्रधानमन्त्री राहत कोषमा चेक जम्मा हुने गरी माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई हस्तान्तरण गरिएको छ ।
उक्त सेवा रकम जम्मा गर्नका लागि सहयोग गर्नुहुने देश विदेशका समस्त ब्रह्माकुमार/ब्रह्माकुमारी तथा आस्थावान श्रद्धालुहरूलाई हार्दिक धन्यवाद ।

ॐ शान्ति, 🕊️🪔आज मिति २०८३ साल भाद्र २० गते, शनिबार, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौं, नेपालको आयोजनामा गत भदौ...
05/09/2026

ॐ शान्ति, 🕊️🪔
आज मिति २०८३ साल भाद्र २० गते, शनिबार, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, काठमाडौं, नेपालको आयोजनामा गत भदौ १० गते त्रिशूली तथा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तथा विपद्बाट प्रभावित सम्पूर्ण पीडित आत्माहरूको शान्ति, शक्ति र कल्याणका लागि विशेष शान्तिको दान कार्यक्रम सम्पन्न गरिएको छ।

श्रद्धाञ्जली सभामा करिब १००० जना ब्रह्माकुमारी तथा ब्रह्माकुमार दाजुभाइ–दिदीबहिनीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामूहिक रूपमा दीप प्रज्ज्वलन, ओम् ध्वनि तथा विशेष राजयोग ध्यानमार्फत मनसा सेवा गर्दै दिवंगत आत्माहरूको शान्ति एवं पीडित परिवारहरूमा शक्ति, धैर्य र आशाको दिव्य प्रकम्पन फैलाउने आध्यात्मिक संकल्प गरिएको थियो।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनु भएका सम्पूर्ण आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, यस विपद वाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र पुनःस्थापना, आत्मबल र कल्याणका लागि राजयोगको माध्यमबाट शान्ति, शक्ति र सकारात्मक ऊर्जाको प्रकम्पन निरन्तर प्रदान गरिरहने संकल्प गर्दछौँ।

दिवंगत आत्माहरूमा शान्ति होस्।
पीडित आत्माहरूमा शक्ति र साहस भरियोस्।
सम्पूर्ण विश्वमा शान्ति, सद्भाव र करुणाको प्रकाश फैलियोस्। 🕊️🪔

ॐ शान्ति।

आज मिति २०८३ भाद्र १६ गते, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको विशेष पहलमा नुवाकोटको विदुर नगरपालिका–२ मा हालै आए...
01/09/2026

आज मिति २०८३ भाद्र १६ गते, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको विशेष पहलमा नुवाकोटको विदुर नगरपालिका–२ मा हालै आएको विनाशकारी बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित दिदीबहिनी तथा दाजुभाइहरूका लागि राहत सामग्री वितरण तथा भोजन सेवा प्रदान गरियो।

यस मानवीय सेवाकार्यमा सहयोग तथा साथ दिनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक साधुवाद एवं आभार व्यक्त गर्दछौँ। 🙏

साथै, ब्रह्माकुमारीज नेपाल परिवारको तर्फबाट प्रधानमन्त्री राहत कोषमा सहयोग संकलन गर्ने कार्य निरन्तर जारी रहेको जानकारी गराउँदछौँ।

विपद्को घडीमा एकता, सहयोग र सेवाभाव नै हाम्रो शक्ति हो।

Address

Brahmakumaris Margh, Jyatha, Thamel
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 19:00
Tuesday 06:30 - 19:00
Wednesday 06:30 - 19:00
Thursday 06:30 - 19:00
Friday 06:30 - 19:00
Saturday 06:30 - 19:00
Sunday 06:30 - 19:00

Telephone

+97715904858

Alerts

Be the first to know and let us send you an email when Brahmakumaris Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Brahmakumaris Nepal:

Shortcuts

Share