Non-Resident Nepali Association - NRNA

Non-Resident Nepali Association - NRNA Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.

शिक्षामन्त्रीसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, विदेशमा अध्ययनरत विद्यार्थी, दोस्रो पुस्ता र ज्ञान आदान–प्रदानका विषयमा छ...
06/08/2026

शिक्षामन्त्रीसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, विदेशमा अध्ययनरत विद्यार्थी, दोस्रो पुस्ता र ज्ञान आदान–प्रदानका विषयमा छलफल
गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुष्मित पोखरेलसँग शिष्टाचार भेट गरी शिक्षा, गैरआवासीय नेपाली तथा ज्ञान–सीप आदान–प्रदानसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत तथा रचनात्मक छलफल गरेको छ।
भेटका क्रममा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या, विदेश जानुअघि विद्यार्थीका लागि स्वास्थ्य तथा यात्रा बीमाको व्यवस्था, विदेशमा अध्ययनका क्रममा हुने आकस्मिक घटना तथा समस्यामा नेपाली दूतावासमार्फत प्रभावकारी समन्वय र सहजीकरणको आवश्यकता लगायतका विषयमा विस्तृत छलफल भएको थियो। साथै, विदेश अध्ययन प्रक्रियालाई थप व्यवस्थित, सहज र सुरक्षित बनाउन आवश्यक नीतिगत सुधारका विषयमा पनि विचार आदान–प्रदान गरिएको थियो।
छलफलमा गैरआवासीय नेपालीहरूको दोस्रो पुस्तालाई नेपालसँग थप सुदृढ रूपमा जोड्ने, उनीहरूले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र नवप्रवर्तनलाई नेपालको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा विशेष जोड दिइयो। मन्त्री पोखरेलले प्रतिभा पलायनभन्दा पनि दोस्रो पुस्ताका नेपाली युवालाई नेपालसँग जोडेर उनीहरूको ज्ञान र क्षमताको उपयोग गर्नु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।
प्रतिनिधिमण्डलले एनआरएनएको आगामी ग्लोबल नलेज कन्भेन्सन, अन्तर्राष्ट्रिय महिला सम्मेलन तथा दोस्रो पुस्ता (युवा) सम्मेलनबारे जानकारी गराउँदै मन्त्रालयसँग सम्भावित सहकार्यका विषयमा समेत छलफल गरेको थियो।
यसैगरी, प्रारम्भिक तहदेखि नै नैतिक शिक्षा, नेपाली भाषा, संस्कृति तथा मूल्य–मान्यतामा आधारित शिक्षालाई प्रभावकारी बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो। साथै, सम्बन्धित मन्त्रालयहरूमा ज्ञान आदान–प्रदानका लागि एनआरएनए फोकल पर्सनको अवधारणा, विदेशस्थित नेपाली विद्यार्थीको हित संरक्षण तथा नेपालसँग उनीहरूको सम्बन्ध सुदृढ गर्ने विषयमा पनि विचार आदान–प्रदान भएको थियो।
उक्त भेटमा हालै मिस नेपाल उपाधि विजेता तथा एनआरएनएको दोस्रो पुस्ता (युथ विभाग) प्रमुख दीपमाला ढकालको पनि सहभागिता रहेको थियो।
एनआरएनएको तर्फबाट सचिव दिपेश खत्री, महिला संयोजक रश्मि थापा, महिला सह-कोषाध्यक्ष गंगा खतिवडा, आईसीसी सदस्य कृति महतो, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र लगायतको सहभागिता रहेको थियो।

04/08/2026

Highlights from Mental Health Session : Living Abroad, Staying Connected : Family Relationships and Emotional Welbeing

महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्नकाठमाडौं, २ अगस्ट। गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्र...
03/08/2026

महिला विभागको विगत, वर्तमान र भविष्यबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं, २ अगस्ट। गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागद्वारा आयोजित NRNA Webinar Series–3 अन्तर्गत "महिला विभाग : विगत, वर्तमान र भविष्य" विषयमा अन्तरक्रिया तथा ICC र NCC का महिला पदाधिकारीहरूबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व महिला उपाध्यक्ष तथा पूर्व अध्यक्ष रबिना थापा, पूर्व महिला उपाध्यक्ष सपिला राजभण्डारी, पूर्व महिला संयोजक रञ्जना उदास, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार विष्णुमाया परियार, पूर्व महिला उपाध्यक्ष तथा सल्लाहकार यास्मिन बेगम, वर्तमान उपाध्यक्षद्वय रोजिना प्रधान राई र जुनु गुरुङ लगायत विश्वभरका ICC तथा NCC महिला पदाधिकारीहरू प्रमुख वक्ताका रुपमा रहनुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले महिला विभागको स्थापना कालदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै महिला नेतृत्वको विकासक्रम, संस्थागत उपलब्धि तथा विभिन्न चुनौतीबारे आफ्ना अनुभव सुनाउनुभएको थियो। विगतमा नेतृत्व तहमा महिलाको सहभागिता सीमित रहेको, विभिन्न सामाजिक तथा संस्थागत चुनौतीका बीच महिला नेतृत्व विस्तार हुँदै आएको र वर्तमानमा महिलाहरू निर्णय तहमा सक्रिय रूपमा स्थापित हुँदै गएको विषयमा वक्ताहरूले चर्चा पार्नुभयो।

