Non-Resident Nepali Association - NRNA

Non-Resident Nepali Association - NRNA Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.

भावपूर्ण श्रद्धाञ्जली
03/06/2026

भावपूर्ण श्रद्धाञ्जली

Dear Second-Generation NRNA Members,We are pleased to inform you that the International Coordination Council (ICC) of th...
02/06/2026

Dear Second-Generation NRNA Members,

We are pleased to inform you that the International Coordination Council (ICC) of the Non-Resident Nepali Association (NRNA) has opened nominations/applications for the position of executive member of the ICC from among second-generation NRNA members. Second generation.

A person of Nepali origin born or primarily raised outside Nepal to parent(s) who are Non-Resident Nepalis (NRNs) or persons of Nepali origin, and who maintains a connection with Nepal through heritage, culture, family, or community engagement. Such individuals maintain ancestral, cultural, social, or emotional ties with Nepal and are recognized as part of the global Nepali diaspora community.

This initiative aims to engage, empower, and provide leadership opportunities to second-generation Nepalis around the world. Selected representatives will play an important role in strengthening ties with Nepal, promoting the Nepali language and culture, expanding professional and social networks, and effectively representing the interests, aspirations, and voices of second-generation Nepalis within the NRNA.

Application Process

Second-generation NRNA members who are interested in serving as executive member of the ICC are kindly requested to submit their applications by completing the Google Form available at the following link:

https://docs.google.com/forms/d/e/1FAIpQLScU0PhIGDfBKP-BLDQ5zcCr35MAwHepVpHpuU-ieYI3Fyn-6g/viewform?usp=publish-editor

Further Information

For further information regarding the application process, applicants may contact their respective NRNA National Coordination Council (NCC) or International Coordination Council (ICC)

Application Deadline:
9 June, 11:59 PM (Nepal Time)
Thank you.

Dr. Chiranjeewee Khadka
General Secretary
Non-Resident Nepali Association (NRNA)

01/06/2026

वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएमा शव नेपाल कसरी ल्याउने?

यदि वैदेशिक रोजगारीमा गएका कुनै नेपाली श्रमिकको विदेशमा मृत्यु भएको छ र उहाँसँग वैध श्रम स्वीकृति थियो भने, शव नेपाल ल्याउने प्रक्रियामा नेपाल सरकार तथा सम्बन्धित निकायहरूले आवश्यक समन्वय र सहयोग प्रदान गर्छन्।

के गर्नुपर्छ?

✅ सबैभन्दा पहिले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कन्सुलर विभागमा निवेदन दिनुहोस्।

✅ त्यसपछि वैदेशिक रोजगार बोर्डको वेबसाइटबाट आवश्यक फाराम डाउनलोड गर्नुहोस्।

आवश्यक फारामहरू:

फाराम नं. १२ – मृतकको शव नेपाल झिकाउन अनुरोध गर्ने निवेदन।
फाराम नं. १३ – शव नेपाल आएपछि परिवार वा परिवारले चाहेको स्थानसम्म पुर्‍याउन अनुरोध गर्ने निवेदन।

आवश्यक हुन सक्ने कागजातहरू:

मृतकको राहदानी (पासपोर्ट) को प्रतिलिपि
नागरिकताको प्रतिलिपि
नाता प्रमाणित कागजात
मृत्यु प्रमाणपत्र
निवेदकको परिचयपत्र

यी प्रक्रिया पूरा भएपछि सम्बन्धित निकायले शव नेपाल ल्याउने र परिवारको जिम्मा लगाउने कार्य अगाडि बढाउँछन्। साथै, कानुन बमोजिम उपलब्ध हुने राहत तथा अन्य सुविधाका लागि पनि प्रक्रिया सञ्चालन गर्न सकिन्छ।

थप जानकारीका लागि वैदेशिक रोजगार बोर्ड वा सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गर्नुहोस्।

President Report Issue 4https://nrna.org/uploads/nrna/files/shares/president%20corner/president-report-4-final.pdf
01/06/2026

President Report Issue 4
https://nrna.org/uploads/nrna/files/shares/president%20corner/president-report-4-final.pdf

31/05/2026

विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने विषयमा सांसद महावीर पुनको सवालमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको जवाफ .......

प्रेस विज्ञप्तिनेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारमा रहेका नेपाली श्रमि...
29/05/2026

