Tamang Rho

Tamang Rho Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tamang Rho, Community Organization, Kathmandu.
(1)

यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला । यो पेज विशेष गरी तामाङ समुदायको कला, संस्कृति तपाईहरु सामु ल्याउन बनाइएको हो । सम्पूर्ण तामाङ बन्धुहरुलाई स्वागत गर्न चाहन्छौँ । यस पेजमा अपलोड गरिएको कुनै Content मा आपत्ति भएमा कृपया हामीलाई Message गरिदिनुहोला ।

🚨 अत्यन्त जरुरी सूचना — सम्पर्कविहीन व्यक्ति खोजीमा सहयोगको अपिल 🚨🙏 कृपया सक्दो SHARE गरिदिनुहोला।प्रहरी सहायक हवल्दार न...
29/08/2026

🚨 अत्यन्त जरुरी सूचना — सम्पर्कविहीन व्यक्ति खोजीमा सहयोगको अपिल 🚨

🙏 कृपया सक्दो SHARE गरिदिनुहोला।

प्रहरी सहायक हवल्दार निर्मल लामा तामाङ हाल सम्पर्कविहीन हुनुभएको हुँदा उहाँको परिवार, आफन्त तथा शुभचिन्तकहरू अत्यन्त चिन्तित हुनुहुन्छ।

👤 नाम: निर्मल लामा तामाङ
👮 पद: प्रहरी सहायक हवल्दार
🏢 कार्यरत कार्यालय: इलाका प्रहरी कार्यालय, ठिमुरे
🏠 स्थायी घर: धादिङ

उहाँसँग हाल सम्पर्क हुन नसकिरहेकोले उहाँको खोजी भइरहेको छ। उहाँलाई कसैले कतै देख्नुभएको छ वा उहाँको अवस्थाबारे कुनै पनि जानकारी प्राप्त भएको छ भने कृपया तुरुन्त तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

📞 सम्पर्क नम्बर: ९८६५१७९९५२
📞 आफन्त (बहिनी): ९८६२५८५१६७

सानोभन्दा सानो जानकारीले पनि उहाँलाई सकुशल फेला पार्न ठूलो सहयोग पुग्न सक्छ। 🙏

🙏 कृपया यो पोस्टलाई धेरैभन्दा धेरै SHARE गरी उहाँको खोजी कार्यमा सहयोग गरिदिनुहोस्। तपाईंको एउटा SHARE ले यो सूचना सही व्यक्तिसम्म पुर्‍याउन सक्छ।

#सम्पर्कविहीन #निर्मललामातामाङ #खोजीमा_सहयोग #धादिङ #ठिमुरे

26/08/2026
21/08/2026

🌽🐒 ग्याबक दाइको घोगामै बाँदरको आँखा! 😂
एकले टिप्यो, दुईले खायो…
ग्याबक दाइ हेरेको हेर्‍यै! 🤣🤣

अब भन्नुस्—मकै चोर को हो? 😂👇

#ग्याबक #ग्याबककोमकैबारी #बाँदर

21/08/2026

🌽🐒 थिङ्गको मकैबारीमा बाँदरको भोजभतेरी! 😂
मकै खायो पेटै भरी, अब भाग्ने पालो थिङ्गको! 🤣🌽
थिङ्ग दाइ, मकै जोगाउनु है! 😂

#थिङ्गकोमकैबारी #मकैबारी #बाँदरकोभोज

26/07/2026

👤 Name: Nepali culture
📲 TikTok ID:

👇 तपाईंलाई कस्तो लाग्यो यो रमाइलो Tamang प्रस्तुति?
Like ❤️, Comment 💬 र Share 📲 गरेर संस्कृतिको माया फैलाऔँ!

23/07/2026

Proud to be Tamang
Video by

डम्बर तामाङलाई तत्काल रिहा गरियोस्सुकुम्बासी नागरिकको पीडा बोल्नु अपराध होइन। आफ्नो बासस्थान, जीविका, शिक्षा, स्वास्थ्य ...
30/06/2026

डम्बर तामाङलाई तत्काल रिहा गरियोस्

सुकुम्बासी नागरिकको पीडा बोल्नु अपराध होइन। आफ्नो बासस्थान, जीविका, शिक्षा, स्वास्थ्य र सम्मानका विषयमा आवाज उठाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। कीर्तिपुर होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले महिनौँदेखि कठिन र अमानवीय अवस्थाको सामना गरिरहेको गुनासो गरिरहेका छन्। पर्याप्त खाना, सरसफाइ, स्वास्थ्य सेवा, रोजगारी र बालबालिकाको पढाइसमेत प्रभावित भएको अवस्थामा उनीहरूको आवाज सुन्नु राज्यको जिम्मेवारी हो।

डम्बर तामाङले होल्डिङ सेन्टरको वास्तविक अवस्था सार्वजनिक गर्न खोजेका हुन् भने त्यो अपराध होइन, जनताको पीडा बाहिर ल्याउने प्रयास हो। यदि नागरिकले आफ्ना समस्या सुनाउँदा नै राज्यले पक्राउ र दमनको बाटो अपनाउँछ भने लोकतन्त्र कमजोर हुन्छ। लोकतन्त्रको वास्तविक परीक्षा भनेको आलोचना सहन सक्ने क्षमता हो।

सरकारी जग्गा व्यवस्थापन गर्ने अधिकार राज्यसँग हुन सक्छ, तर विकल्प बिना गरिब नागरिकलाई सडकमा पुर्‍याउनु न्याय होइन। राज्यले कानुन लागू गर्दा सबैका लागि समान व्यवहार गर्नुपर्छ। कानुन न्यायको साधन हुनुपर्छ, शक्तिशालीको हतियार होइन।

त्यसैले नेपाल सरकार, सम्बन्धित निकाय र मानवअधिकार आयोगसँग हाम्रो स्पष्ट माग छ:

डम्बर तामाङलाई तत्काल रिहा गरियोस्।
यदि उनीमाथि कुनै आरोप छ भने पारदर्शी, निष्पक्ष र कानुनी प्रक्रिया अपनाइयोस्।
सुकुम्बासी नागरिकहरूलाई दमन होइन, वैकल्पिक बसोबास, रोजगारी र सम्मानजनक जीवनको सुनिश्चितता गरियोस्।
कीर्तिपुर होल्डिङ सेन्टरको वास्तविक अवस्था तत्काल अनुगमन गरी मानवीय व्यवस्था मिलाइयोस्।

गरिबको आवाज दबाएर समस्या समाधान हुँदैन। सरकारको काम जनताको पीडा सुन्नु हो, आवाज उठाउने नागरिकलाई अपराधी बनाउनु होइन।
बोल्नु अपराध होइन।
न्याय माग्नु अपराध होइन। डम्बर तामाङलाई रिहा गरियोस्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tamang Rho posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share