उहाँहरूले आफ्नो नेतृत्व यात्राका अनुभव, सिकाइ तथा संघर्षका कथाहरू सुनाउदै गर्दै महिला नेतृत्वलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रस्तुत गर्नुभयो। साथै, महिला विभागले आगामी दिनमा नेतृत्व विकास, क्षमता अभिवृद्धि, आर्थिक सशक्तीकरण, सुरक्षित वैदेशिक रोजगार, उद्यमशीलता, डिजिटल सशक्तीकरण तथा विश्वभरका नेपाली महिलाबीच सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

वक्ताहरूले विशेषगरी युवा तथा दोस्रो पुस्ताका नेपाली महिलालाई NRNA को मूलधारमा जोड्दै नेतृत्व हस्तान्तरण (Leadership Transition) लाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। महिलाको प्रतिनिधित्व मात्र नभई नीति निर्माण, निर्णय प्रक्रिया तथा संस्थाका सबै तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा उहाँहरूको जोड थियो।

कार्यक्रममा सहभागी ICC तथा NCC महिला पदाधिकारीहरूले पनि विभिन्न देशका अनुभव, सफल अभ्यास तथा भावी योजनाबारे विचार आदानप्रदान गर्दै विश्वभर रहेका नेपाली महिलाबीचको सहकार्य र एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता गर्दै महिला विभाग प्रमुख तथा उपाध्यक्ष राधिका गुरुङ (टीका) ले महिला विभागलाई विश्वभरका नेपाली महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा अवसर विस्तारको प्रभावकारी मञ्चका रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिला विभागले आगामी दिनमा यस्ता ज्ञानमूलक, अनुभव आदान–प्रदान तथा नेतृत्व विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा विश्वका विभिन्न देशबाट महिला पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले विगतका अनुभवलाई सम्मान गर्दै वर्तमान उपलब्धिको समीक्षा र भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका थिए।

मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जित्न सफल गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्की Second Generati...
02/08/2026

मिस नेपाल–२०२६ को प्रतिष्ठित उपाधि जित्न सफल गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्की Second Generation Coordinator सुश्री दीपमाला ढकाललाई हार्दिक बधाई तथा शुभकामना !

02/08/2026
Press release-7-025/027                                          प्रेस विज्ञप्ति                                        ...
01/08/2026

Press release-7-025/027

प्रेस विज्ञप्ति


विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनको खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्तब्ध भएको छ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव तथा प्रेरणाका स्रोत हुनुहुन्थ्यो। एक गैरआवासीय नेपालीका रूपमा उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गर्नुभएको थियो।

उहाँको असामयिक निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको छ। उहाँको "असम्भवलाई सम्भव बनाउने" सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहनेछ।योगदान नेपाल र विश्वभर रहेका नेपालीहरुको मनमष्तिस्कमा सदैव अमर रहनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्मल ‘निम्सदाइ’ पुर्जा सहित यस दुःखद घटनामा ज्यान गुमाउनु भएका छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
१ अगस्ट २०२६

सोमनाथ सापकोटा
प्रवक्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए )

राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गैरआवासीय नेपाली संघ (एनआरएनए) का उप...
31/07/2026

राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले सम्माननीय राष्ट्रपति समक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलन (Global Knowledge Conference) को अवधारणापत्र प्रस्तुत गर्नुभएको छ। उक्त भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी हुनुहुन्थ्यो।

भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका दक्ष जनशक्तिलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले सम्मेलनमार्फत विदेशमा आर्जन भएको ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा अनुभवलाई नेपालको समृद्धि र दिगो विकासमा उपयोग गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाल सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन ज्ञान साझेदारी, अनुसन्धान सहकार्य र नवप्रवर्तनको वातावरण निर्माण गर्न विश्व ज्ञान सम्मेलन महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। साथै, यस साताभरि नेपाल सरकारका विभिन्न मन्त्रालय, निकाय तथा उच्च पदस्थ पदाधिकारीहरूसँग भएका भेटघाट, छलफल र त्यसबाट प्राप्त सकारात्मक प्रगतिबारे पनि सम्माननीय राष्ट्रपतिलाई जानकारी गराउनुभयो।

सो अवसरमा संघका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थाको कार्यान्वयन अझै पूर्ण रूपमा व्यवहारमा आउन नसकेको उल्लेख गर्दै त्यसका कारण गैरआवासीय नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी जटिलता भोग्नुपरेको विषय सम्माननीय राष्ट्रपतिसमक्ष अवगत गराउनुभयो।