प्रेस विज्ञप्ति

नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको योगदानलाई सम्बोधन गर्दै विभिन्न महत्वपूर्ण नीतिगत व्यवस्थाहरू घोषणा गरिएकोमा गैरआवासीय नेपाली संघ (NRNA) हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
विशेषत: संविधानले सुनिश्चित गरेको “गैर-आवासीय नेपाली नागरिकता” सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नारालाई मूर्त रूप दिने तथा गैर-आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने घोषणाले खुशीको संचार गरेको छ l
बजेटमा गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र (सेयर) को दोस्रो बजारमा सहभागी गराउने, डायस्पोरा बण्ड जारी गर्ने, स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा गैरआवासीय नेपालीको सह–लगानी प्रोत्साहन गर्ने तथा विदेशमा रहेका नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई मतदान अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा प्राविधिक पूर्वाधार तयार गर्ने घोषणालाई संघले सकारात्मक र ऐतिहासिक कदमको रूपमा लिएको छ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेका तथा फर्किएका नेपाली श्रमिकको सीपलाई औपचारिक मान्यता दिने, श्रमिक सुरक्षा, बीमा, सामाजिक सुरक्षा तथा श्रम शोषण नियन्त्रणसम्बन्धी व्यवस्थाहरूलाई पनि संघ स्वागत गर्दछ l नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने तथा रिमोट वर्कलाई कानुनी आधार दिने घोषणाले नयाँ पुस्ताका नेपाली युवाका लागि महत्वपूर्ण अवसर सिर्जना गर्ने विश्वास लिइएको छ।
संघले विगतदेखि निरन्तर उठाउँदै आएका डायस्पोरा लगानी, ज्ञान, सीप तथा विश्वव्यापी सञ्जालको सदुपयोगसम्बन्धी विषय बजेटमार्फत सम्बोधन भएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय तथा सम्बन्धित सबै निकायप्रति आभार व्यक्त गर्दछ।
साथै, घोषणा गरिएका व्यवस्थाहरू यथाशिघ्र कानून बनाई कार्यान्वयनतर्फ यथाशीघ्र अघि बढ्न सरकारसँग आग्रह गर्दै आवश्यक सहकार्य, सुझाव तथा समन्वयका लागि सदैव प्रतिबद्ध रहेको यो संघ जानकारी गराउँदछ।

बजेटमार्फत सरकारले घोषणा गरेका नीतिगत व्यवस्थाहरू

गैरआवासीय नेपाली तथा डायस्पोरा सम्बन्धी
• संविधानले सुनिश्चित गरेको “गैर-आवासीय नेपाली नागरिकता” सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नारालाई मूर्त रूप दिने। गैर-आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्ने।
• प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानीमैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसद्मा पेस गर्ने
• गैर-आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने।
• विदेशी लगानी स्वीकृति, लगानी लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्ने।
• डायस्पोरा बण्ड जारी गर्ने।
• स्वच्छ ऊर्जा बण्ड जारी गर्ने।
• विदेशमा रहेका नेपालीको सीप, पूँजी र सञ्जालको सदुपयोग गर्ने।
• लगानीमैत्री अध्यागमन व्यवस्थापनका लागि नयाँ भिसा सम्बन्धी विधेयक ल्याउने।
• नवउद्यम तथा स्टार्टअपमा गैरआवासीय नेपालीको सह-लगानी प्रोत्साहन गर्ने। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सीप, पुँजी र सञ्जालको सदुपयोग गर्ने
• नेपाललाई युरोपियन युनियनको 'एयर सेफ्टी लिस्ट' बाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरी नियामक र सञ्चालकको पृथक् भूमिका स्थापित गर्ने।
वैदेशिक लगानी तथा अन्तर्राष्ट्रिय लगानी सम्बन्धी
• विदेशी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नलिई जानकारी दिए पुग्ने व्यवस्था गर्ने।
• विदेशी लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्वस्वीकृति हटाउने।
• विदेशमा सेवा शुल्क, रोयल्टी तथा प्रविधि वापतको रकम पठाउने प्रक्रिया सरल बनाउने।
• अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बण्ड शीघ्र जारी हुने।
• विदेशस्थित नेपाली नियोगको सशक्तीकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्द्धन गर्न आर्थिक कूटनीति सबल बनाउने
• सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउने, बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने,वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने ।
• वैदेशिक रोजगारीलाई सुरक्षित एवम् मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग सम्झौता गर्ने। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गर्ने l
• औपचारिक च्यानलबाट भित्रिने रेमिट्यान्सलाई प्रोत्साहित गर्न रेमिट्यान्स आप्रवाहको हरेक रसिदमा आधारित लट्री कार्यक्रम सञ्चालन गर्ने,
• वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न "विप्रेषण-लगानी मिलान कोष" सञ्चालन गर्ने। वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान, सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्ने।
• श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिष्ट्रिमा आबद्ध हुने व्यवस्था गर्ने।
• सुरक्षा गार्ड, घरेलु कामदार, निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिकका लागि बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापनको मापदण्ड निर्धारण गर्ने।
• श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा तथा बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्ने।
• कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति तथा बीमा दाबी प्रणाली प्रभावकारी बनाउने।
• श्रम विवादको शीघ्र समाधान गर्ने।
• सम्झौता उल्लंघन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराधसरह कानुनी दायरामा ल्याउने।
• अनौपचारिक तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने विशेष अभियान सञ्चालन गर्ने।
• प्रवासी तथा अनुभवयुक्त श्रमिकको सीपलाई औपचारिक मान्यता दिने।
• पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गर्ने।
रिमोट वर्क तथा ग्लोबल रोजगारी
• नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने व्यवस्था गर्ने।
• रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी व्यवस्था गर्ने।
प्रवासी नेपालीको ज्ञान र सीप उपयोग
• AI क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका नेपाली शोधकर्तालाई फेलोसिप दिएर नेपाल फर्काउन आमन्त्रण गर्ने।
पूँजी बजार र अन्तर्राष्ट्रिय पहुँच
• नेपाली धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई विदेशमा पनि सूचीकरण गर्न सकिने व्यवस्था गर्ने।
• विश्व बजारमा उल्लेखनीय परिमाणमा निर्यात भई ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई सहुलियत प्रदान गर्ने