जवाफमा सम्माननीय राष्ट्रपतिले विश्वभर रहेका नेपाली विज्ञहरूलाई एउटै मञ्चमा ल्याई ज्ञान, सीप र अनुभवको आदानप्रदान गर्ने उद्देश्यसहित विश्व ज्ञान सम्मेलन आयोजना गर्न लागिएको पहलको प्रशंसा गर्दै यसलाई अत्यन्त सकारात्मक र समयसापेक्ष अभियानका रूपमा लिनुभएको बताउनुभयो। उहाँले नेपालको समृद्धिका लागि विदेशबाट पूँजी मात्र नभई ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनको समेत लगानी आवश्यक रहेकोमा जोड दिनुभयो।

राष्ट्रपतिले विदेशमा रहेका नेपालीहरूको बौद्धिक क्षमता, अनुभव र विशेषज्ञतालाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्न सके देशले दीर्घकालीन रूपमा ठूलो लाभ लिन सक्ने उल्लेख गर्दै विश्व ज्ञान सम्मेलनले त्यस दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले गैरआवासीय नेपाली समुदायले नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्थाहरू तथा गैरआवासीय नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

Best WishesMs. Deepmala DhakalSecond Generation Coordinator, NRNA ICC (2025–2027)Best of luck for Miss Nepal 2026!NRNA I...
31/07/2026

Best Wishes

Ms. Deepmala Dhakal
Second Generation Coordinator, NRNA ICC (2025–2027)

Best of luck for Miss Nepal 2026!

NRNA International Coordination Council (ICC)

31/07/2026

Highlights from "Coordination Meeting on Labor Migration to Europe: Opportunities, Challenges and the Way Forward"

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो  कर  प्रणाली  हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रत...
31/07/2026

विश्व ज्ञान सम्मेलन–२०२७ र दोहोरो कर प्रणाली हटाउने सम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक, सहकार्य गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो कर प्रणाली (Double Taxation) हटाउने सम्बन्धी को प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै सन्दर्भमा एनआरएनएको प्रतिनिधिमण्डलले डा. स्वर्णिम वाग्लेसँग भेट गरी चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र हस्तान्तरण गर्दै सम्मेलनलाई नेपाल सरकारको सहकार्यमा आयोजना गर्न अनुरोध गरेको हो।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न क्षेत्रमा कार्यरत दक्ष जनशक्तिको ज्ञान, सीप, अनुभव, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराउनुभयो। उहाँले सम्मेलनले नेपालका प्राथमिकताप्राप्त विकास क्षेत्रहरूमा विश्वभरका नेपाली विज्ञहरूको ज्ञान र प्रविधि परिचालन गर्दै सरकार–निजी क्षेत्र–प्रवासी नेपालीबीच सहकार्यको नयाँ आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।
जवाफमा अर्थमन्त्री डा. वाग्लेले विश्व ज्ञान सम्मेलन–२०२७ ले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र प्रविधिलाई नेपालको विकाससँग जोड्ने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्दै सम्मेलनको सफल आयोजनाका लागि सरकार आवश्यक सहकार्य गर्न पूर्ण रूपमा सकारात्मक रहेको बताउनुभयो।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा तथा एकीकृत गैरआवासीय नेपाली ऐन समयमै नआउँदा गैरआवासीय नेपाली समुदायले विभिन्न कानुनी तथा व्यवहारिक समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो। उहाँले यी समस्याका कारण एनआरएनएले अघि सारेका करिब १० अर्ब रुपैयाँ बराबरका विकास तथा लगानी परियोजना प्रभावित भएको जानकारी दिँदै ऐनलाई फास्ट ट्र्याकमार्फत शीघ्र टुंग्याउन आग्रह गर्नुभयो।
त्यसैगरी, एनआरएनए नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले फन्ड सञ्चालनका लागि धितोपत्र बोर्डअन्तर्गतको अन्तिम प्रक्रिया मात्रै बाँकी रहेको जानकारी दिँदै आवश्यक पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्रीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया शीघ्र टुंग्याइने विश्वास दिलाउनुभयो।
भेटमा एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले दोहोरो कर हटाउने सम्बन्धी व्यवस्थाले विदेशमा रहेका नेपाली लगानीकर्ता तथा व्यवसायीलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन मिल्ने र वैदेशिक लगानी आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो।
अर्थमन्त्री डा. वाग्लेले सरकारले दोहोरो कर प्रणाली हटाउने सम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै यसले लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य विस्तार तथा विदेशमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताका लागि थप सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। भेटमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, फोकल पर्सन सरोज दाहाल तथा वरिष्ठ सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको पनि सहभागिता रहेको थियो।

Address

Subarna Sumsher Marg, Baluwatar
Kathmandu
1189

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714526005

Alerts

Be the first to know and let us send you an email when Non-Resident Nepali Association - NRNA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Non-Resident Nepali Association - NRNA:

Shortcuts

Share