सोमनाथ सापकोटा
प्रवक्ता
मिति : मे २९ २०२६

29/05/2026
आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा सुझाव प्रस्तुतसहकार्य, व्यापार प्रवर्द्धन र नीतिगत सुधारमा जोड पर...
28/05/2026

आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा सुझाव प्रस्तुत

सहकार्य, व्यापार प्रवर्द्धन र नीतिगत सुधारमा जोड

परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले आयोजना गरेको आर्थिक कूटनीति सम्बन्धी समीक्षा तथा समन्वय कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष डा. बद्री केसीले नेपालको आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनलाई प्रभावकारी बनाउन नीतिगत, संस्थागत तथा संरचनागत सुधार आवश्यक रहेको सुझाव दिनुभएको छ। उहाँले एनआरएनलाई संविधानतः अधिकार प्रदान गरी अझ प्रभावकारी रूपमा लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्ने उहाँको धारणा थियो।
उहाँले नेपालले सुरुमा व्यापार कूटनीतिबाट कूटनीतिक अभ्यास प्रारम्भ गरेको उल्लेख गर्दै हाल विश्वव्यापी रूपमा आर्थिक कूटनीति (Economic Diplomacy) प्रमुख आधार बनेको बताउनुभयो। दूतावासहरूलाई आर्थिक कूटनीतिमा अझ सक्रिय बनाउनुपर्ने उहाँको धारणा थियो।
डा. केसीले एनआरएनए, FNCCI, CNI लगायत संस्थाहरूलाई आर्थिक कूटनीतिको अविच्छिन्न हिस्सा बनाउँदै विदेशमा रहेका नेपाली समुदायलाई नेपालको व्यापार प्रवर्द्धनमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने सुझाव दिनुभयो। सरकार, एनआरएनए र व्यवसायिक संस्थाबीच समन्वयात्मक कार्यढाँचा आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा प्रचार कमजोर रहेको, ट्रेड शो तथा प्रदर्शनीमा सरकारी उपस्थिति न्यून रहेको बताउनुभयो। GSP सुविधा भए पनि यसको प्रभावकारी उपयोग हुन नसकेको र कागजी प्रक्रिया तथा समन्वय अभावले व्यापारमा समस्या सिर्जना गरेको उहाँको भनाइ थियो।
नेपाल पर्यटनमा ठूलो सम्भावना भए पनि कमजोर एयर कनेक्टिभिटी र सीमित कोड–शेयर व्यवस्थाका कारण अपेक्षित लाभ लिन नसकिएको उहाँले बताउनुभयो। नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय साझेदारी विस्तार आवश्यक रहेको उहाँको सुझाव थियो।
उहाँले अन्तर्राष्ट्रिय आर्थिक फोरमहरूमा नेपाली उपस्थिति बढाउनुपर्ने, एनआरएन लगानी सहज बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, ILO लगायत संस्थासँग सहकार्य गरेर कार्यक्रम विस्तार गर्न सकिने उहाँको धारणा थियो।
विदेशी विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीका लागि स्कलरसिप कोटा बढाउनुपर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने वैदेशिक मुद्रा बाहिरिने प्रवाह घटाउने रणनीति आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले मल्टिकरेन्सी ट्रेडिङ प्रणाली विकास, विदेशबाट अनलाइन KYC मार्फत डिम्याट खाता खोल्ने व्यवस्था तथा GSP प्रणालीलाई डिजिटल र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले आर्थिक कूटनीतिलाई संस्थागत, समन्वयात्मक र परिणाममुखी बनाउनुपर्ने निष्कर्ष निकालेका छन्।

हार्दिक धन्यवादगैरआवासीय नेपाली संघ (NRNA) को विधानअनुसार राष्ट्रिय समन्वय परिषद् (NCC) बाट सदस्यता शुल्क बापत तिर्नुपर्...
27/05/2026

हार्दिक धन्यवाद

गैरआवासीय नेपाली संघ (NRNA) को विधानअनुसार राष्ट्रिय समन्वय परिषद् (NCC) बाट सदस्यता शुल्क बापत तिर्नुपर्ने सम्पूर्ण रकम पूर्ण रूपमा भुक्तानी गरी सक्रिय सहयोग गरिदिनु भएकोमा यहाँहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

साथै, आगामी दिनहरूमा पनि संघको विधानअनुसार आपसी समन्वय, सहकार्य तथा संस्थागत सम्बन्धलाई अझ सुदृढ एवं प्रभावकारी बनाउँदै लैजान यहाँहरूको निरन्तर सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद

Address

Subarna Sumsher Marg, Baluwatar
Kathmandu
1189

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714526005

Alerts

Be the first to know and let us send you an email when Non-Resident Nepali Association - NRNA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Non-Resident Nepali Association - NRNA:

Share